Dictionary

All Word

11151 एजेन्डा ना. कुनै सभा, बैठक आदिमा विचार वा छलफलका निम्ति तयार पारिएको कामको सूची; कार्यसूची |
11152 एजेन्सी ना. एजेन्टको काम हुने वा एजेन्ट बस्ने स्थान वा स्थिति; एजेन्टको पद, भाव वा क्रिया; गुमस्त्याइँ |
11153 एटर्नी ना. १. अधिवक्ता; वकिल ।
11154 एटर्नी ना. २. नियमानुसार काम गर्न अधिकार प्राप्त कुनै प्रतिनिधि ।
11155 एड्स ना. १. एच. आई. भी. जीवाणुबाट उत्पन्न हुने एक भयानक रोग।
11156 एड्स ना. २. रोगको प्राकृतिक प्रतिरोधक क्षमता नष्ट गर्ने खतरनाक रोग ।
11157 एतदर्थ अव्य. १. यस कारण; यस निमित्त; यस उद्देश्यले ।
11158 एतदर्थ अव्य. २. तदर्थ ।
11159 एत्तेरी वि.बो. उदेक, आश्चर्य आदि प्रकट गर्दा बोलिने अव्यय शब्द (उदा.- एत्तेरी, तैले पनि फुर्ती पो गरिस् ! ) ।
11160 एत्रुको वि. सानो सानो किसिमको; ससानो ।
11161 एभरेस्ट ना. हे. सगरमाथा ।
11162 एम्बुलेन्स ना. आकस्मिक दुर्घटनामा परेको रोगीलाई स्वास्थ्यशिविर वा हस्पिटलमा पुऱ्याउने सवारी साधन; बिरामीलाई ओसारपसार गर्ने मोटर ।
11163 एयर ना. हावा; वायु ।
11164 एयर कन्डिसन ना. हे. वातानुकूलन।
11165 एयर डकुमेन्ट ना. हवाईजहाजद्वारा ल्याउने, लैजाने व्यवस्था गरिने चिठीपत्र वा अन्य सामग्री ।
11166 एरण्ड ना. अँडिर ।
11167 एरात्तै वि.बो. आश्चर्य, विस्मय, जोस आदि प्रकट गर्दा भनिने शब्द; एत्तेरी (उदा.- एरात्तै, त्यो फुच्चो पनि पल्टनमा जागिरे भयो रे । ) ।
11168 एलपधिमे ना. धिमेभन्दा केही सानो तर उस्तै प्रकारको एक बाजा ।
11169 एलोरा ना. प्राचीन भित्तेचित्र भएको पश्चिम भारतस्थित एक प्रसिद्ध गुफा ।
11170 एवं/एवम् अव्य. १. यस्तै किसिमले यसै प्रकार; यस्तै । संयो.
11171 एवं/एवम् अव्य. २. दुई समान रूपका वाक्य वा पदहरूलाई जोड्ने शब्द; र; अनि; तथा।
11172 एवमस्तु अव्य. कसैले कुनै वर वा आशीर्वाद माग्दा मागेको कुरा पूरा होस् भनी बोलिने शब्द; चाहे जस्तै होस्; यस्तै होस्; तथास्तु ।
11173 एषणा ना. १. अन्वेषण; खोज।
11174 एषणा ना. २. कामना; इच्छा अभिलाषा ।
11175 एसिया ना. पृथ्वीका छ महाद्वीपहरूमध्ये एक महाद्वीप; पूर्वी गोलार्द्धमा रहेको महाद्वीप।
11176 एसियाली वि. एसियामा जन्मेको वा भएको; एसियाको; एसियासम्बन्धी |
11177 एहे वि.बो. हर्ष, शोक, आश्चर्य, जोस आदिको भाव व्यक्त गर्दा बोलिने शब्द (उदा.- एहे, त्यस्तो पो रहेछ ! एहे, बिचरा साइकलबाट लड्यो ! ) ।
11178 एहोइ ना. १. वनजङ्गलमा बस्तुभाउ चराउँदा गोठालाहरूले हिंस्रक जनावरहरूलाई धपाउनका लागि आफू आफूमा कराउने शब्द; हौ ।
11179 एहोइ ना. २. मिल्दा साथीभाइहरूमा वा आफूभन्दा मनिका व्यक्तिलाई गरिने सम्बोधन । (उदा. एहोइ कान्छा ! तँ कता जान लागिस् हँ ? ) |
11180 ऐ१ देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये नवौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ तालुस्थानबाट उच्चारण हुने; दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय; आधा बन्द स्थितिदेखि अग्र बन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न |
11181 ऐ२ वि. बो. १. कसैलाई डाक्दा वा हकार्दा भनिने अव्यय शब्द; ए (उदा.- ऐ श्याम ! तँ कता जान लागेको? ऐ, किन चल्छस् हैँ ? ) | ना.
11182 ऐ२ वि. बो. २. शिव ।
11183 ऐँकटी ना. परम्परागत प्रविधिमा तनाइएको काम गर्ने अङ्कुसेदार लट्ठी ।
11184 ऐँच ना. १. कुनै व्यक्तिलाई कतैबाट र कसै गरी पनि उम्कन नदिई अधीनमा ल्याउने काम; वशमा राख्ने काम; काबु; दबाउ।
11185 ऐँच ना. २. परस्पर तानातानी गर्ने काम; तनाइ; तन्काइ |
11186 ऐँचाइ ना. ऐँचने भाव, क्रिया वा प्रक्रिया |
11187 ऐँचाइनु क.क्रि. ऐँचन लाइनु; वश वा अधीनमा पार्न लाइनु ।
11188 ऐँचाउनु प्रे. क्रि. ऐँचन लाउनु; वश वा अधीनमा राख्न लगाउनु ।
11189 ऐँचातानी ना. खिचातानी; तानातानी ।
11190 ऐँचिनु क.क्रि. ऐँचने काम गरिनु; तानिनु ।
11191 ऐँची वि. चने स्वभावको; खिचुवा ।
11192 ऐँचो ना. १. परवशता; खटन ।
11193 ऐँचो ना. २. पैँचोको अग्रक |
11194 ऐँचोपैँचो ना. १. खाँचो भएको अन्नपात वा अन्य वस्तु पैँचो दिने र पैँचो लिने काम । २ रुपियाँ, पैसा आदि सापट दिने र लिने काम; सरसापटी ।
11195 ऐँचोपैँचो ना. ३. दोहोरो व्यवहार वा लेनदेन ।
11196 ऐँजेरु ना. हे. ऐजेरु ।
11197 ऐँठनु स.क्रि. १. कसैलाई भाग्न उम्कन नसक्ने गरी च्याप्नु; अँठ्याउनु ।
11198 ऐँठनु स.क्रि. २. दबाउनु; थिच्नु; अँचेट्नु ।
11199 ऐँठनु स.क्रि. ३. बटारेर निचोर्नु; निमोठ्नु ।
11200 ऐँठन ना. १. निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट र छटपटी; त्यसरी हुने अस्याइ वा उमर्को ।