Dictionary

All Word

10951 एकलो वि. जहान, परिवार कोही नभएको; साथीभाई नभएको; आफू मात्रै भएको; एकल । २ बिहे नगरेको; जोडा नभएको; ठिङ्गो ।
10952 एकलौटी वि. १. अंश वा अरू धनमालमा आफू एक्लै मात्र भोगचलन गर्न पाइने; अरूको भाग वा अंश नलाग्ने ।
10953 एकलौटी वि. २. कसैलाई बाँड्न नपर्ने; आफ्नै मात्र ।
10954 एकलौटी वि. ३. एकाधिकारको ।
10955 एकवचन ना. १. एकपल्ट मात्र बोलिएको वचन; एक शब्द; एक बोली।
10956 एकवचन ना. २. व्याकरणमा गन्तीमा एउटा वस्तु वा व्यक्तिलाई मात्र बुझाउने शब्द वा पद ।
10957 एकवचनान्त वि. एकवचनको विभक्ति वा रूपप्रत्यय लागेको ।
10958 एकवर्ण वि. १. एउटै वर्ण वा जातको ।
10959 एकवर्ण वि. २. एउटै रङ भएको; अरू रङ नमिसिएको ।
10960 एकवर्ण वि. ३. एउटै अनुहारको ।
10961 एकवस्त्रा वि. एउटा मात्र वस्त्र लाएकी वा पर सरेकी (रजस्वला हुँदा एउटै मात्र वस्त्र पहिरने विधानअनुसार ।।
10962 एकवार क्रि.वि. छेउछेउ; तिरैतिर; किनारा लागेर; किनारैकिनार ।
10963 एकवेणी ना. १. एकचुल्ठे (स्त्री) ।
10964 एकवेणी ना. २. पति परदेश जानाले शृङ्गार त्यागेर बसेकी स्त्री; वियोगिनी वा विरहिणी स्त्री ।
10965 एकश्रुत वि. हे. एकपाठी ।
10966 एक्सट्ठी ना. १. साठी र एकको योगबाट बनेको सङ्ख्या; ६१ को अङ्क । वि.
10967 एक्सट्ठी ना. २. साठी र एकको योगबाट बनेको ।
10968 एक्सट्ठिऔँ / एक्सट्ठियाँ वि. गन्दै जाँदा एक्सट्ठी सङ्ख्यामा पर्न;, साठी र एकको योगबाट बनेको; एक्सट्ठी सङ्ख्याको ।
10969 एकसदनात्मक वि. एउटा मात्र सदन भएको (व्यवस्थापिका वा विधायिनी सभा) |
10970 एकसरिनु अ.क्रि. १. ढिकीमा कुटेको धान केही बाँकी रही आधाभन्दा बेसी चामल हुनु; आधाआधीभन्दा बढी कुटिनु ।
10971 एकसरिनु अ.क्रि. २. कुनै काम आधाआधीभन्दा बेसी वा एकोहोरो रूपमा गरिनु ।
10972 एकसरो वि. १. भित्री नभएको वा भित्री नहालिएको; दोबरी नभएको; दोबरी नपारिएको; एक तह मात्र भएको; एक तहको (लुगा) ।
10973 एकसरो वि. २. एक जनाको मात्र व्यवहार चल्ने ( मालसामान); कुनै मालसामान नदोहोऱ्याईकन एकएकवटा मात्र जोडिएको ।
10974 एकसऱ्याइ ना. एकसरिने क्रिया वा प्रक्रिया ।
10975 एकसऱ्याइनु क्र. क्रि. एकसरिने पारिनु ।
10976 एकसऱ्याउनु स.क्रि। एकसरिने पार्नु; एकसरो तुल्याउनु ।
10977 एकसूत्रीकरण ना. १. भिन्नभिन्न वस्तुलाई एउटै स्तरमा ल्याउने वा परस्पर सम्बद्ध बनाउने काम वा प्रक्रिया ।
10978 एकसूत्रीकरण ना. २. छरिएका वस्तुलाई एउटै सूत्रमा उन्ने काम ।
10979 एकस्व ना. १. कसैले निर्माण, रचना वा उत्पादन गरेको वस्तु वा रचना आदिबाट हुने आयमाथि निजैको एकाधिकार हुने गरी दिइएको सरकारी मुद्राङ्कित प्रलेख ।
10980 एकस्व ना. २. कसैले निर्माण गरेको, रचना गरेको वा उत्पादन गरेको वस्तुबाट त्यसो गर्ने व्यक्तिलाई एकाधिकारको रूपमा प्राप्त हुने आय।
10981 एकस्व पत्र ना. कुनै व्यक्तिलाई कुनै कामकुरा गर्ने एकाधिकार प्रदान गरिएको लिखित पत्र; एकाधिकारपत्र |
10982 एकहट्टी ना. कुनै उद्योग, व्यापार वा ठेक्का आदिको काम एउटै व्यक्तिबाट गर्ने गरी मिलाइएको बन्दोबस्त ।
10983 एकहत्तर ना. १. सत्तरी र एकको योगबाट बन्ने सङ्ख्या; ७१ को अङ्क । वि.
10984 एकहत्तर ना. २. सत्तरी र एकका योगले बन्ने वा बनेको ।
10985 एकहत्तरौँ वि. गन्दै जाँदा एकहत्तर सङ्ख्यामा पर्ने; एकहत्तर सङ्ख्याको ।
10986 एकहाते वि. १. एक व्यक्तिले मात्र खुवाउने, पियाउने गरेको; एउटै व्यक्तिसित मात्र रत्तिएको ।
10987 एकहाते वि. २. एउटा व्यक्तिलाई मात्र दुध दुहुन दिने (गाई, भैँसी आदि) ।
10988 एकहाते वि. ३. एक हात नापो भएको ।
10989 एकहाते वि. ४. एउटा मात्र हात भएको ।
10990 एकाइ ना. १. सङ्ख्या वा गन्तीमा एक हुनाको भव वा अवस्था ।
10991 एकाइ ना. २. कुनै राशिलाई साना साना अंशमा बाँड्दा बनेको वा समूहभित्र रहेको एउटा सानो तर पूर्ण खण्ड |
10992 एकाइ परीक्षा ना. निर्धारित विषयमध्ये सम्पूर्ण विषयको वा कुनै विषयका सम्पूर्ण अंशको परीक्षा नभएर केही अंश वा एकाइको मात्र परीक्षा ।
10993 एकाउन्ट ना. सरकारी वा गैरसरकारी कुनै कार्यालयको आयव्ययसम्बन्धी हिसाब; लेखा ।
10994 एकाउन्टेन्ट ना. सरकारी वा गैरसरकारी कुनै कार्यालय वा कुनै सङ्घसंस्था आदिमा आयव्ययसम्बन्धी काम गर्ने व्यक्ति; लेखापाल |
10995 एकाउन्न ना. १. पचास र एकको योगबाट बनेको सङ्ख्या; ५१ को अङ्क । वि.
10996 एकाउन्न ना. २. पचास र एकको योगबाट बनेको; पचास र एकका योगको ।
10997 एकाउन्नौँ वि. गन्दै लैजाँदा एकाउन्न सङ्ख्यामा परेको; एकाउन्न सङ्ख्याको।
10998 एकाएक क्रि.वि. कुनै कामकुरा वा कुनै घटना थाहै नपाई हुने वा घट्ने गरी; सोच, विचारविना; एक्कासि; अपर्झट; अकस्मात्; अचानक ।
10999 एकाकार वि. १. एउटै रूपको; एउटै आकारको; हेर्दा उस्तै देखिने; एउटै किसिमको; एकरूप । २ अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर बनेको; एकात्म |
11000 एकाकी वि. १. एक्लो; अकेलो।