Dictionary

All Word

11351 उमेठाइ ना. उमेठ्ने भाव, क्रिया वा प्रक्रिया ।
11352 उमेठाइनु अ.क्रि. उमठिने पारिनु ।
11353 उमेठिनु अ.क्रि. उमठिने होइनु ।
11354 उमेद ना. हे. उम्मेद ।
11355 उमेदवार वि. उम्मेदवार ।
11356 उमेदवारी ना. उम्मेदवारी ।
11357 उमेर ना. १. आफ्नो जन्मदेखि वर्तमान अवस्थासम्मको समयको योग ।
11358 उमेर ना. २. जीवनको कुनै पनि अवस्था (बाल्यकाल, यौवन, वार्धक्य इ.) ।
11359 उमेर ना. ३. तरुणावस्था; बैँस ।
11360 उमेरदार वि. १. पाको उमेरको; हुर्किएको ।
11361 उमेरदार वि. २. तन्नेरी; बैँसालु ।
11362 उमेरदारी ना. १. उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ठो ।
11363 उमेरदारी ना. वि. २. भर्खरको उमेरको; पट्ठो ।
11364 उम्कनु अ.क्रि. १. बन्धनबाट मुक्त हुनु; छुट्नु ।
11365 उम्कनु अ.क्रि. २. कुनै खतरा वा सकसिलो परिस्थितिबाट बच्नु; जोगिनु ।
11366 उम्कनु अ.क्रि. ३. खुल्नु; खुस्कनु ।
11367 उम्कनु अ.क्रि. ४. भाग्नु; फुत्कनु ।
11368 उम्कनु अ.क्रि. ५. कामबाट छुटकारा पाउनु।
11369 उम्काइ ना. उम्कने क्रिया वा प्रक्रिया ।
11370 उम्काइनु क.क्रि. उम्कने पारिनु; उम्कन लगाइनु ।
11371 उम्काउनु प्रे. क्रि. उम्कने गराउनु; फुत्काउनु ।
11372 उम्किनु अ.क्रि. १. उम्कनु ।
11373 उम्किनु अ.क्रि. २. उम्कने होइनु ।
11374 उम्क्याइ ना. उम्किने क्रिया वा प्रक्रिया; उम्काइ ।
11375 उम्टनु स.क्रि. ज्यापु झार्नका निम्ति उइँटोद्वारा रुवा पेल्नु ।
11376 उम्टाइ ना. उम्टने क्रिया वा प्रक्रिया ।
11377 उम्टाइनु क.क्रि. उम्टने पारिनु; उम्टन लगाइनु ।
11378 उम्टाउनु प्रे. क्रि. उम्टने पार्नु; उम्टन लगाउनु ।
11379 उम्तिनु अ.क्रि. उन्मत्त हुनु; मात्तिनु; उम्लिनु ।
11380 उम्त्याइँ ना. उम्तिने क्रिया वा प्रक्रिया ।
11381 उम्त्याइनु क.क्रि. उम्तिने पारिनु ।
11382 उम्त्याउनु प्रे. क्रि. उम्तिने पार्नु ।
11383 उम्त्याहट ना. उम्तिने क्रिया वा प्रक्रिया ।
11384 उम्त्याहा वि. उम्तिने स्वभावको; अहमत्याइँ लागेको ।
11385 उम्दा वि. उत्तम; बेस ।
11386 उम्मेद ना. आशा; भरोसा; इच्छा।
11387 उम्मेदवार वि. १. उमेद राख्ने; आशाकारी ।
11388 उम्मेदवार वि. ना. २. कुनै नोकरी वा विद्या हासिल गर्ने अवसर पाउने आशा राख्ने व्यक्ति ।
11389 उम्मेदवार वि. ३. कुनै पदमा रोजिनाका निम्ति आवेदन दिने व्यक्ति; प्रत्याशी ।
11390 उम्मेदवारी ना. १. उम्मेदवार हुनाको क्रिया वा प्रक्रिया ।
11391 उम्मेदवारी ना. २. आशा; आसरा ।
11392 उम्मेदवारी ना. ३. पद वा सेवाका लागि औपचारिक रूपमा खडा हुने कार्य।
11393 उम्मेदवारी ना. ४. उम्मेदवारको दायित्व ।
11394 उम्रनु अ.क्रि. १. बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु ।
11395 उम्रनु अ.क्रि. २. बोटबिरुवा आदि पैदा हुनु; उब्जनु ।
11396 उम्रनु अ.क्रि. ३. मनमा विचार उत्पन्न हुनु ।
11397 उम्राइ ना. उम्रने क्रिया वा प्रक्रिया ।
11398 उम्राइनु क.क्रि. उम्रने पारिनु ।
11399 उम्राउनु प्रे. क्रि. उम्रन वा उमार्न लगाउनु; उम्रने पार्नु ।
11400 उम्रिनु अ.क्रि. १. हे. उम्रनु ।