Dictionary

All Word

12451 ओजस्वी वि. शरीरमा शक्ति वा स्फूर्ति भएको; ओज भएको; प्रतापी; प्रभावशाली ।
12452 ओजस्वी राजन्य ना. राजारानी, राजपरिवारका सदस्य वा राष्ट्राध्यक्ष र उनकी पत्नीलाई प्रदान गर्ने उद्देश्यले १९९१ सालमा स्थापित एक तक्मा ।
12453 ओझा ना. १. ब्राह्मण आदि जातिको एक थर ।
12454 ओझा ना. २. झाँक्री; धामी ।
12455 ओझाइ ना. ओझाउने भाव, क्रिया वा प्रक्रिया ।
12456 ओझाइनु क. क्रि. ओझाउने काम गरिनु ।
12457 ओझाउनु स.क्रि. १. आगाको चर्को रापलाई घटाएर केही मलिन बनाउनु; आगाको आँच कम गर्नु ।
12458 ओझाउनु स.क्रि. अ.क्रि. २. आगाको राप घटेर केही मलिनु हुनु; आगाको आँच कम हुनु; ओझिनु ।
12459 ओझिनु अ.क्रि. आगाको राप घटेर केही मलिन हुनु; आगाको आँच कम हुनु ।
12460 ओझिनी ना. १. ओझा थरकी ब्राह्मणी; ओझाकी पत्नी ।
12461 ओझिनी ना. २. आइमाई धामी; धमिनी ।
12462 ओझेल ना. १. केही वस्तुले प्रकाश छेक्नाले बनेको छाया; घाम छेकिएको ठाउँ; सियाँल ।
12463 ओझेल ना. २. छहारी ।
12464 ओझेली ना. गीत आदिमा प्रयोग हुने ओझेलको रूप ।
12465 ओट्नु स.क्रि. कपास आदिबाट बियाँ झिक्नु; उइँटनु ।
12466 ओटाइ ना. ओट्ने क्रिया वा प्रक्रिया ।
12467 ओटाइनु क. क्रि. ओट्ने काम गरिनु ।
12468 ओटाउनु प्रे. क्रि. ओट्न लगाउनु ।
12469 ओट ना. कसैको पक्ष लिने काम; तरफदारी; पक्षग्रहण; धुरा ।
12470 ओटा प्रत्यय. सङ्ख्यावाची शब्दका पछिल्तिर लागेर थान बुझाउने एउटा प्रत्यय (चारोटा, पाँचोटा इ.) ।
12471 ओटालो ना. घरअगाडिको सफा, सम्म ठाउँ; घरको आँगन ।
12472 ओटिलो ना. ओट्ने काम भएको ।
12473 ओठ ना. मुख ढाक्ने अवयव ।
12474 ओठ काट्यो ना. 'ट' वर्णका लागि प्रारम्भिक कक्षाका विद्यार्थीका निम्ति प्रयोग गरिने शब्द; टकार ।
12475 ओठ मिलायो ना. 'ठ' वर्णका लागि प्रारम्भिक तहका विद्यार्थीका निम्ति प्रयोग गरिने शब्द; ठकार; कण्ठ मिलायो ।
12476 ओठे वि. १. नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने ।
12477 ओठे वि. २. धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बझुवा; झगडालु।
12478 ओठे जबाफ ना. १. सोचविचार नगरीकन तत्काल दिइने जवाफ, ठाडाठाडै दिइने जवाफ ।
12479 ओठे जबाफ ना. २. अशिष्ट किसिमको रुखो वा ठाडो जवाफ ।
12480 ओड ना. हे. ओट ।
12481 ओडव ना. सात स्वरमध्ये पाँच स्वर मात्र प्रयोग हुने सङ्गीतको राग ।
12482 ओडा ना. १. स्थानीय क्षेत्रको निर्वाचनमा एकजना जनप्रतिनिधि छानिन तोकिएको क्षेत्र ।
12483 ओडा ना. २. कसैका अधिकारभित्रको इलाका वा क्षेत्र ।
12484 ओडा अध्यक्ष ना. गाउँ वा नगरका ओडाको अध्यक्ष ।
12485 ओडा समिति ना. सम्बन्धित ओडाका नगर सभासद् वा गाउँ सभासद्को समिति।
12486 ओडार ना. १. पहाडको पाखाभित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमले बनेको खोपाको आकारको खाली ठाउँ; गुफा।
12487 ओडार ना. २. पहाड, पर्वतमा बनेको ठुलो प्वाल; भ्वाङ; भड्खारो; कन्दरा ।
12488 ओडाल्नु स.क्रि. ढिडो वा अन्य लेदो पदार्थ पकाउँदा पन्युँ, दाबिलो आदि साधनले राम्ररी मिल्ने गरी बेसरी चलाउनु; मस्काउनु; हुँडल्नु।
12489 ओडालाइ ना. ओडाल्ने वा ओडालिने किसिम, क्रिया वा भाव ।
12490 ओडालिनु क.क्रि. १. ओडाल्ने काम गरिनु; हुँडलिनु ।
12491 ओडालिनु क.क्रि. अ.क्रि. २. मनमा धेरै कुरा खेल्नु; धेरै पिर पर्नु ।
12492 ओडो क्रि.वि. ओट नजिक; ओर; वरतिर ।
12493 ओढ्नु स.क्रि. १. जाडो आदिबाट बच्नाका निम्ति न्यानो कुनै लुगाले जम्मै जिउ वा कुनै अङ्ग मात्र छोप्नु; ओढ्नेले जिउ ढाक्नु ।
12494 ओढ्नु स.क्रि. २. घामपानीबाट बच्न छाता, घुम, छत्री आदि साधनले शरीर ढाक्नु ।
12495 ओढनी ना. गजाले रेटेर बजाइने तीनतारे बाजा ।
12496 ओढाइ ना. ओढ्ने भाव, क्रिया वा प्रक्रिया ।
12497 ओढाइनु क.क्रि. १. ओढ्न लाइनु ।
12498 ओढाइनु क.क्रि. २. ओढ्नेले ढाकिनु ।
12499 ओढाउनु प्रे. क्रि. १. कसैलाई ओढ्ने वस्तुले ढाकिदिनु; ओढ्ने वस्तुले छोप्नु ।
12500 ओढाउनु प्रे. क्रि. २. लुगा वा छाता आदि ओढ्न लाउनु; ओढ्ने वा छाता आदिले ढाक्न लाउनु ।