Dictionary

All Word

12701 औंल्याउनु स.क्रि. २. कुनै व्यक्ति, वस्तु, स्थान आदितर्फ सङ्केत गर्नु, इसारा गर्नु ।
12702 औंसा ना. धेरै बासी वा सडेगलेका मासु र अरू त्यस्तै पदार्थहरूमा वा जीवजन्तुका घाउमा झिँगाले फुल पारेपछि त्यसैबाट विकसित हुने साना साना, प्रायः सेता किराका बीजरूप; किराहरूको विकासको दोस्रो अवस्थाको जीव ।
12703 औंसिया वि. औंसीका दिन जन्मेको; औँस्याहा ।
12704 औंसी ना. चान्द्रमासअनुसार कृष्णपक्षको अन्तिम तिथि; अमावास्या; अमावस्या; अमा ।
12705 औँस्याहा वि. हे. औंसिया ।
12706 औँस्याही वि. औंसीका दिन जन्मेकी ।
12707 औकात / औगात ना. १. कुनै व्यक्तिको सामाजिक, आर्थिक, बौद्धिक स्थिति वा अवस्था ।
12708 औकात / औगात ना. २. कुनै व्यक्तिको आय र त्यसअनुसार उसले गर्न सक्ने खर्चको स्थिति, अवस्था वा स्तर; हैसियत; साबगास; बर्कत; ल्यागत ।
12709 औचित्य ना. उचित हुनुको भाव; उपयुक्तता, उचितपना ।
12710 औचित्य प्राधान्यवाद ना. काव्यको रचना गर्दा विषयानुरूप उचित किसिमले सबै कुरा आवश्यकतानुसार ठिकठिक मिलेको हुनुपर्छ भन्ने वा यस्तो हुनुलाई काव्यको आत्मतत्त्व मान्ने संस्कृत आचार्य क्षेमेन्द्रद्वारा प्रतिपादित एक सिद्धान्त ।
12711 औचित्य सम्प्रदाय ना. काव्यका सबै अङ्गप्रत्यङ्गको उचित विकास र सङ्गठन भएपछि मात्र काव्यका सौन्दर्यको सृजना हुन सक्छ भनेर मान्ने आचार्य क्षेमेन्द्रद्वारा प्रवर्तित साहित्यशास्त्रीय सम्प्रदाय |
12712 औजस ना. अपयश; अपकीर्ति ।
12713 औजार ना. विभिन्न थरीका कालिगडले आफ्नो पेसासँग सम्बन्धित कामका निम्ति प्रयोग गर्ने विभिन्न सरसामान; ज्याबल; हातहतियार ।
12714 औटा प्रत्य. सङ्ख्यावाची शब्दका पछिल्तिर लाग्ने र त्यस्तो शब्दलाई विशेषण बनाउने एक प्रत्यय (उदा.- चारौटा, पाँचौटा इ.); ओटा; गोटा ।
12715 औडव ना. सङ्गीतका सात स्वरमध्ये कुनै दुई स्वरलाई वर्जित गरी पाँच स्वर मात्र प्रयोग गरेर गाइने रागको एक प्रकार ।
12716 औडाहा ना. १. कुनै चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन, मानसिक व्यथा; छटपटी; उकुसमुकुस ।
12717 औडाहा ना. २. घाम, गर्मी आदिको आधिक्यले गर्दा हुने खरोपन; अतिशय गर्मीको स्थिति।
12718 औताइ ना. औताउने भाव, क्रिया वा प्रक्रिया |
12719 औताइनु अ.क्रि. औताउने होइन ।
12720 औताउनु अ.क्रि. १. कसैले गर्न लागेको काम वा इच्छामा भएको कुरा के होला, कसो होला भनी चिन्ता लिनु ।
12721 औताउनु अ.क्रि. २. चौचौ लाग्नु; उत्कण्ठित हुनु ।
12722 औताउनु अ.क्रि. ३. आत्तिनु ।
12723 औतार ना. १. वैष्णव धारणाअनुसार विष्णु भगवान्ले पृथ्वीमा लिएका विभिन्न जन्म ( माछो, कछुवा, वराह, नृसिंह, राम, कृष्ण इ.) मध्ये कुनै एक अवतार ।
12724 औतार ना. २. कुनै देवतासँग तुलना गर्न योग्य मान्छे (उदा.- तँ त शिवकै औतार रहिछस् ) ।
12725 औतार ना. ३. देवताले ग्रहण गर्ने वा विभिन्न भेषमध्ये कुनै एक ।
12726 औतारी वि. १. बौद्धधर्म वा सिद्ध सम्प्रदायअनुसार आफैँ उत्पन्न भएको; जन्मजन्मातरको घटनासित अवगत र आफ्नो इच्छाअनुसार प्रकट हुन र लोप हुन सक्ने (व्यक्ति); अन्तर्यामी; अवतारी ।
12727 औतारी लामा ना. औतारी गुण भएको लामा |
12728 औतारे ना. औतारी |
12729 औताली ना. हे. अपुताली |
12730 औत्कण्ठ्य ना. १. उत्कण्ठित हुने भाव, क्रिया वा प्रक्रिया ।
12731 औत्कण्ठ्य ना. २. उत्कण्ठा ।
12732 औत्पत्तिक वि. उत्पत्तिसम्बधी; उत्पत्तिको ।
12733 औत्सुक्य ना. उत्कण्ठा; हे. उत्सुकता ।
12734 औदार्य ना. हे. उदारता ।
12735 औदास्य ना. उदासीन हुनुको भाव; उदासीनता ।
12736 औदुम्बर वि. १. डुम्रीको डुम्रीसम्बन्धी ना. २. ब्राह्मण जातिको एक वर्ग ।
12737 औद्धत्य ना. उद्धत हुनाको भाव; उद्दण्डता; उच्छृङ्खलता ।
12738 औद्भिद वि. १. भुइँ फोरेर निस्कने वा उम्रने भुइँ फोरेर उम्रेको भुइँफुट्टा ना. २. छहराको पानी ।
12739 औद्भिद वि. ३. सिंधे नुन ।
12740 औद्योगिक वि. १. उद्योगसित सम्बन्धित; उद्योगको ।
12741 औद्योगिक वि. २. उद्यमसँग सम्बन्धित उद्यमको ।
12742 औद्योगिक क्रान्ति ना. १. युरोपमा सन् १८५१ देखि औपचारिक रूपमा आरम्भ भएर सन् १९५१ मा टुङ्गिएको एक व्यावसायिक आन्दोलन ।
12743 औद्योगिक क्रान्ति ना. २. उद्योगका क्षेत्रमा हुने व्यापक परिवर्तन वा विकास |
12744 औद्योगिक क्षेत्र ना. कलकारखाना, उद्योगधन्दाका निम्ति प्रशासनद्वारा निर्धारित गरिएको क्षेत्र |
12745 औद्योगिक तथ्य ना. उद्योगधन्दासित सम्बन्धित प्रामाणिक कुरा कलकारखानासम्बन्धी यथार्थ विवरण |
12746 औद्योगिक नगर ना. कलकारखाना र उद्योगधन्दाका लागि स्थापित औपनिवेशिक सहर ।
12747 औद्योगिक बाली ना. खानेकुराका अतिरिक्त अन्य उपयोगमा आउने बाली; नगदे बाली (क्यास क्रप) ।
12748 औद्योगिक व्यवसाय ना. कम्पनीकानुनका अनुशासनमा रही लाभ हासिल गर्ने उद्देश्यले लगानी लगाएर गरिने व्यवसाय ।
12749 औद्योगिक शक्ति ना. १. उद्योगका लागि आवश्यक साधन वा श्रम ।
12750 औद्योगिक शक्ति ना. २. उद्योगका दृष्टिले अग्रणी मानिने देश ।