Dictionary

All Word

12051 कटनी ना. २. कट्टी (तलब, रकम आदिको )।
12052 कटनी ना. ३. बालीनाली वा रुख आदि काट्ने काम।
12053 कटनीमटनी ना. काट्ने र फाँड्ने काम; कटमट; कट्टीमट्टी।
12054 कटबाँस ना. भित्र खोक्रो नभएको (प्रायः लट्ठीको काममा प्रयोग गरिने) बाँसको एक जात; मकुला बाँस।
12055 कटबिच्छी वि. १. अग्घोर काट्ने; साह्रै मुखाले।
12056 कटबिच्छी वि. २. बित्पाते; बिच्छी। ना.
12057 कटबिच्छी वि. २. बिच्छीको एक धेर विषालु जात।
12058 कटबिजुली वि. १. बिजुलीका वेगको; असाध्यै चनाखो; बाठो; साह्रै मुखाले। ना.
12059 कटबिजुली वि. २. हे. कटक बिजुली।
12060 कटमट ना. १. कट्टीमट्टी; छिनाफाना।
12061 कटमट ना. २. मानसिक द्वेष; मनोमालिन्य; भित्रभित्रै गुम्सिएर रहेको मानसिक द्वेष।
12062 कटमट ना. ३. अनियमित खाद्य पदार्थ; कट्याङकुटुङ।
12063 कटर ना. एक जातको सुती कपडा।
12064 कटसरैया ना. विभिन्न रङका फूलका भेदले चारजातको मानिएको, त्रिदोषलाई शमन गर्ने एक प्रकारको बुटी।
12065 कटहर ना. खस्रो काँडादार बोक्रा भएको, भित्र झुत्रा र गुलियो स्वादका कोया फल्ने र कोयाभित्र चिउरीका झैँ गेडा हुने, काँचो अवस्थामा तर्कारीका रूपमा पनि खाइने एक लोकप्रिय फल; रुखकटहर।
12066 कटहरचम्पा ना. कटहरको जस्तै बास्ना आउने एक प्रकारको लहरे फूल।
12067 कटहरहन्डे वि. कटहरजस्तो (प्रायः ठुलो अण्डकोष भएको व्यक्ति )।
12068 कटहरे वि. १. कटहरका रुखहरू भएको ठाउँ, बस्ती वा गाउँ।
12069 कटहरे वि. २. कटहरको कारोबार गर्ने (व्यक्ति)।
12070 कटाइ ना. काट्ने क्रिया वा प्रक्रिया।
12071 कटाइनु क.क्रि. काट्न लाइनु; काट्ने काम गराइनु।
12072 कटाउनु प्रे.क्रि. काट्न लाउनु; काट्ने काम गराउनु।
12073 कटाकट क्रि.वि. एकपछि अर्को गर्दै काट्दै जाने प्रक्रियासँग; छटाछट; चटाचट।
12074 कटाक्ष ना. १. आँखाको एक भागले अर्थात् कुनाबाट हेर्ने हेराइ; कर्के हेराइ; छड्के हेराइ।
12075 कटाक्ष ना. २. बाझाबाझ; कटाच्छे।
12076 कटाक्ष ना. ३. अप्रसन्नता जाहेर गर्ने किसिमको हेराइ; घुइरो हेराइ।
12077 कटाक्षपात ना. प्रेम, क्रोध, ईर्ष्या आदि जनाउने किसिमको हेराइ।
12078 कटान ना. १. हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया।
12079 कटान ना. २. पहिरो, नदी आदिले तटवर्ती जमिनलाई धस्काउने क्रिया वा प्रक्रिया।
12080 कटान ना. ३. फँडानी (जङ्गलको )।
12081 कटानी ना. कटनी; फँडानी।
12082 कटार/कटारी ना. प्रायः दुवैतिर धार भएको छुरीविशेष।
12083 कटारे ना. छरिएका पात र ससाना काँडा हुने, हिँड्दा कपडामा बिझने एकथरी घाँस वा झार।
12084 कटारो ना. ठुलो कटारी।
12085 कटारो ना. १. कसैलाई गाली गर्ने वा होच्याएर भनिने शब्द; छुस्केरा।
12086 कटारो ना. २. चटारो।
12087 कटाहा ना. १. ठुलो कराही।
12088 कटाहा ना. २. कछुवाका पिठ्युँको खप्पर वा खपटा।
12089 कटाहा वि. १. छुच्चो; किरन्टोकी; कन्जुस।
12090 कटाहा वि. २. अर्काले खाएपाएकोमा रिस गर्ने; आहारिसे; डाढे।
12091 कटाहा वि. ३. काट्ने खालको वा काट्ने (किरो, मुसो आदि)।
12092 कटि ना. नितम्बभन्दा माथि दुवै कोखा र तल्लो पेटभन्दा मुनिको शारीरिक अवयव; कमर; कम्मर; कटी।
12093 कटिबद्ध वि. तम्सिएको; तत्पर।
12094 कटिबन्ध ना. १. पटुका; कम्मरपेटी।
12095 कटिबन्ध ना. २. पृथ्वीका दुई ध्रुवका बिचका भूभागलाई हावापानी आदिका हिसाबले बाँड्दा हुन आउने पाँच भागमध्ये कुनै एक। (ऊष्ण कटिबन्ध, शीत कटिबन्ध, समशीतोष्ण कटिबन्ध तथा नात्यूष्ण कटिबन्ध)।
12096 कटिसूत्र ना. १. कन्धनी।
12097 कटिसूत्र ना. २. इँजार।
12098 कटिया ना. सानो घाटी भएको सानो आकारको माटाको भुँड्को।
12099 कटी ना. हे. कटि।
12100 कटु वि. १. नमिठा स्वादहरूमध्ये कुनै एक (तितो, टर्रो, पिरो इ.)।