Dictionary

All Word

10901 एकपत्नी व्रत ना. २. त्यसरी एउटी पत्नीसँग मात्र प्रेमसम्बन्ध स्थापित गर्ने ( पुरुष ) |
10902 एकपदी वि. एउटा मात्र पद वा चरण भएको (छन्द वा पद्य । ) ।
10903 एकपाठी वि. कुनै कुरालाई एक पटक पढ्दा वा पाठ गर्दा कण्ठस्थ हुने; एकश्रुत (व्यक्ति) ।
10904 एकपाने वि. १. एक ठाउँको मात्र पानी खाएको ।
10905 एकपाने वि. २. देश, परदेश नडुलेको ।
10906 एकपाने वि. ३. एकपल्टको पानीमा मात्र पकाइएको; एकपल्ट हालेको पानीमा पकाएर तयार पारिएको ( रक्सी आदि) ।
10907 एकभक्त वि. १. दिनमा एकैचोटि मात्र भोजन गर्ने; एकछाकी ।
10908 एकभक्त वि. २. एकछाक मात्र खाने ( दिन) ।
10909 एकभन्दा अर्को क्रि.वि. १. विभिन्न व्यक्ति वा म भन्दा अर्को बढी र अर्कोभन्दा झन् अर्को बढी हुने गरी; हरेकको महत्त्व हुने गरी वि.
10910 एकभन्दा अर्को क्रि.वि. २. एकभन्दा बढी अर्को र अर्काभन्दा झन् बढी अर्को (एकसे एक ) ।
10911 एकभाषिक वि. एउटा भाषा मात्र जान्ने (व्यक्ति) ।
10912 एकमत वि. सबैको एउटै राय वा मत भएको; उपस्थित सबैको विचार मिलेको ।
10913 एकमना वि. १. एउटै विचार, मत वा सिद्धान्तमा स्थिर भएको, एउटै वादको ।
10914 एकमना वि. २. एकचित्त ।
10915 एकमाने वि. १. एक माना मात्र पाक्ने वा अटाउने (भाँडो)। ।
10916 एकमाने वि. २. खानलाई सम्म दुःख नभएको, एक माना खान पुग्ने ।
10917 एकमाने वि. ३. सानो घरानको ।
10918 एकमुख वि. १. सबै एउटै लक्ष्यमा प्रवृत्त हुने वा सबैले एउटै कुरा बोल्ने; सबैबाट एउटै सिद्धान्त वा विचार प्रकट गरिएको ।
10919 एकमुख वि. २. एउटै मुख भएको ।
10920 एकमुखी / एकमुखे वि. एउटै मात्र मुख भएको (चुलो, रुद्राक्ष इ.) ।
10921 एकमुस्ट क्रि.वि. एकै पटक एकैपल्ट, डक्क ।
10922 एकमेलो ना. खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम, एक जनाको मेलो; एकलग |
10923 एकरङ्ग वि. १. भित्रबाहिर एउटै जस्तो भएको; एउटै रङ्गको ।
10924 एकरङ्ग वि. २. छलछाम नभएको; निश्छल, निष्कपट ।
10925 एकरङ्ग वि. ३. एउटै किसिमको; उस्तै; बराबर; समान ।
10926 एकरङ्गा / एकरङ्गी वि. एउटा मात्र रङ्ग भएको; एकभन्दा बढी रङ्ग नभएको; धेरै रङ्ग नमिसिएको (सारी वा अन्य कपडा) ।
10927 एकरस वि. १. एउटै मात्र रस भएको; एकै भावको; समान भावको ।
10928 एकरस वि. २. एकै किसिमको; उस्तै भएर मिलेको ।
10929 एक राजतन्त्र ना. राजाले मन्त्री, भारदार वा सल्लाहकारहरूको सहायता लिई आफ्नै राज्यको शासनव्यवस्था चलाउने एक प्राचीन प्रणाली |
10930 एकराते वि. एक रात मात्र बितेको; अघिल्लो दिन मात्र जमाएको; एक रातको (दही इ.) ।
10931 एकरारनामा ना. हे. करारनामा ।
10932 एकरूप वि. १. एउटै रूप भएको; समान रूपको; एउटै आकृतिको; हेर्दा उस्तै देखिने ।
10933 एकरूप वि. २. सधैँ एकनास रहने ।
10934 एकरूपता ना. एकरूप हुनाको भाव वा अवस्था; अनुरूपता; समानता; सादृश्य।
10935 एकल वि. १. एकाकी; एक्लो (व्यक्ति, परिवार इ.) । ना.
10936 एकल वि. २. न्यूनतम अंश ।
10937 एकलकाँटे वि. अरूसँग नमिल्ने स्वभावको; एकोहोरो; एक ढड्डीको ।
10938 एकलख ना. देवनागरी लिपिमा अकारान्त व्यजनवर्णको माथि लाग्ने एकारको चिह्न वा मात्रा; एकार (े) ।
10939 एकलग ना. १. जीवन धान्नका लागि एक व्यक्तिले दिनभरमा गर्ने कुनै काम एउटाको दिनभरिको मेलो । वि.
10940 एकलग ना. २. एकाग्र; तल्लीन ।
10941 एकलास ना. १. कोही नभएको सुनसान ठाउँ; मान्छे हत्तपत्त नपुग्ने ठाउँ; एकान्त स्थान; निर्जन स्थल | वि.
10942 एकलास ना. २. एकान्त; सुनसान; निछ्‌याम ।
10943 एकले वि. एकाकी; एकलो ।
10944 एकले गीत ना. स्त्री वा पुरुषले जोडीविना एक्लै गाउने गीत ।
10945 एकले नाच ना. जोडा वा जोडीविना नाचिने नाच; एक्लै नाचिने नाच।
10946 एकले बाँदर ना. १. बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर ।
10947 एकले बाँदर ना. २. साथीभाइहरूसित बसउठ नगर्ने र एक्लै हिँड्ने स्वभावको मानिस एकलकाँटे ।
10948 एकले बिर ना. दुईदेखि पाँच मिटर अग्लो, लाम्चो, दाँती परेका हरिया पात हुने गुलाफी वा कलेजी रङका फूल फुल्ने, पात र फूल विषालु मानिने एक जातको बोट ।
10949 एकलै क्रि.वि. एक जना मात्र; एकलो मात्र; आफू मात्र ।
10950 एकलै दोकले क्रि.वि. एकदुई जना मात्र; बढीमा दुई जनासम्म |