Dictionary

All Word

12651 कपुर ना. १. सिन्नामोमम क्याम्फोरा नामक वृक्ष अथवा उक्त वृक्षबाट प्राप्त हुने स्फटिक झैँ पारदर्शक, उडनधर्मी औषधी, पूजनकार्यमा बालिने बत्ती आदिका रूपमा प्रयोगमा आउने पदार्थ।
12652 कपुर ना. २. कपुर झैँ स्फटिकाकार रूपमा परिणत फिनायल; भोटेकपुर।
12653 कपुर बत्ती ना. पूजाआजा गर्दा आरतीका रूपमा बालिने कपुरको बत्ती।
12654 कपुरनली ना. एक प्रकारको रुख।
12655 कपुरपत्ती/पाती ना. कपुरको झैँ बास्ना आउने तितेपातीको जत्रो बोट हुने वनस्पति।
12656 कपुरी/कपुरे आँप ना. कपुर झैँ बास्ना आउने आँप।
12657 कपुरी/ कपुरे पान ना. कपुर झैँ बास्ना आउने पान।
12658 कपुरी/कपुरे वि. १. कपुरजस्तो (बास्ना आउने वा गोरो)। ना.
12659 कपुरी/कपुरे वि. २. पानको एक निम्न जाति।
12660 कपुरी १ ना. नेपाली वर्णमालाअनुसार शिशुहरूको सुविधाका निम्ति 'क' वर्णलाई दिइएको एक नाम (जस्तै- कपुरी 'क', मोटो 'ख', गाईगोडे 'ग' आदि)।
12661 कपुरी २ ना. सिकार काटेर निकालिएको आन्द्राभुँडी (डोल्पाली)।
12662 कपूत ना. हे. कपुत।
12663 कपूर ना. हे. कपुर।
12664 कपेरो ना. १. बाँसको भाटोभन्दा पनि पातलो चिरो।
12665 कपेरो ना. २. कपेर झिकेको भाटो, भात आदिको चोइली; चोइली।
12666 कपेरो ना. ३. कप्ताखेरि निस्किएको ढुङ्गा, काठ आदिको चोइटो।
12667 कपेरो ना. ४. बाँसको आँख्लैपिच्छे लपेटिएर रहने, सुकेपछि आफैँ झर्ने र च्याम्पटी घुमाउने, तितौरा पार्ने आदि काममा प्रयोग गरिने सुप्लो; खबटो।
12668 कपोत ना. ढुकुरसँग मिल्दोजुल्दो एक प्रकारको पक्षी जसका विभिन्न प्रकार हुन्छन् (घरपाला, मलेवा, देउबखुँ इ.)।
12669 कपोतवृत्ति ना. भविष्यका लागि सञ्चय नगर्ने बानी वा नीति; दश ठाउँ चहारी गरिने जीविका (जस्तै- पुरेत्याइँ, भिक्षाटन, पुहुन्की इ.); कुक्कुटवृत्ति।
12670 कपोतव्रती वि. सहनशील; सहने।
12671 कपोल ना. मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बिचको मोटाउँदा पुक्क उठ्ने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गालो; गाला।
12672 कपोलकल्पना ना. अव्यावहारिक वा कोरा कल्पना; मनगढन्ते कल्पना; निराधार अनुमान वा अडकल।
12673 कपोलकल्पित वि. कपोल कल्पना गरिएको।
12674 कप्टेरिनु अ.क्रि. बाँस वा त्यसै वर्गका वनस्पति (निगालो, मालिङ्गो आदि) चिरिएर वा फोरिएर कप्टेरामा परिणत हुनु।
12675 कप्टेरो ना. बाँस आदिको सिन्कोभन्दा मोटो भाटो अथवा कप्टेरोभन्दा मसिनु चिरो।
12676 कप्टेऱ्याइ ना. कप्टेरो पर्ने क्रिया वा प्रक्रिया।
12677 कप्टेऱ्याइनु क.क्रि. कप्टेरा पारिनु।
12678 कप्टेऱ्याउनु प्रे.क्रि. कप्टेरामा परिणत गराउनु, कप्टेरो पार्नु।
12679 कप्तान ना. १. पल्टनको लप्टनभन्दा माथि एवं मेजरभन्दा मुनिको सैनिक अफिसर वा उसको पद; सहसेनानी।
12680 कप्तान ना. २. पानीजहाज वा हवाईजहाजको मुख्य चालक।
12681 कप्तान ना. ३. भकुन्डो आदि खेलमा प्रत्येक टिमको नायक।
12682 कप्प क्रि.यो. एकै गप्फा हुने गरी (केही कुरो मुखभित्र हाल्ने तरिका); क्वाप्प; ख्वाप्प।
12683 कप्पु १ ना. टाउकाको एउटा हाड।
12684 कप्पु २ ना. हातैले कोचेर मुखमा हालिने पदार्थ (मासुको चोक्टो, भात, लड्डु, पेडा, कुराउनी आदि) को गाँस; गप्फा; गप्फु।
12685 कप्प्याइ ना. कप्प्याउने क्रिया वा प्रक्रिया।
12686 कप्प्याइनु क.क्रि. कप्पु लगाइनु; गप्फा लगाएर निलिनु; कप्लक्क खाइनु वा निलिनु।
12687 कप्प्याउनु स. क्रि. कप्पु लगाउनु; गप्फा लगाएर निल्नु; कप्लक्क खानु वा निल्नु; गप्फ्याउनु।
12688 कप्लक्क क्रि.वि. एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम )।
12689 कप्ल्याउनु स. क्रि. कप्लक्क खानु वा निल्नु।
12690 कप्ल्याककुप्लुक क्रि.वि. हतारिँदै लगातार एकपछि अर्को गप्फा निलेर; त्यसरी कुनै खाद्य पदार्थ सक्ने किसिमले।
12691 कप्ल्याक्क क्रि.वि. कप्लक्क खाँदाको भन्दा ठुलो गाँस मुखमा हालेर (निल्ने किसिम )।
12692 कफ १ ना. १. प्रायः श्वासनलीबाट र कहिलेकहीँ फोक्साबाटै पनि ख्वाक्क खोकेर बाहिर निकालिने सिङा ने पदार्थ; श्लेष्म; खकार।
12693 कफ १ ना. २. आयुर्वेदका अनुसार तीन दोष (वात, पित्त, कफ) मध्ये एक।
12694 कफकारी वि. खाँदा कफ बढाउने (वस्तु)।
12695 कफजनित वि. कफद्वारा उत्पन्न भएको ( रोग, विकार आदि)।
12696 कफनाशक वि. कफ निको पार्ने वा घटाउने (औषधी)।
12697 कफ २ ना. कमिजका बाहुलाको मुख; मोहोतो।
12698 कफल्ल/कफल्लो वि. १. बेस्वादको खल्लो।
12699 कफल्ल/कफल्लो वि. २. बेकम्मा; रद्दी।
12700 कफल्ल/कफल्लो वि. ३. निर्घो; निर्बलियो।