Dictionary

All Word

11051 एकान्त वि. २. गोप्य वार्ता ।
11052 एकान्तवास ना. कोही नभएका ठाउँमा वा हत्तपत्त कोही नुपग्ने ठाउँमा बस्ने काम; एकान्तको बास; एक्लो बसाइ ।
11053 एकान्तवासी वि. एकान्तवास गर्ने; एक्लै बस्ने वा रहने ।
11054 एकान्ती वि. १. माझमा एउटा मात्र कान हुने र फित्ता, खिप आदि नहुने (एक प्रकारको जुत्ता); एककाने ।
11055 एकान्ती वि. २. बाहिरी, भित्री नभएको; एकसरो (टोपी) ।
11056 एकान्नब्बे ना. १. नब्बे र एकको योगबाट बनेको सङ्ख्या, (१ को अङ्क। वि.
11057 एकान्नब्बे ना. २. नब्बे र एकको योगबाट बनेको ।
11058 एकान्नब्बेऔँ/ एकान्नब्बेयौँ वि. गन्दै जाँदा एकान्नब्बे सङ्ख्यामा पर्ने; एकान्नब्बे सङ्ख्याको ।
11059 एकान्वित ना. कार्य, स्थान र समयमध्ये कुनै एक मिलेको स्थिति।
11060 एकापार्वण ना. १. औँसी वा पितृपक्षमा मर्नेका लागि सोही तिथिमा गरिने श्राद्ध ।
11061 एकापार्वण ना. २. एउटाको मात्र उद्देश्यले पर्वविशेषमा गरिने श्राद्ध ।
11062 एकाबिहान ना. रात सकिएर अलि अलि उज्यालो हुने बिहानको समय; मिरमिरे उज्यालो हुने बेला; झसमिसे; सखार ।
11063 एकाम्मे / एकाम्य वि. एकसमान पारिएको; एकै प्रकारको; एकछत्त; एकनास ।
11064 एकार ना. १. 'ए' अक्षर ।
11065 एकार ना. २. व्यञ्जनवर्णमाथि लाग्ने 'ए' को चिह्न; एकलख (े ) |
11066 एकार्थक वि. १. एउटै मात्र अर्थ भएको; अलग अलग अर्थ नभएको; एकार्थी ।
11067 एकार्थक वि. २. परस्पर समान वा उस्तै अर्थ भएको; समानार्थक; समानार्थी ( सूर्य र भानु, आँखा र नयन, पुस्तक र किताब इ.) ।
11068 एकार्थक वि. २. खण्डकाव्यभन्दा ठुलो महाकाव्यभन्दा; मझौला काव्य; उपमहाकाव्य |
11069 एकावली ना. १. साहित्यमा कुनै वर्णनका क्रममा एकपछि अर्को वस्तु वा कुराको शृङ्खलाबद्ध वर्णन हुँदा पर्ने एक अलङ्कार ।
11070 एकावली ना. २. एक लहर मात्र भएको मोतीको माला।
11071 एकाश्रयी वि. एउटैको मात्र आश्रय भएको; एकाधीन ।
11072 एकाश्रयी काव्य ना. महाकाव्य बन्नाका लागि आवश्यक सबै अङ्ग पूरा नभए तापनि कथासूत्रमा बाँधिएको, आठभन्दा बढी सर्ग भएको; अति कम पात्र भएको एक प्रकारको काव्य ।
11073 एकाह वि. १. एकै दिनमा पूरा गरिने; एक दिनमा सकिने । ना.
11074 एकाह वि. २. प्रायः सातब्राह्मणद्वारा एकै दिनमा पूरा गरिने श्रीमद्भागवतको पारायण; एक दिनमा सकिने भागवतको पाठ |
11075 एकासी ना. १. असी र एकको योगबाट बनेको सङ्ख्या; ८१ को अङ्क । वि.
11076 एकासी ना. २. असी र एकको योगबाट बनेको; असी र एकका योगको ।
11077 एकासिऔँ/ एकासियौँ वि. गन्दै लैजाँदा एकासी सङ्ख्यामा परेको; एकासी सङ्ख्याको ।
11078 एकीकरण ना. १. दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम ।
11079 एकीकरण ना. २. सम्बन्धित विषयवस्तुलाई मिलाएर एकता वा मतैक्य स्थापित गर्ने काम ।
11080 एकीकृत वि. धेरै विषयवस्तुलाई मिलाएर एक बनाइएको; एकीकरण गरिएको ।
11081 एकीकृत पाठ्यक्रम ना. एकअर्का विषयक्षेत्रको रेखालाई वास्ता नगरी अध्ययनीय विस्तृत क्षेत्र वा समग्र जीवनका महत्त्वपूर्ण समस्यामा केन्द्रित गरी विभिन्न एकाइ वा खण्डहरूको अर्थ पूरा र सङ्गठित रूपमा मिश्रण गरिएको पाठ्यक्रम ।
11082 एकीभाव ना. १. एउटै वा एकै रूपको हुने काम वा स्थिति ।
11083 एकीभाव ना. २. एकत्र हुने काम; जम्मा हुने काम ।
11084 एकीभूत वि. १. भिन्न-भिन्न वस्तु घुलमिल भएर एउटै भएको; मिसिएको; मिलेको ।
11085 एकीभूत वि. २. जम्मा भएको; एकत्रित ।
11086 एकुन्टा वि. १. एक एकवटा । क्रि.वि.
11087 एकुन्टा वि. २. एक एक गरेर ।
11088 एकुन्द्रो वि. १. एक दिन बिराएर आउने (ज्वरो) ।
11089 एकुन्द्रो वि. २. एक दिन बिराएर हुने वा गरिने (काम) ।
11090 एकुवा ना. शरीरमा बल्झिरहने कुनै पनि घाउ (उदा.- जति ओखती गरे पनि उनको घाउमा एकुवा पल्टिरहेकै छ । ) ।
11091 एकुवा: ना. ढिम्रीलाई सानो वा ठुलो पार्ने ज्याबल ।
11092 एकुवार ना. १. कुनै खोलाको एकातिरको मात्र तीर ।
11093 एकुवार ना. २. अप्ठेरो ठाउँ ।
11094 एकुवार ना. ३. दुईखापे ढोकाको कुनै एउटा फग्लेँटो; एउटा खापा ।
11095 एकुवारै क्रि.वि. जँगार नतरीकन; खोलाको एकापट्टिको तीरतीरै ।
11096 एकुवा हिलो ना. हिउँदबर्खे औँलाको काप खाइरहने हिले रोग ।
11097 एउटा वि. हे. एकौटा।
11098 एकेक वि. एक एक; हरेक; प्रत्येक |
11099 एकेडेमी ना. १. साहित्य, कला, संस्कृति, विज्ञानको क्षेत्रमा विशिष्ट काम गर्ने एक संस्था । हे. प्रज्ञा प्रतिष्ठान ।
11100 एकेडेमी ना. २. शिक्षण संस्थाहरूको शैक्षिक विभाग |