Dictionary

All Word

12301 ऐपन ना. २. जिउँती |
12302 ऐब ना. दोष; खोट; अयब ।
12303 ऐबी वि. खोट लागेको; दोषयुक्त ।
12304 ऐभाँत ना. १. स्त्रीको पति भएको अवस्था; सधवापन ।
12305 ऐभाँत ना. २. स्त्रीको सौभाग्य ।
12306 ऐभाँतिनी वि. १. ऐभाँती |
12307 ऐभाँतिनी वि. ना. २. ऐभाँती नारी ।
12308 ऐभाँती वि. पति भएकी; सधवा; सौभाग्यवती ।
12309 ऐभारा ना. अभिभारा; दायित्व; उत्तरदायित्व; सिरोभरो ।
12310 ऐया वि.बो. चोटपटक लाग्दा, शरीर दुख्दा वा थाक्दा मुखबाट निस्कने शब्द (उदा.- ऐया, धेरै हाँसियो बा, आज त ) |
12311 ऐया आमा वि.बो. हे ऐया ।
12312 ऐया बाबा वि.बो. हे. ऐया ।
12313 ऐयार ना. १. गोप्य कार्यका लागि तैनाथ गरिएको विशेष व्यक्ति; जासुस; गुप्तचर |
12314 ऐयार ना. वि. २. बाठो; चलाख; चख ।
12315 ऐयारी ना. १. चलाखी ।
12316 ऐयारी ना. २. धूर्तता ।
12317 ऐयारी ना. ३. ऐयारले गर्ने काम ।
12318 ऐयास वि. खुब ऐसआराम गर्ने; विषयसुखको खुब आनन्द लिने; भोगविलासमा खुब रम्ने ;ऐयासी गर्ने ।
12319 ऐयासी ना. १. भोगविलास, मोज; मोजमज्जा |
12320 ऐयासी ना. वि. २. ऐयास ।
12321 ऐराकी वि. नाच्न, गाउनमा निकै सिपालु; नाचगानमा दक्ष।
12322 ऐरावत ना. १. इन्द्रले चढ्ने हात्ती; चार दिग्गजमध्ये पूर्व दिशाको दिग्गज ।
12323 ऐरावत ना. २. इन्द्रधनु; इन्द्रेणी ।
12324 ऐरावत ना. ३. बिजुली चम्केको ल बादल ।
12325 ऐरी ना. १. एक प्रकारको भूतप्रेत ।
12326 ऐरी ना. २. सिकारी ।
12327 ऐरी ना. ३. क्षेत्री वा पावई जातिको एक थर ।
12328 ऐरेगैरे वि. १. कुनै सम्बन्ध नभएको; नातागोता केही नपर्ने ।
12329 ऐरेगैरे वि. २. चानचुने; भारेभुरे; विनामहत्त्वको ।
12330 ऐरेलु ना. जङ्गलमा पाइने एक प्रकारको तितो काँक्रो ।
12331 ऐरेलो ना. कुनै वस्तु वा मालसामान आदिको थुप्रो; अव्यवस्थित रूपमा रहेको डङ्गुर; ओइरो |
12332 ऐरो ना. १. प्रायः जलबाट मारेर ल्याइएको सिकार ।
12333 ऐरो ना. २. सिकारीले जङ्गलमा भेटेको सिकारलायक जन्तु ।
12334 ऐरो ना. ३. ओइरो |
12335 ऐरोखेदो ना. खुरन्धार; लट्टो लिने काम ।
12336 ऐरोपैरो ना. अप्ठेरो काम; पार लगाउन मुस्किल पर्ने काम ।
12337 ऐरोपैरो ना. २. गाहोसाङ्ग्रो ।
12338 ऐल ना. १. इलाको छोरो; पुराणप्रसिद्ध सोमवंशी राजा पुरुरवा ।
12339 ऐल ना. २. मङ्गल ।
12340 ऐलानी ना. १. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा।
12341 ऐलानी ना. २. आबादी गर्नका निमित्त फुकाइएको पर्ती जग्गा ।
12342 ऐलानी ना. वि. ३. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको ।
12343 ऐले क्रि.वि. है. अहिले; यस बेला ।
12344 ऐश्वर्य ना. १. श्रीसम्पत्ति; धनसम्पत्ति; विपुल धनराशि ।
12345 ऐश्वर्य ना. २. प्रभुत्व; आधिपत्य; प्रभुता ।
12346 ऐश्वर्य ना. 3. अष्टसिद्धिमध्ये एक ।
12347 ऐश्वर्य ना. ४. ईश्वरीय पद वा गुण; शक्ति ।
12348 ऐश्वर्य मत्त वि. धनसम्पत्तिको आधिक्यले गर्दा मात्तिएको; धनले मदमत्त ।
12349 ऐश्वर्यवान् वि. ऐश्वर्यले युक्त भएको; धनवान्; सम्पन्न; सम्पत्तिशाली।
12350 ऐश्वर्यशाली वि. प्रशस्त सम्पत्ति भएको; सम्पत्तिशाली; धनवान् ।