Dictionary

All Word

12551 कन्या ना. १. अविवाहिता केटी; कन्ने केटी।
12552 कन्या ना. २. विवाहका निम्ति ठिक पारिएकी केटी; दुलही; बेहुली।
12553 कन्या ना. ३. रजस्वला नभएकी, खास गरी दश वर्ष ननाघेकी बालिका।
12554 कन्या ना. ४. ज्योतिषशास्त्रअनुसार बाह्र राशिमध्ये छैटौँ राशि; कन्या राशि।
12555 कन्याइ कन्याउने क्रिया वा प्रक्रिया; चिलाइ मार्ने कार्य वा सो कार्य गर्ने तरिका।
12556 कन्याइनु क.क्रि. कन्याउने काम गरिनु। कन्याइभन्दा चिलाइ ठुलो (उखान)।
12557 कन्याउनु स. क्रि. चिलाएको वा खसमस भएको ठाउँमा चिलाइ मार्नाका निम्ति नङ आदिले रगड्नु; घाउ नहुने गरी केवल चिलाइ मात्र मर्ने गरी शरीरको कुनै अङ्ग कोपर्नु।
12558 कन्याकुमारी ना. १. कन्या।
12559 कन्याकुमारी ना. २. दक्षिण भारतको तमिलनाडुमा पर्ने समुद्रतटवर्ती एक स्थान।
12560 कन्या केटी ना. कुमारी केटी; कन्ने केटी।
12561 कन्यादान ना. आफ्नी अथवा अरूकी कन्यालाई वैदिक विधिअनुसार सङ्कल्प गरी दुलाहाको हातमा जिम्मा दिने सामाजिक रीति।
12562 कन्याधन ना. दाइजो।
12563 कन्यार्थ ना. कन्यापक्षका समक्ष कुनै योग्य वरको नाम प्रस्तावित गर्ने कार्य।
12564 कन्यार्थी/कन्यार्थु ना. १. कन्या माग्न जाने व्यक्ति, समूह वा पक्ष। वि.
12565 कन्यार्थी/कन्यार्थु ना. २. कन्या माग्नका निम्ति जाने।
12566 कन्सल ना. राजकीय वाणिज्यदूत।
12567 कन्सल जनरल ना. वाणिज्यसम्बन्धी काम गर्न एक देशबाट अर्को देशमा गएर बस्ने उच्चस्तरीय कर्मचारी; वाणिज्यदूत।
12568 कन्सिरी ना. कानको सामुन्नेको माथ्लो भागमा उम्रेका रौँ; कनसिरी।
12569 कन्सुलेट ना. कन्सलको पदवी, कार्यभार वा कार्यालय।
12570 कन्सुलेट जनरल ना. कन्सल जनरल।
12571 कन्हेहोल चोक ना. हनुमान्ढोका दरबारभित्रको एक प्रसिद्ध चोक।
12572 कप्नु स. क्रि. १. काठ, ढुङ्गा आदिलाई कुनै हतियारले खोप्नु।
12573 कप्नु स. क्रि. २. त्यसरी खोपेर बुट्टा, मूर्ति, अभिलेख आदि निर्माण गर्नु; कुँद्नु।
12574 कप्नु स. क्रि. ३. कपेरा निकाल्ने गरी काठ, ढुङ्गा, भुइँ आदिलाई ताछ्नु।
12575 कप्नु स. क्रि. ४. खोपी खेल्दा वारि च्याँखे थापिएको अग्लो लक्कुलाई नछुने गरी पारिको निर्दिष्ट पैसा (धातु, ढुङ्गा आदिको ) लाई मात्र लाग्ने गरी घ्वाइँले हिर्काउनु।
12576 कप १ ना. १. मुखभित्र डल्लो खाद्य पदार्थ हाल्ने काम। (उदा.- उसले जम्मै मिठाई एकैपल्ट कप पायो।); क्वाप। क्रि.वि.
12577 कप १ ना. २. पच पारिएको; हडपिएको; फिर्ता नगर्ने उद्देश्यले लिइएको। (उदा.- उसले मेरो धन कप पारिदियो। )।
12578 कप २ ना. १. चिया, दूध आदि खाइने एक प्रकारको कचौरा; प्याला।
12579 कप २ ना. २. खेलकुद, नृत्य, गायन आदिको प्रतियोगितामा विजयीलाई पुरस्कारस्वरूप दिइने विशेष प्रकारका पात्रहरूमध्ये कुनै एक।
12580 कपट ना. १. छकाएर; झुक्याएर वा सत्यलाई लुकाएर कसैलाई दिइने धोका; छल; छक्यावट।
12581 कपट ना. २. मनमा लुकेको दुष्ट भावना वा विचार।
12582 कपट ना. ३. एक पदार्थ (जस्तै- सुन, चाँदी आदि) मा सुटुक्क मिसाइएको अर्को पदार्थ; कसर; दोष; कैफत।
12583 कपटी वि. १. कपट भएको; धोकेबाज; छली।
12584 कपटी वि. २. भनेको नमान्ने; सुनेको नसुन्यै गर्ने; बुझ पचाउने; अटेर।
12585 कपटी वि. ३. मनको भेद अरूलाई नदिने (प्रायः निन्दार्थमा, जस्तो- रामेजस्तो दुष्ट र कपटी मान्छेको मनको कुरो चाल पाउँला भनी आस त गर, तर भर नपर)।
12586 कपडछान ना. तरल पदार्थ अथवा चूर्ण पदार्थलाई पातलो कपडामा राखी त्यसमा रहेका मोटा, जर्खरा र स्थूल तत्त्वलाई पन्छाउने काम (प्राय: ओखतीमुलोमा )।
12587 कपडमट्टी ना. आयुर्वेदीय रसादि औषधी पुट गर्ने काममा भाँडाको मुख टाल्न माटोमा मुछिएको कपडा।
12588 कपडा ना. कपास आदिका धागालाई तानबानमा राखेर बुनिएको वस्त्र वा पहिरन (कोट, धोती, दौरा आदि) र तन्ना, खोल, रुमाल, झन्डा र पर्दा बनाउनका लागि प्रयोगमा आउने प्रायः नसिइएको चाहिँ वस्तु; वस्त्र; लुगा।
12589 कपडा कारखाना ना. कपडा बुन्ने यन्त्रालय वा तानघर।
12590 कपना ना. १. कोदो फल्दाको झुप्पो।
12591 कपना ना. २. काठ वा भुइँ कप्दा निस्कने चोइटो, चपरी आदि।
12592 कपना ना. ३. भर्खर पलाएको पाउलाको झुप्पो।
12593 कपनी १ ना. माटाको सानो पाला।
12594 कपनी २ ना. घरकरेसासँग सम्मिलित रूपमा दर्ता भएको खेत वा बारी; करेसाको खेत; करेसाको बारी (प्रायः लिम्बुवानमा प्रचलित )।
12595 कपनु ना. १. काँचो रुख काटेर, ढलेर, भाँचिएर वा डढेर रहेका ठाउँमा पलाएको मुनु; पिपिरो; टुसो; काइनो।
12596 कपनु ना. २. हे. कपना।
12597 कपरकोट ना. कपडाले छाएको र बारेको थोरै दिन बस्ने ठाउँ; दिवाली आदि गरिँदा कपडाले बारेको पूजास्थान।
12598 कपरदार ना. १. शाहकालीन दरबारमा राजाको खजानाको जिन्सी मालसामानको हेरचाह गर्ने उच्च कर्मचारी; जिन्सी खजान्ची।
12599 कपरदार ना. २. आधुनिक कालीन राजदरबारको एक साधारण कर्मचारी।
12600 कपरदारी ना. कपरदारको कार्य वा पद।