Dictionary

All Word

11751 औषधाश्रित वि. १. सधैँ औषधी गरिरहनुपर्ने ।
11752 औषधाश्रित वि. २. औषधीका भरमा बाँचेको ।
11753 औषधि / औषधी ना. १. रोग निको पार्ने वा शरीर तन्दुरुस्त पार्ने वस्तु; ओखती।
11754 औषधि / औषधी ना. २. उपाय; प्रयत्न।
11755 औषधि / औषधी विज्ञान ना. औषधीको निर्माण, प्रयोग, प्रतिक्रिया आदिका सम्बन्धमा विस्तृत चर्चा भएको शास्त्र; औषधीसम्बन्धी विषयको जानकारी गराउने शास्त्र; खाने र लाउने औषधीसँग सम्बन्धित विज्ञान।
11756 औषधि / औषधीवेत्ता ना. औषधीविज्ञानको विशेषज्ञ (फिजिसियन)।
11757 औषधोपचार ना. औषधी सेवन गरिने उपचार।
11758 औषधोपचार सापटी ना. कुनै संस्था वा कार्यालयले आफ्ना कर्मचारीहरूलाई कुनै रोग लागेको उपचार गराउन दिने सहायता वा सापटी |
11759 औष्म्य ना. १. ग्रीष्म ऋतुसम्बन्धी; गर्मीसम्बन्धी; ऊष्मसम्बन्धी। ना.
11760 औष्म्य ना. २. उष्णता।
11761 औसत ना. १. सालाखाला; सरदर । वि.
11762 औसत ना. २. बिचको; साधारण ।
11763 औसत तलब ना. कुनै संस्था वा कार्यालयका कर्मचारीहरूले सरदर वा सालाखाला रूपमा पाउने तलब |
11764 औसत ताप ना. अधिकतम र न्यूनतम तापको सरदर वा सालाखाला ताप।
11765 औसत वर्षा ना. अधिकतम र न्यूनतम वर्षाको सरदर वा सालाखाला वर्षा ।
11766 औसर ना. १. अवसर; मौका; याम; ताक।
11767 औसर ना. २. अपराध; बिराम; गल्ती; भुल।
11768 औसरवादी वि. अवसरवादी; ताकछोपुवा ।
11769 औसरिया वि. १. विद्रोही ।
11770 औसरिया वि. २. अवसरवादी ।
11771 औसानी ना. १. वैदिक संस्कृतिअनुसार भोजन गर्नभन्दा पहिले देवता वा पितृका निम्ति दिइने पाँच चिम्टी अन्न; बलि।
11772 औसानी ना. २. भात खानुभन्दा पहिले हातमा पानी लिएर आफ्नो अगाडिको भोजनको वरिपरि घुमाउने क्रिया; अप्सानी ।
11773 औसानी ना. ३. गर्भवती आइमाईलाई खानेकुरा खाँदा लाग्ने वाकवाकी; गन्हाउने ।
11774 औस्या वि. नमिल्दो स्वभावको; ओखरपाङ्ग्रे।
11775 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पहिलो वर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, अल्पप्राण तथा अघोष ध्वनि; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; कपुरी क।
11776 २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण वा मूल्याङ्कन गर्दा पहिलो वा उम्दा श्रेणीलाई छुट्ट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत; लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पहिलो चिह्न।
11777 कँचिया वि. १. काँचोपन बाँकी रहेको; नपाकेको।
11778 कँचिया वि. २. राम्ररी नसुकेको (रुख, दाउरा आदि)।
11779 कँठिनी वि . १. काँठमा बस्ने; काँठमा घर हुने वा रहने (स्त्री)। ना.
11780 कँठिनी वि . २. काँठे आइमाई; काँठे पुरुषकी पत्नी।
11781 कँडारो ना. कामी र सर्किनीबाट जन्मेको सन्तान; कामीको तथाकथित तल्लो कोटि। स्त्री. कँडार्नी।
11782 कँडाली ना. प्रायः पूजासामान, फलफूल, तरकारी र अरू सामान आदि हालिने, उझिन्डो भएको चोयाको वा धातुको भाँडो।
11783 कँडेकेशरी ना. गुलाफको जस्तै पात हुने जङ्गली काँडे फूलको बोट।
11784 कँडेचमेली ना. बोटमा काँडा भएको, कनिकाजस्ता पात हुने, चमेलीको जस्तै बास्ना आउने र सेतो रङ्गको फूल फुल्ने एक जातको चमेली फूल वा त्यसको बोट।
11785 कँडेल ना. १. विभिन्न रङ्गका फूल फुल्ने, एक बित्तासम्मको लामो र करिब एक अङ्गुल चौडा पात हुने बिखालु बोट; करवीर।
11786 कँडेल ना. २. नेपालीहरूको एउटा थर।
11787 कँधेउली ना. दुवैपट्टि भारी झुन्ड्याएर काँधमा बोक्ने काठ वा बाँस आदिको घोचो; नोल।
11788 कँधेरी ना. काँधमा भिर्ने वस्त्र; काँधे।
11789 कँधेली ना. कँधेरी; कँधेउली।
11790 कँध्याइ ना. काँधिने भाव, क्रिया वा प्रक्रिया।
11791 कँध्याइनु क. क्रि. १. काँधिने पारिनु; काँधिन लाइनु।
11792 कँध्याइनु क. क्रि. २. मोटाइनु।
11793 कँध्याउनु प्रे. क्रि. १. काँधिने पार्नु।
11794 कँध्याउनु प्रे. क्रि. २. मोटो बनाइनु।
11795 कँध्याहा वि. १. झैझगडा आदिमा एक पक्षलाई बहकाएर अर्को पक्षका विरुद्ध उचाल्ने; बोकाहा।
11796 कँध्याहा वि. २. काँधे; कँधेउरी।
11797 कँपाइ ना. काँप्ने भाव, क्रिया वा प्रक्रिया; कम्पन।
11798 कँपाइनु क. क्रि. काँप्न लगाइनु; काँप्ने पारिनु; कम्प गराइनु।
11799 कँपाउनु प्रे. क्रि. काँप्ने वा थरथराउने पार्नु; कम्प गराउनु; कमाउनु।
11800 कँवर ना. १. कनफट्टा जोगीको कर्म नचलेको अर्थात् कान नचिरेको सन्तति।