Dictionary

All Word

11801 ॠषभी ना. २. गाई ।
11802 ॠषि ना. १. सात्त्विक र साधनारत जीवन व्यतीत गर्ने तथा जीवन र जगत्का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्ति ।
11803 ॠषि ना. २. वैदिक मन्त्रका प्रथम द्रष्टा मानिएका व्यक्ति; वैदिक साहित्यको रचना र व्यवस्थित रूपमा सङ्कलन गर्ने व्यक्ति; मुनि; तपस्वी ।
11804 ॠषिॠण ना. ॠषिहरूबाट प्राप्त आध्यात्मिक, भौतिक आदि ज्ञानका बदलामा ब्राह्मण, क्षत्रिय, वैश्यहरूले ॠषिहरूका प्रति गर्नुपर्ने कर्तव्य, वेदको अध्ययन, अध्यापन, दान, यज्ञ आदि ।
11805 ॠषिकल्प वि. ॠषिहरूमा हुने गुण भएको; ज्ञान, आचरण र व्यवहारले ॠषिजस्तो; ॠषिसमान; ॠषितुल्य ।
11806 ॠषिकुल ना. १. ॠषिहरूको वंश ।
11807 ॠषिकुल ना. २. प्राचीन समयमा ॠषिहरू बस्ने आश्रम ।
11808 ॠषिकुल ना. ३. विद्यार्थीहरूलाई वेदवेदाङ्गादि पढाउने आश्रम; गुरुकुल ।
11809 ॠषितर्पणी ना. गोत्र, प्रवर आदिका प्रवर्तक ॠषिहरूलाई सम्झेर तर्पण गरिने पूर्णिमा; श्रावण शुक्ल पूर्णिमा; जनैपूर्णिमा ।
11810 ॠषिपञ्चमी ना. शरीरशुद्धिका निम्ति पर सर्न थालेका र विवाहित स्त्रीहरूद्वारा सप्तर्षिको पूजा गरिने दिन; भाद्र शुक्ल पञ्चमी ।
11811 ॠष्टि ना. १. दुवैतिर धार भएको तरबार ।
11812 ॠष्टि ना. २. हातहतियार ।
11813 ॠष्य ना. एक प्रकारको जङ्गली गाई; नील गाई ।
11814 ॠष्यमूक ना. रामायणका कथाअनुसार वानरका राजा सुग्रीव बस्ने, दक्षिण भारतको एक पर्वत ।
11815 ॠष्यशृङ्ग ना. विभाण्डक नाउँका ॠषिका पुत्र; एक प्रसिद्ध पौराणिक ॠषि ।
11816 संस्कृत वर्णमालाको एघारौं तथा देवनागरी वर्णमालाका खास प्रचलित स्वरवर्णमध्ये आठौं स्वरवर्ण; परम्परागत रूपमा कण्ठतालुस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, आधाबन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
11817 ए. वि.बो. १. एकाएक सम्झना, जोस, रिस, तिरस्कार, आश्चर्य आदि जनाउँदा प्रयोग हुने शब्द ।
11818 ए. वि.बो. (उदा.- ए, मैले भनेको थिएँ । ए, हो र भन्या ! ) ।
11819 ए. वि.बो. २. कसैलाई बोलाउँदा वा डाक्दा नामका अगाडि वा एक्लै प्रयोग गरिने शब्द (ए राम ! आज यति काम गर है ? ए यता आइज । ) ।
11820 एउटा वि. कुनै वस्तु वा कुराको एक सङ्ख्यालाई बुझाउने; एकवटा; एक मात्र; यौटा ।
11821 एक ना. १. पूर्ण राशिमा सङ्ख्याक्रमका हिसाबले पहिलो सङ्ख्या; १ को अङ्क।
11822 एक ना. वि. २. एउटा; यौटा ।
11823 एक ना. ३. अरूभन्दा श्रेष्ठ; सर्वश्रेष्ठ; अद्वितीय; मुख्य; प्रमुख ।
11824 एक ना. ४. शक्ति, गुण आदिका दृष्टिले उस्तै; तुल्य; सदृश।
11825 एक ना. (उदा.- हाम्रा लागि दुवै छिमेकी एक हुन् ।) ।
11826 एककण्ठ वि. दुई वा तीन जना मिली कविता, वेद आदि पढ्दा र गीत गाउँदा एउटै स्वर हुने वा आउने ।
11827 एककाँधे ना. हल गोरुमध्ये एउटा निर्धो भई हल नमिल्ने भएमा बलिया गोरुलाई बढी भार पर्ने गरी हल्लुँडो सारी जोत्ने काम ।
11828 एककालिक / कालीन वि. १. कुनै एउटा समयमा मात्र हुने; एक चोटि मात्र हुने; एक पटकको; एक पटके ।
11829 एककालिक / कालीन वि. २. एउटै समयमा भएको; साथसाथै भएको; एउटै कालको; समकालीन ।
11830 एककुण्डल ना. १. एउटा कानमा मात्र कुण्डल लगाउने व्यक्ति ।
11831 एककुण्डल ना. २. शेषनाग।
11832 एककुण्डल ना. ३. बलराम।
11833 एककुण्डल ना. ४. कुबेर ।
11834 एक कोषीय वि. एक कोष भएको; त्रिखण्डारम्भ युगको ( जीव वा प्राणी) ।
11835 एकखुट्टे वि. १. एउटा मात्र खुट्टो हुने वा एक खुट्टाले टेकेर हिँड्ने; एउटा खुट्टो मात्र सद्दे भएको ।
11836 एकखुट्टे वि. ना. २. एउटा खुट्टो देखिने वा त्यस्तै आकारको 'ए' स्वर वर्णको नेपाली नाम |
11837 एकखुट्टे वि. ३. एउटा खुट्टाले मात्र टेकेर उफ्रिदै खेलिने खेल।
11838 एकखुरे वि. एउटा मात्र खुर भएको; खुर नफाटेको (गधा, टट्टु आदि) ।
11839 एकगेडे वि. १. एउटा मात्र गेडा भएको ।
11840 एकगेडे वि. ना. २. एउटा मात्र गेडा हुने एक किसिमको माला।
11841 एकचक्र वि. १. एउटै मात्र चक्र वा पाङ्ग्रो भएको (रथ, बग्गी आदि)।
11842 एकचक्र वि. २. एउटै राजाद्वारा शासन गरिएको (देश, प्रदेश आदि) ।
11843 एकचक्र वि. ३. चक्रवर्ती ।
11844 एकचक्र वि. ना ४. सूर्य ।
11845 एकचक्र वि. ५. सूर्यको रथ ।
11846 एकचालिस ना. १. चालिस र एकको योगबाट बनेको वा बन्ने सङ्ख्या; ४१ को अङ्क ।
11847 एकचालिस ना. वि. २. चालिस र एकको योगबाट बनेको; गन्तीका क्रममा चालिस पछि आउने ।
11848 एकचालिसौं वि. गन्दै जाँदा एकचालिस सङ्ख्यामा परेको; चालिस भन्दा लगत्तै पछिको; एकचालिस सङ्ख्याको ।
11849 एकचालीस ना. हे . एकचालिस ।
11850 एकचालीस वि. हे. एकचालिसौँ ।