Dictionary

All Word

11451 ओढाइनु क.क्रि. १. ओढ्न लाइनु ।
11452 ओढाइनु क.क्रि. २. ओढ्नेले ढाकिनु ।
11453 ओढाउनु प्रे. क्रि. १. कसैलाई ओढ्ने वस्तुले ढाकिदिनु; ओढ्ने वस्तुले छोप्नु ।
11454 ओढाउनु प्रे. क्रि. २. लुगा वा छाता आदि ओढ्न लाउनु; ओढ्ने वा छाता आदिले ढाक्न लाउनु ।
11455 ओढिनु क.क्रि. ओढ्ने काम गरिनु; ओढ्नेले ढाकिनु ।
11456 ओढो ना. १. घाम, पानीबाट बच्नका निम्ति शिरमाथि ओढ्ने साधन ( छाता, घुम इ.) ।
11457 ओढ्ने ना. १. जाडो आदिबाट बच्न जम्मै जिउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाइँ, पछ्यौरा, बर्को इ.) । वि.
11458 ओढ्ने ना. २. ओढ्न मिल्ने; ओढ्न हुने ।
11459 ओढ्ने ना. ३. ओढ्ने काम गर्ने ।
11460 ओत ना. पानीभित्र निकैबेर डुबुल्की मार्न सक्ने एक मत्स्यभक्षी, स्तनपायी, उभयचर प्राणी ।
11461 ओत ना. १. चर्को घाम, वर्षा आदिबाट जोगिन शरण लिइने ठाउँ; घामपानी आदिले नभेट्ने सुरक्षित ठाउँ; ओट; आड ।
11462 ओत ना. २. आपद्विपद् परेका बेलामा शरण लिइने व्यक्ति, वस्तु वा ठाउँ; आडभरोसा; सहारा; आश्रय ।
11463 ओतप्रोत वि. १. अर्को वस्तु वा कुरासँग छुट्ट्याउन नसकिने गरी मुछिएको; एकअर्कासँग राम्रोसित मिसिएको ।
11464 ओतप्रोत वि. २. यन्त्र वा हातद्वारा बुनिएको; एकअर्कासँग गाँसिएको ।
11465 ओतप्रोत वि. ३. सबैतिर फिँजिएको; चारैतिर व्याप्त भएको; विस्तृत ।
11466 ओतप्रोत वि. ४. भित्र फिँजिएको; अन्तर्व्याप्त ।
11467 ओताइ ना. ओत्ने भाव, क्रिया वा प्रक्रिया ।
11468 ओताइनु क.क्रि. ओत्न लाउनु ।
11469 ओताउनु अ.क्रि. १. ओतिनु । प्रे. क्रि.
11470 ओताउनु अ.क्रि. २. ओत्ने लाउनु ।
11471 ओतिनु अ.क्रि. चर्को घाम, वर्षा आदिबाट जोगिन सुरक्षित ठाउँमा जानु; ओत लाग्नु ।
11472 ओथरा ना. हे. ओथारो ।
11473 ओथाइ ना. ओथाउने भाव, क्रिया वा प्रक्रिया ।
11474 ओथाइनु क.क्रि. ओथाउने काम गरिनु ।
11475 ओथाइ पथाइ ना. पाकेको भात आदि ओथाउने र पस्कने क्रिया वा किसिम ।
11476 ओथाउनु स.क्रि. पाकिसकेपछि भातआदिलाई चुलाबाट झिकेर केही बेर रहन दिनु; थरक मार्नु; सेलाउनु ।
11477 ओथारो ना. १. अण्डज जातिका कुखुरा आदि पक्षीले आफ्ना र अरूका पनि फूलबाट चल्ला काढ्नका निम्ति वा चल्ला काढिसकेपछि तिनलाई आफ्ना प्वाँखका भुवाले छोप्ने काम ।
11478 ओथारो ना. २. चराचुरुङ्गी बस्ने गुँड; ओथरा; ओथ्रा ।
11479 ओथिनु अ.क्रि. पाकेर चुलाबाट झिकिसकेको भात आदि केही चिसो हुनु; केही सेलाउनु ।
11480 ओथ्रनु स.क्रि. कुखुरा आदि पक्षीले आफ्ना र साथै राखिएका अरूका समेत फुललाई कोरल्नुभन्दा पहिले छोपेर बस्नु; ओथारो बस्नु;ओथ्रा बस्नु; ओथ्राउनु ।
11481 ओथ्रा ना. हे. ओथारो ।
11482 ओथ्राइ ना. ओथ्रने किसिम, क्रिया वा भाव।
11483 ओथ्राउनु स.क्रि. १. ओथ्रनु । प्रे. क्रि.
11484 ओथ्राउनु स.क्रि. २. ओथ्रा बस्न लाउनु ।
11485 ओथ्रिरनु क.क्रि. ओथ्रा बसिनु ।
11486 ओथ्रो ना. ओथारो; गुँड ।
11487 ओद ना. जलमा बस्ने विशेष किसिमको बिरालो; पानी बिरालो; ओत ।
11488 ओदान ना. हे. ओधान ।
11489 ओदानु स.क्रि. १. औजारद्वारा जमिनको माटो खुकुलो पार्नु; खन्नु; खोस्रनु ।
11490 ओदानु स.क्रि. २. निर्मित घर आदिलाई भत्काउनु; भताभुङ्ग पार्नु ।
11491 ओदाराइ ना. ओदार्ने किसिम, क्रिया वा भाव।
11492 ओदारिनु क.क्रि. ओदार्ने काम गरिनु ।
11493 ओदाऱ्याउनु प्रे. क्रि. ओदार्न लाउनु ।
11494 ओदाल ना. पाट बनाउने काममा र गाईभैँसी आदिको घाँसका रूपमा प्रयोग गरिने ठुला पात हुने एक जातको रुख ।
11495 ओद्रो ना. जुइनाको रूपमा प्रयोग गरिने पाट आदिको बोक्रो ।
11496 ओद्रो ना. घरको मालसामान राख्ने कोठा ।
11497 ओधान / ओधानी ना. भाँडा बसाल्नका लागि बलेको अगेनामाथि राखिने तीन खुट्टा भएको फलामे साधन; ओदान।
11498 ओधाने वि. ओधानजस्तो आकारको ।
11499 ओपी ना. सानो जलाशय; कुवा; वापी ।
11500 ओबट्नु स.क्रि. शरीरलाई सफा, सुन्दर बनाउनका निमित्त बुकुवा आदि घस्नु ।