Dictionary

All Word

12501 कन्जरो ना. १. नसप्रिएको वा झिनो लम्बाकार कन्दमूल (मुला, गाजर, सुठुनी, तरुल, सखरखण्ड आदि)।
12502 कन्जरो ना. २. साह्रै झिनो खालको मुला, सखरखण्ड आदि नमोटाएको सानो जरो।
12503 कन्जुस वि. लोभी; किरन्टोकी; मक्खीचुस।
12504 कन्जुसी ना. लोभ; कन्जुस्याइँ।
12505 कन्जुस्याइँ ना. दिन वा खर्च गर्न गाह्रो मान्ने नीति; लोभ; कृपणता; लोभीपन।
12506 कन्टर ना. तेल, घिउ आदि हाल्ने टिनको भाँडो (चौथाई, हाफटिन, ठुलो टिन आदि)।
12507 कन्टेनर ना. फलामबाट बनेको फोहोर जम्मा पार्ने ठुलो आकारको ढ्वाङ् वा भाँडो।
12508 कन्ठ्याइ ना. कन्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; हसुराइ; घिचाइ।
12509 कन्ठ्याइनु क.क्रि. कन्ठ्याउने काम गरिनु।
12510 कन्ठ्याउनु स. क्रि. घाँटीसम्म आउने गरी खानु; घिच्नु; हसुर्नु।
12511 कन्डम ना. १. सम्भोगको समयमा परिवार निरोधका निम्ति लिङ्ग घुसारिने रबर आदिको अत्यन्त मुलायम खोलका आकारको वस्तु ढाल। वि.
12512 कन्डम ना. २. काम नलाग्ने; रद्दी।
12513 कन्डापरि क्रि.वि. अपरोक्ष रूपले; अप्रत्यक्ष किसिमले।
12514 कन्डेउली ना. ढाडदेखि चाकका फिलाको माझसम्मको भाग।
12515 कन्डेउली हाड ना. सोही भागको ठाडो हाड।
12516 कन्डेउलो ना. कम्मरदेखि तल र तिघ्रादेखि माथिको भाग; चाकको फिलो; नितम्ब, पुट्ठो; कन्ड्यौलो।
12517 कन्डैसित/कन्डैसिति वि. बो. बेवास्ता वा उपेक्षा, निन्दा वा व्यङ्ग्य गरेर भनिने शब्द; भुत्रैसित; यत्रैसित; खुच्चिङ। (उदा.- तँ आउँदैनस् भने कन्डैसित ! नआए पनि मलाई वास्ता छैन)।
12518 कन्डो ना. १. भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ-बायाँको अवयव; पिठिउँ; पीठ; कन्ढो।
12519 कन्डो ना. २. गुदद्वारका दुवैतिरको मांसल भाग; पुट्ठो; पुठो; चाक।
12520 कन्डो ना. ३. स्त्रीयोनि।
12521 कन्ड्यौलो ना. हे. कन्डेउलो।
12522 कन्ढो ना. हे. कन्डो।
12523 कन्तबिजोक/कन्तबिजोग ना. साह्रै ठुलो आपत्ति; चिहिलबिहिल; चिल्लीबिल्ली; बिल्लीबाठ; सर्वनाश।
12524 कन्ती ना. कडा लागेको फलाम वा किटको बस्तुभाउलाई दाना दिने अथवा भात, तिहुन आदि पकाउने काममा प्रयुक्त हुने विशेष प्रकारको आह्री; कराही।
12525 कन्तुर ना. १. तत्काल बिक्री भएका सामानबाट आएको नगद राख्नका लागि पसलेले प्रयोग गर्ने, प्रायः दुलोबाट पैसा छिराउन मिल्ने, धातु अथवा काठ आदिको छरितो बाकस।
12526 कन्तुर ना. २. त्यस्तै काममा प्रयोग गरिने मित्र अलग अलग वर्गका मुद्रालाई छुट्टाछुट्टै राख्न मिल्ने गरी बनाइएको दुलो नभएको बाकस।
12527 कन्तुर ना. ३. गहनागुरिया र दामी वस्तु राख्नका निम्ति बनाइएको बाकसभित्र राखिने गुप्ती बाकस।
12528 कन्तुर ना. ४. बाकस; सन्दुस; पेटी।
12529 कन्था ना. १. थाङ्नो; झुम्रो; चिथ्रा चिथ्रा परेको लुगा।
12530 कन्था ना. २. धेरै टुक्राटाक्री गाँसगुस पारी बनाइएको कपडा।
12531 कन्थाधारी वि. कन्था पहिरिने; गरिब; झुत्रे। ना. जोगी; भिक्षुक; माग्ने।
12532 कन्द ना. वनस्पति आदिको जरामा माटामुनि विकसित हुने गोलाकार (गिठ्ठा, आलु आदि) अथवा लम्बाकार (तरुल, सुठुनी आदि) गानु, जसमध्ये अधिकांश खाद्यका रूपमा र केही अखाद्यका रूपमा (पानीअमला, गुँदेरगानु आदि) पनि हुन्छन्।
12533 कन्दनी ना. हे. कन्धनी।
12534 कन्दने वि. कन्दनीधारी; कन्धने।
12535 कन्दमूल ना. १. माटामनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल; कन्द।
12536 कन्दमूल ना. २. तराईतिर पाइने मादल वा मुडाका आकारको कोमल जरो, जसलाई काँचै खाइन्छ।
12537 कन्दरा ना. १. पहाडका पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुङ।
12538 कन्दरा ना. २. पहाडी प्रदेशको साँघुरो उपत्यका; पहाडी साँघुरो बेँसी।
12539 कन्दर्प ना. कामदेव।
12540 कन्दर्प ज्वर ना. कामवासनाले शरीरमा ताप चढ्नु।
12541 कन्दुक ना. १. भकुन्डो।
12542 कन्दुक ना. २. सानो तकिया।
12543 कन्धनी ना. धोती, लगौँटी आदि घुसार्नका निम्ति कम्मरवरिपरि बाँधिने धागो; डोरी, सिक्री आदिको फन्को वा बेरुवा; कन्दनी।
12544 कन्धने वि. १. कन्धनी लाउने; कन्दने (एक किसिमको गाली मात्र )।
12545 कन्धने वि. २. सानो वा ज्याम्तो (बालक)।
12546 कन्ने ना. १. अविवाहिता केटी; कन्या। वि.
12547 कन्ने ना. २. बिहे नभएको अथवा बिहे नभएकी (कन्ने केटो / केटी)।
12548 कन्ने केटी ना. कुमारी केटी।
12549 कन्ने केटो ना. कुमार केटो।
12550 कन्पारो ना. हे. कनपारो।