Dictionary

All Word

12351 ऐस ना. १. जीवनको भौतिक सुखसुविधा, सोखसयल; आराम; चैन ।
12352 ऐस ना. २. जीवनमा प्राप्त गर्ने विषयवासनाको सुख; भोगविलास; अयस।
12353 ऐसआराम ना. जीवनमा भोगिने सुखसुविधा; आरामचैन; भोगविलास; मोजमज्जा |
12354 ऐसी वि. हे. ऐयासी ।
12355 ऐहलौकिक वि. यसै लोकमा भएको, यसै लोकसँग सम्बद्ध; यसै लोकको; सांसारिक; ऐहिक; इहलोकको ।
12356 ऐहिक वि. हे. ऐहलौकिक ।
12357 ऐहिकता ना. यस लोकमा हुनाको भाव; इहलौकिकता; सांसारिकता ।
12358 देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये दसौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठओष्ठस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको, भाषाविज्ञानअनुसार पश्च र आधाबन्द, गोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
12359 वि.बो. १. सम्झना, विस्मय आदिमा बोलिने शब्द ।
12360 वि.बो. (उदा.- ओ बल्ल पो मैले बुझेँ) ।
12361 वि.बो. २. आफूभन्दा मनिकालाई बोलाउँदा प्रयोग गरिने शब्द; ए (उदा.- ओ श्याम ! यता आऊ) ।
12362 ओं ना. १. क्रमशः विष्णु, शिव र ब्रह्मालाई बुझाउने अ, उ, म मिलेर बनेको शब्द ।
12363 ओं ना. २. वेदपाठ गर्दा मन्त्रका रूपमा ऋचाका आगाडि पछाडि उच्चारण गरिने पवित्र ध्वनि (ॐ); प्रणव ।
12364 ओंकार ना. १. ओं अक्षर; प्रणव ।
12365 ओंकार ना. २. धार्मिक विश्वासअनुसार ब्रह्मा (अ), विष्णु (उ) र महेश्वर (म) को संयुक्त रूप ।
12366 ओं रामपट्ट ना. राजपरिवारका सदस्य तथा हिन्दू धर्मका विशिष्ट व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले २००३ सालमा स्थापित एक पदक ।
12367 ओइ वि.बो. हे. ओ ।
12368 ओइरनु स.क्रि. १. चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु ।
12369 ओइरनु स.क्रि. २. कल, कोल आदिमा धान, मकै कुट्नपिँध्नका लागि हाल्नु ।
12370 ओइरनु स.क्रि. ३. रिसले कुनै वस्तु कसैलाई धेरै दिनु ।
12371 ओइरनु स.क्रि. अ.क्रि. ४. तरल, धुलो वा दानादार वस्तु ठुलो परिमाणमा पोखिनु वा चुहिनु ।
12372 ओइरनु स.क्रि. ५. लस्कर लाग्नु ।
12373 ओइरनु स.क्रि. ६. जाइलाग्नु ।
12374 ओइराइ ना. ओइरिने भाव, क्रिया वा प्रक्रिया ।
12375 ओइराउनु प्रे. क्रि. ओइरिन लाउनु ।
12376 ओइरान ना. १. सतहसम्म नभई भिरालो परेको पाखो जग्गा, पहिरो ।
12377 ओइरान ना. २. बेला बेलामा भत्किरहने फस्को पाखो।
12378 ओइरालो वि. छेलोखेलो; आफलताफल; पउल ।
12379 ओइरिनु स.क्रि. हे. ओइरनु ।
12380 ओइरो ना. १. नरोकिईकन निरन्तर खसिरहने पानी, अन्न आदिको ठुलो धारो।
12381 ओइरो ना. २. लगातार आइरहेका धेरै मानिसको ताँती ।
12382 ओइरो ना. ३. अन्न आदिको थुप्रो ।
12383 ओइरो ना. ४. गाँस ।
12384 ओइरोपहिरो वि. छेलोखेलो; आफलताफल ।
12385 ओइलनु अ.क्रि. फूल, पत्र, सागपात आदिको ताजापन नष्ट हुनु ।
12386 ओइलाइ ना. ओइलाउने क्रिया वा भाव।
12387 ओइलाइनु अ.क्रि. ओइलाउने काम होइनु ।
12388 ओइलाउनु स. क्रि/ प्र.क्रि. १. फूल, पत्र, सागपात आदिलाई घाममा राखेर अलिअलि सुकाउनु; दरसुको पार्नु; ओइलिएको पार्नु ।
12389 ओइलिनु अ.क्रि. सागपात आदिको ताजापन निख्रनु; ओइलनु ।
12390 ओइल्याइ ना. ओइलाइ ।
12391 ओइल्याइनु क. क्रि. ओइलिने पार्न लाइनु ।
12392 ओइल्याउनु प्रे. क्रि. ओइलिने पार्न लगाउनु; ओइलिने पार्नु; दरसुको पार्नु; केही केही सुकाउनु ।
12393 ओकट्नु स.क्रि. हे. ओगट्नु ।
12394 ओकटिनु क. क्रि. ओगटिनु ।
12395 ओकल्नु स.क्रि. खाएको वस्तु पेटमा नपुऱ्याई मुखैबाट बाहिर निकाल्नु; उकेल्नु ।
12396 ओकलदोकल ना. केटाकेटीले खेल्ने एक खेल र त्यस खेलमा गाइने गीत ।
12397 ओकलाइ ना. ओकल्ने किसिम, क्रिया वा भाव।
12398 ओकलाउनु प्रे. क्रि. ओकल्न लाउनु; ओकल्ने बनाउनु ।
12399 ओकलिनु क. क्रि. ओकलाइमा पर्नु ।
12400 ओकार ना. १. 'ओ' स्वरवर्णलाई बुझाउने शब्द; 'ओ' अक्षर ।