Dictionary

All Word

11601 ओसार्नु स.क्रि. कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा ल्याउनु वा लैजानु ।
11602 ओसार ना. एक ठाउँबाट अर्को ठाउँमा कुनै वस्तु सार्ने क्रिया वा काम; मालसामानको खेप गर्ने क्रिया वा काम; ओसारो ।
11603 ओसारपसार ना. मालसामान एक ठाउँबाट अर्को ठाउँमा बराबर ल्याउने लैजाने काम; परिवहन ।
11604 ओसाराइ ना. ओसार्ने भाव, क्रिया वा प्रक्रिया ।
11605 ओसारिनु क.क्रि. ओसार्ने काम गरिनु ।
11606 ओसारो ना. हे. ओसार ।
11607 ओसारोपसारो ना. ओसारपसार ।
11608 ओसिनु अ.क्रि. हे. ओसाउनु ।
11609 ओसिलो वि. ओस वा सर्दी लाग्ने किसिमको; ओस भएको; अलि अलि चिसो; चिसमिरो; सेपिलो ।
11610 ओसी ना. धागो वा कपडा निलो पार्नुपर्दा रञ्जितकारले प्रयोग गर्ने रङ; निलो रङ; नीर ।
11611 ओसेरो ना. १. दाउरा राख्न घरनजिक बनेको कटेरो ।
11612 ओसेरो ना. २. ढिकी कटेरो ।
11613 ओस्याइ ना. ओस्याउने क्रिया वा प्रक्रिया ।
11614 ओस्याइनु क.क्रि. ओस्याउने पारिनु ।
11615 ओस्याउनु प्रे. क्रि. ओसाउनु ।
11616 ओस्याहट ना. ओस्याउने क्रिया वा प्रक्रिया ।
11617 ओह वि.बो. हर्ष, आश्चर्य, शोक, दुःख आदिका अवस्थामा मुखबाट निस्कने शब्द; अहो ।
11618 ओहदा ना. १. कुनै सरकारी वा गैरसरकारी कार्यालय, संस्था आदिका कर्मचारी वा पदाधिकारीको दर्जा; पद ।
11619 ओहदा ना. २. कसैको आर्थिक स्तर वा योग्यता; हैसियत; औकात; ल्याकत ।
11620 ओहदादार वि. कुनै दर्जा वा पदमा भएको; ओहदामा भएको ।
11621 ओहाली ना. खेत रोप्दा गाइने तर असारेभन्दा बेग्लै खालको कुनै कथामा आधारित एक किसिमको गीत ।
11622 ओहो वि.बो. हे. ओह; अहो ।
11623 ओहोदा ना. हे. ओहदा ।
11624 ओहोदावाला वि. ओहदादार ।
11625 ओहोरदोहोर ना. ओहोरोदोहोरो ।
11626 ओहोरीदोहोरी ना. ओहोरोदोहोरो ।
11627 ओहोरोदोहोरो ना. १. खाँबो समातेर खेलिने केटाकेटीको एक खेल ।
11628 ओहोरोदोहोरो ना. २. आउनेजाने भाव, क्रम वा प्रक्रिया; आवतजावत; आवागमन ।
11629 ओहोरोदोहोरो ना. ३. दुई थरीका बिचमा हुने कुनै विषय वा कुराको उत्तरप्रत्युत्तर ।
11630 ओहोरोदोहोरो ना. ४. आदानप्रदान; लेनदेन ।
11631 ओह्राल्नु स.क्रि. हे. ओराल्नु ।
11632 ओह्रालो ना. / वि. हे. ओरालो ।
11633 ओह्याइँ ना. हे. ओऱ्याइँ ।
11634 संस्कृत वर्णमालाको चौधौं तथा देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये एघारौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठओष्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय अर्द्धबन्द बिन्दुबाट थाली पश्चबन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर ।
11635 संयो. दुई वा दुईभन्दा बढी शब्द वा वाक्यलाई जोड्ने संयोजक; र; अरू; अनि; तथा ।
11636 औँटर्नु ना. सियोले लामा फट्का गरेर वा टाँका मारी सिउनु।
11637 औँटार्नु स.क्रि. औँटर्नु ।
11638 औँटाराइ ना. औँटार्ने क्रिया वा प्रक्रिया |
11639 औँटारिनु ना. लामा फड्का गरेर टाका मारी सिइनु।
11640 औँठा ना. हे औँठो ।
11641 औँठा छाप ना. १. कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणस्वरूप लेखिएको कागतपत्रमा लगाइने हातका बुढी औँलाको ल्याप्चे; सहीछाप।
11642 औँठा छाप ना. २. सो सहीछाप लगाउन मोसो वा मसी धसी बुढी औँलाले कागतमा थिच्ने कार्य |
11643 औँठी ना. शोभाका लागि औँलामा लगाइने, मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अङ्गुलिका; अँगुठी |
11644 औँठी छापा ना. १. व्यक्तिको नाम र संवत् खोपिएको, औँठीमा जडिने धातु वा हकिबको सानो छाप ।
11645 औँठो ना. १. हात वा गोडाको सबभन्दा मोटो औँलो; बुढी औँलो अँगुठो ।
11646 औँठो ना. २. अंगुठाको छाप; ल्याप्चे; सही ।
11647 औरो ना. अम्रो; सालनाल ।
11648 औँला/औँलो ना. प्रत्येक हात वा गोडाको अगिल्लो भागमा नङ वा नङ्ग्रासहितका पाँच डोला अङ्गमध्ये कुनै एक ।
11649 औँल्याइ ना. औँल्याउने किसिम, क्रिया वा भाव ।
11650 औँल्याइनु क.क्रि. औँलाले देखाइनु ।