Dictionary

All Word

11301 ऐश्वर्य ना. २. प्रभुत्व; आधिपत्य; प्रभुता ।
11302 ऐश्वर्य ना. 3. अष्टसिद्धिमध्ये एक ।
11303 ऐश्वर्य ना. ४. ईश्वरीय पद वा गुण; शक्ति ।
11304 ऐश्वर्य मत्त वि. धनसम्पत्तिको आधिक्यले गर्दा मात्तिएको; धनले मदमत्त ।
11305 ऐश्वर्यवान् वि. ऐश्वर्यले युक्त भएको; धनवान्; सम्पन्न; सम्पत्तिशाली।
11306 ऐश्वर्यशाली वि. प्रशस्त सम्पत्ति भएको; सम्पत्तिशाली; धनवान् ।
11307 ऐस ना. १. जीवनको भौतिक सुखसुविधा, सोखसयल; आराम; चैन ।
11308 ऐस ना. २. जीवनमा प्राप्त गर्ने विषयवासनाको सुख; भोगविलास; अयस।
11309 ऐसआराम ना. जीवनमा भोगिने सुखसुविधा; आरामचैन; भोगविलास; मोजमज्जा |
11310 ऐसी वि. हे. ऐयासी ।
11311 ऐहलौकिक वि. यसै लोकमा भएको, यसै लोकसँग सम्बद्ध; यसै लोकको; सांसारिक; ऐहिक; इहलोकको ।
11312 ऐहिक वि. हे. ऐहलौकिक ।
11313 ऐहिकता ना. यस लोकमा हुनाको भाव; इहलौकिकता; सांसारिकता ।
11314 देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये दसौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठओष्ठस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको, भाषाविज्ञानअनुसार पश्च र आधाबन्द, गोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
11315 वि.बो. १. सम्झना, विस्मय आदिमा बोलिने शब्द । (उदा.- ओ बल्ल पो मैले बुझेँ) ।
11316 वि.बो. २. आफूभन्दा मनिकालाई बोलाउँदा प्रयोग गरिने शब्द; ए (उदा.- ओ श्याम ! यता आऊ) ।
11317 ओं ना. १. क्रमशः विष्णु, शिव र ब्रह्मालाई बुझाउने अ, उ, म मिलेर बनेको शब्द ।
11318 ओं ना. २. वेदपाठ गर्दा मन्त्रका रूपमा ऋचाका आगाडि पछाडि उच्चारण गरिने पवित्र ध्वनि (ॐ); प्रणव ।
11319 ओंकार ना. १. ओं अक्षर; प्रणव ।
11320 ओंकार ना. २. धार्मिक विश्वासअनुसार ब्रह्मा (अ), विष्णु (उ) र महेश्वर (म) को संयुक्त रूप ।
11321 ओं रामपट्ट ना. राजपरिवारका सदस्य तथा हिन्दू धर्मका विशिष्ट व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले २००३ सालमा स्थापित एक पदक ।
11322 ओइ वि.बो. हे. ओ ।
11323 ओइरनु स.क्रि. १. चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु ।
11324 ओइरनु स.क्रि. २. कल, कोल आदिमा धान, मकै कुट्नपिँध्नका लागि हाल्नु ।
11325 ओइरनु स.क्रि. ३. रिसले कुनै वस्तु कसैलाई धेरै दिनु । अ.क्रि.
11326 ओइरनु स.क्रि. ४. तरल, धुलो वा दानादार वस्तु ठुलो परिमाणमा पोखिनु वा चुहिनु ।
11327 ओइरनु स.क्रि. ५. लस्कर लाग्नु ।
11328 ओइरनु स.क्रि. ६. जाइलाग्नु ।
11329 ओइराइ ना. ओइरिने भाव, क्रिया वा प्रक्रिया ।
11330 ओइराउनु प्रे. क्रि. ओइरिन लाउनु ।
11331 ओइरान ना. १. सतहसम्म नभई भिरालो परेको पाखो जग्गा, पहिरो ।
11332 ओइरान ना. २. बेला बेलामा भत्किरहने फस्को पाखो।
11333 ओइरालो वि. छेलोखेलो; आफलताफल; पउल ।
11334 ओइरिनु स.क्रि. हे. ओइरनु ।
11335 ओइरो ना. १. नरोकिईकन निरन्तर खसिरहने पानी, अन्न आदिको ठुलो धारो।
11336 ओइरो ना. २. लगातार आइरहेका धेरै मानिसको ताँती ।
11337 ओइरो ना. ३. अन्न आदिको थुप्रो ।
11338 ओइरो ना. ४. गाँस ।
11339 ओइरोपहिरो वि. छेलोखेलो; आफलताफल ।
11340 ओइलनु अ.क्रि. फूल, पत्र, सागपात आदिको ताजापन नष्ट हुनु ।
11341 ओइलाइ ना. ओइलाउने क्रिया वा भाव।
11342 ओइलाइनु अ.क्रि. ओइलाउने काम होइनु ।
11343 ओइलाउनु स. क्रि/ प्र.क्रि. १. फूल, पत्र, सागपात आदिलाई घाममा राखेर अलिअलि सुकाउनु; दरसुको पार्नु; ओइलिएको पार्नु ।
11344 ओइलिनु अ.क्रि. सागपात आदिको ताजापन निख्रनु; ओइलनु ।
11345 ओइल्याइ ना. ओइलाइ ।
11346 ओइल्याइनु क. क्रि. ओइलिने पार्न लाइनु ।
11347 ओइल्याउनु प्रे. क्रि. ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु; दरसुको पार्नु; केही केही सुकाउनु ।
11348 ओकट्नु स.क्रि. हे. ओगट्नु ।
11349 ओकटिनु क. क्रि. ओगटिनु ।
11350 ओकल्नु स.क्रि. खाएको वस्तु पेटमा नपुऱ्याई मुखैबाट बाहिर निकाल्नु; उकेल्नु ।