Dictionary

All Word

12201 कठोर वि. २. कडा; साह्रो; सख्त।
12202 कठोर वि. ३. निर्दय; निष्ठुर।
12203 कठोरता ना. कठोर हुने स्वभाव; कठोर गुण, स्वभाव, प्रकृति आदि।
12204 कठोरतालु ना. मुखविवरभित्रको माथिल्लो च्यापुको कठोर भाग; वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग।
12205 कठोरवर्ण ना. व्यञ्जनवर्णका अघोष प्रकार; (क,च,ट,त,प,ख,छ,ठ,थ, फ, श, ष तथा स) मध्ये कुनै एक ।
12206 कठौती ना. काठको आरी; सानो आकारको कठुवा।
12207 कठौतो ना. पढ्ने बेलामा पुस्तक राख्ने काठको चेपुवा शैलीको विशेष प्रकारको नेपाली टेबुल; कापे; रिल; चेपुवा।
12208 कठ्याङ्ग्रिनु अ.क्रि. हे. कठाङ्ग्रिनु।
12209 कठ्याङ्ग्य्राइनु क.क्रि. कठ्याङ्ग्रिने पारिनु; कक्रक्क बनाइनु।
12210 कठ्याङ्ग्य्राउनु स. क्रि. १. चिसो वा ठन्डामा राखेर घिउ आदि तर वस्तुलाई जमाउनु। प्रे. क्रि. कठ्याङ्ग्रिने पार्नु; कक्रक्क बनाउनु।
12211 कठ्यौरी ना. झिक्रामा मह पार्ने सानो खालको मौरी; कुट्का।
12212 कडकड क्रि.वि. हे. कटकट।
12213 कडा १ ना. १. सुन, चाँदी आदि धातुका नाडीमा लगाइने बालाविशेष।
12214 कडा १ ना. २. भाँडाबर्तन आदिमा समाउनका निमित्त एकातिर (बिर्काको टुप्पोमा ) वा दुईतिर ( खँडकुलो, झाँगा इ. मा) जडिने धातुको मुन्द्रो।
12215 कडा २ वि. १. साह्रो; कठोर; चाम्रो।
12216 कडा २ वि. २. गाह्रो ; कठिन; दुष्कर।
12217 कडा २ वि. ३. चर्को (ध्वनि, स्वाद, घाम इ.)।
12218 कडा २ वि. ४. नियम, अनुशासन, कर्तव्य आदि पालन गर्न, गराउन दयामायासमेत नराखी सक्रिय रहने।
12219 कडा २ वि. ५. निष्ठुर; निठुरी; निर्दयी।
12220 कडाइ ना. कडा हुने वा कडा गर्ने काम; कडा व्यवहार; कठोरता; कडापना।
12221 कडाकडी ना. कडा व्यवहार; कडिकडाउ; कडिकडाइ।
12222 कडापना ना. कडाइ।
12223 कडापानी ना. ज्यादै चिसो पानी; साबुन आदिले धुँदा फिँज निकाल्न मुस्किल पर्ने अथवा नउमाली खाँदा पचाउन कठिन पर्ने पानी।
12224 कडिकडाउ ना. हे. कडाकडी।
12225 कडी १ ना. १. जुक्ती; युक्ति; किल्ली; उपाय।
12226 कडी १ ना. २. मस्तिष्कको प्रणाली; स्नायु (उदा.- उसको दिमागको कडी खुस्किएछ।)।
12227 कडी २ ना. सानो कडा वा मुन्द्रो।
12228 कडीकमान ना. कडासँग अर्थात् दृढतापूर्वक गरिएको व्यवहार।
12229 कडुवा वि. १. पिरो (खोर्सानी, मरिच, सुठो इ.)।
12230 कडुवा वि. २. राग भएको (तोरीको तेल, सस्र्युँको तेल आदि।
12231 कडुवा वि. ३. टर्रो, तितो इ.।
12232 कडुवा वि. ४. नमिठो (स्वाद)।
12233 कडेलचोक ना. ( राणाकालसम्म प्रचलित ) सरकारी घरखजाना, गहनागुरिया र सुनचाँदीका सामानहरू राखिने हनुमान् ढोका राजदरबारभित्रको अड्डा।
12234 कडोर ना. १. सय लाखको सङ्ख्या; उक्त सङ्ख्यालाई व्यक्त गर्ने अङ्क; करोड (१,००,००,००००। वि.
12235 कडोर ना. २. उक्त सङ्ख्या वा अङ्क बराबरको (थान, गेडा, वस्तु आदि)।
12236 कडोरन् वि. कैयौँ करोड बराबरको।
12237 कडोरपति ना. १. करोडको मालिक। वि.
12238 कडोरपति ना. २. करोडको मालिक बनेको।
12239 कडोरौँ वि. कडोरन्।
12240 कड्कनु अ.क्रि. १. रिसाएर वा गाली गर्दै ठुलो स्वरले बोल्नु; कट्कनु।
12241 कड्कनु अ.क्रि. २. बम्कनु; गड्कनु; कटकनु।
12242 कड्काइ ना. कड्कने भाव, क्रिया वा प्रक्रिया।
12243 कड्काकड्की ना. दुई विरोधी व्यक्ति वा समूहका बिच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान; खडाजङ्गी; बाझाबाझ; दन्तबझान।
12244 कड्कुँलो ना. दुईतिर घर भई बिचको खाली भाग; घरमा लाफो गाँसिएको खण्ड; लाफो; कट्कुरो।
12245 कड्यौलो ना. वीर्यस्खलन हुनुभन्दा पहिले बग्ने चिप्लो पानी।
12246 कढी ना. अमिलो दही वा मोहीमा चनाको पिठो, नुन, मसला आदि हाली पकाइएको खाद्य वस्तु।
12247 कण ना. १. धुलो आदिको ज्यादै मसिनु खण्ड।
12248 कण ना. २. ढुङ्गा, अन्न आदि फुटेर बनेका ससाना टुक्रामध्ये कुनै एक (जस्तै- कनिका, च्याँख्ला आदि )।
12249 कण ना. ३. पानीको थोपाको सानो अवस्था; जलबिन्दु।
12250 कणाली ना. बाँसका चोयाले बुनेको उझिन्डोवाल भाँडो।