Dictionary

All Word

11651 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये छैटौँ स्वरवर्ण; परम्परागत रूपमा ओष्ठस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च र बन्दसमेत मानिएको दीर्घ स्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
11652 सर्व. १. प्रथम पुरुषको एकवचन बुझाउने शब्द; त्यो ।
11653 सर्व. २. टाढाको वस्तुलाई औँल्याएर वा तोकेर देखाउँदा भनिने शब्द ।
11654 ऊँचनीच ना. हे. उचनिच ।
11655 ऊँचाइ ना. हे. उचाइ ।
11656 ऊँचो वि. हे. उचो ।
11657 ऊँट ना. हे. उँट ।
11658 ऊकार ना. १. 'ऊ' अक्षर।
11659 ऊकार ना. २. उकारको दीर्घ रूप (ू)।
11660 ऊ जुनी ना. १. पूर्वजन्म।
11661 ऊ जुनी ना. २. मरेपछि फेरि हुने जन्म ।
11662 ऊढ वि. १. बिहा भएको; विवाहि।
11663 ऊढ वि. २. स्वास्नी पाल्ने अभिभारा बोकेको ।
11664 ऊढा वि. बिहा भएकी; विवाहिता ।
11665 ऊद ना. हे. उद ।
11666 ऊन ना. हे. उन ।
11667 ऊनी ना. हे. उनी।
11668 ऊरू ना. तिघ्रा ।
11669 ऊरुज वि. १. जाँघबाट उत्पन्न भएको ।
11670 ऊरुज वि. ना. २. परम्परित वार्णाश्रमको धारणाअनुसार भगवान्‌को जाँघबाट जन्मेको भनिने वैश्यजाति ।
11671 ऊरुज स्तम्भ ना. गोडा कक्रिने वा जकडिने एक रोग; वातरोगको एक भेद ।
11672 ऊर्ज ना. आत्मबल; आत्मशक्ति; प्राण; हिम्मत ।
11673 ऊर्जस्वल / ऊर्जस्वी वि. १. बलवान्; शक्तिशाली ।
11674 ऊर्जस्वल / ऊर्जस्वी वि. २. प्राणवान् ।
11675 ऊर्जस्वल / ऊर्जस्वी वि. ३. हिम्मत भएको ।
11676 ऊर्जा ना. १. बल; शक्ति ।
11677 ऊर्जा ना. २. भोजन ।
11678 ऊर्जा ना. ३. सास; श्वास ।
11679 ऊर्जा ना. ४. उत्साह ।
11680 ऊर्जा ना. ५. कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल ।
11681 ऊर्जा प्रजनक ना. जेनरेटर ।
11682 ऊर्जा सङ्कट ना. ऊर्जाको अभावमा हुने दुःख वा आपत्ति ।
11683 ऊर्ण ना. हे. ऊन।
11684 ऊर्णनाभ ना. माकुरो ।
11685 ऊर्ध्व वि. माथिल्लो; माथिको; उँभो ।
11686 ऊर्ध्वकेश वि. ठाडा ठाडा कपाल हुने; कपाल जिङ्ग्रिङ्ङ परेको ।
11687 ऊर्ध्वगामी वि. १. मास्तिर जाने; चढ्ने ।
11688 ऊर्ध्वगामी वि. २. मुक्त; निर्वाणप्राप्त ।
11689 ऊर्ध्वदेह ना. मरेपछि प्राप्त हुने शरीर; प्रेतशरीर ।
11690 ऊर्ध्वपातन ना. तरल पदार्थलाई बाफ बनाई मास्तिर हुत्त्याउने वा फ्याँक्ने क्रिया ।
11691 ऊर्ध्वपुण्ड्र ना. वैष्णव सम्प्रदायका अनुयायीहरूले लगाउने टिको; ठाडो टिको।
11692 ऊर्ध्वबाहु ना. १. एउटा हात देवताका नाउँमा माथि उठाइराख्ने तपस्वी |
11693 ऊर्ध्वबाहु ना. वि. २. माथितिर हात उठाएको ।
11694 ऊर्ध्वमुख वि. १. मास्तिर मुख फर्केको।
11695 ऊर्ध्वमुख वि. ना. २. आगो ।
11696 ऊर्ध्वमूल वि. १. माथितिर जरा हुने ( वेदवृक्ष) ।
11697 ऊर्ध्वमूल वि. ना. २. संसार; जगत्।
11698 ऊर्ध्वरेखा ना. हात वा पैतालाको बिचमा हुने भाग्यसूचक ठाडो रेखा; भाग्यरेखा ।
11699 ऊर्ध्वरेता वि. वीर्यस्खलन नभई ऊर्ध्वगामी भएको (पूर्ण ब्रह्मचारी) ।
11700 ऊर्ध्वलोक ना. हे. स्वर्ग ।