Dictionary

All Word

11901 एकतारे क्रि.वि. एकनाससँग निरन्तर; लगातार ।
11902 एकताली क्रि.वि. एक पालि; एकपल्ट ।
11903 एकतिस ना. १. तिस र एकको योगबाट बनेको संङ्या; ३१ को अङ्क ।
11904 एकतिस ना. वि. २. तिस र एकको योगबाट वनेको ।
11905 एकतिसौँ वि. १. गन्दै जाँदा एकतिस सङ्ख्यामा परेको; एकतिस सङ्ख्याको।
11906 एकतीस ना. हे. एकतिस ।
11907 एकतीस वि. हे. एकतिसौं ।
11908 एकत्र क्रि.वि. १. एकै स्थानमा जम्मा भएर; एकै ठाउँमा; एक समूहमा ।
11909 एकत्रित वि. एकै ठाउँमा जम्मा गरिएको; समेटिएको; एकत्र पारिएको ।
11910 एकत्व ना. एक हुनाको अवस्था वा भाव; एकता ।
11911 एकदंष्ट्र ना. १. गणेश ।
11912 एकदंष्ट्र ना. वि. २. एउटा मात्र दाहा भएको; एकदा |
11913 एकदन्त वि. १. एउटै मात्र दाँत भएको (हात्ती आदि ) |
11914 एकदन्त वि. ना. २. गणेश ।
11915 एकदन्ता / एकदन्ते वि. एउटा मात्र दन्त वा दाँत भएको; (हात्ती ) ।
11916 एकदम क्रि.वि. १. एकाएक; अकस्मात् ।
11917 एकदम क्रि.वि. २. तत्काल; झट्ट; तुरुन्त ।
11918 एकदम क्रि.वि. वि. ३. पर्याप्त थुप्रै; धेरै; ज्यादै ।
11919 एकदल ना. १. कुनै उद्देश्यमा संलग्न मानिसहरूको एउटा गुट वा समूह; एउटा पार्टी ।
11920 एकदल ना. २. एक दिउल ।
11921 एकदल ना. ३ तरकारी, सागपात आदिको अङ्कुर पलाउनुअघिको समूह वा बी ।
11922 एकदलीय वि. एउटै मात्र दल भएको (व्यवस्था शासन पद्धति इ.) ।
11923 एकदलीय वि. २. एक दिउल वा फग्ल्याँटो भएको ।
11924 एकदलीय वि. ३. एकदल बिउ राखिएको ।
11925 एकदेशी / एकदेशीय वि. १. कुनै एउटा देश, ठाउँ वा खण्डसि मात्र सम्बन्ध राख्ने; कुनै एक देश वा ठाउँमा मात्र हुने ।
11926 एकदेशी / एकदेशीय वि. २. कुनै खास अवसर वा ठाउँमा मात्र लागु हुने; जहाँतहीं प्रयोग नहुने ।
11927 एकदेशी / एकदेशीय वि. ३. कुनै एक देशको वा त्यस देशसँग सम्बन्धित ।
11928 एकधर्मी वि. १. एक धर्म मान्ने; एउटै धर्मको अनुयायी ।
11929 एकधर्मी वि. २. परस्परमा समान गुण वा स्वभाव भएको; उस्तै ।
11930 एकनास वि. १. परस्पर एउटै किसिमको; समान रूपको; उस्तै देखिने ।
11931 एकनास वि. २. परस्पर घटीबढी नभएको; बराबरको ।
11932 एकनास वि. क्रि.वि. ३. नरोकिईकन उस्तै गरेर लगातार; निरन्तर ।
11933 एकनिष्ठ वि. १. एउटै कुरामा मात्र श्रद्धा, विश्वास वा निष्ठा नभएको ।
11934 एकनिष्ठ वि. २. एउटै विषय वा कुरामा मात्र मन दिने; एकाग्र चित्त भएर एउटै कामकुरामा लागिरहने ।
11935 एकन्नी ना. १. चार पैसा बराबर मूल्य भएको सिक्का; चारपैसे मुद्रा; एकआने सिक्का ।
11936 एकन्नी ना. २. चार पैसा वा एक आनाको भारतीय मुद्रा |
11937 एकपक्षीय वि. १. एउटै पक्ष वा दलसित मात्र सम्बन्ध राख्ने; एउटै पक्षको ।
11938 एकपक्षीय वि. २. एकतर्फबाट मात्र हुने, गरिने वा एक तर्फलाई मात्र फाइदा हुने; एकतर्फी ।
11939 एकपत्नी ना. १. पतिव्रता स्त्री ।
11940 एकपत्नी ना. २. विवाहिता स्त्री ।
11941 एकपत्नी व्रत ना. १. एउटै स्त्रीसित बाहेक अर्कोसित विवाह वा प्रेमसम्बन्ध नराख्ने व्रत वा सिद्धान्त ।
11942 एकपत्नी व्रत ना. वि. २. त्यसरी एउटी पत्नीसँग मात्र प्रेमसम्बन्ध स्थापित गर्ने ( पुरुष ) |
11943 एकपदी वि. एउटा मात्र पद वा चरण भएको (छन्द वा पद्य । ) ।
11944 एकपाठी वि. कुनै कुरालाई एक पटक पढ्दा वा पाठ गर्दा कण्ठस्थ हुने; एकश्रुत (व्यक्ति) ।
11945 एकपाने वि. १. एक ठाउँको मात्र पानी खाएको ।
11946 एकपाने वि. २. देश, परदेश नडुलेको ।
11947 एकपाने वि. ३. एकपल्टको पानीमा मात्र पकाइएको; एकपल्ट हालेको पानीमा पकाएर तयार पारिएको ( रक्सी आदि) ।
11948 एकभक्त वि. १. दिनमा एकैचोटि मात्र भोजन गर्ने; एकछाकी ।
11949 एकभक्त वि. २. एकछाक मात्र खाने ( दिन) ।
11950 एकभन्दा अर्को क्रि.वि. १. विभिन्न व्यक्ति वा म भन्दा अर्को बढी र अर्कोभन्दा झन् अर्को बढी हुने गरी; हरेकको महत्त्व हुने गरी वि. २. एकभन्दा बढी अर्को र अर्काभन्दा झन् बढी अर्को (एकसे एक ) ।