Dictionary

All Word

12401 कदर ना. १. सदुपयोग। (उदा.- माल पाएर मात्र हुँदैन त्यसको कदर गर्न पनि जान्नुपर्छ। )।
12402 कदर ना. २. सद्व्यवहार (उदा.- आजको जमानामा विनाकदर नोकरचाकर पनि टिक्तैनन्।)।
12403 कदर ना. ३. सम्मान; आदर।
12404 कदर ना. ४. प्रशंसा; सह्रनी।
12405 कदर ना. ५. उपाय; तरिका (उदा.- जुन कदरले भए पनि यो काम गर्नुपर्छ। )।
12406 कदरदान वि. गुणग्राही; मान गर्ने; कदर गर्ने।
12407 कदरपत्र ना. कदर गर्ने उद्देश्यले लिखित रूपमा दिइएको कुनै प्रकारको पत्र; प्रशंसापत्र।
12408 कदर्य वि. १. चाहिँदो काममा पनि पैसा खर्च गर्न नसक्ने; कन्जुस; मक्खीचुस; कृपण।
12409 कदर्य वि. २. तुच्छ; नीच।
12410 कदली ना. केरा।
12411 कदली स्तम्भ ना. केराको थाम ( खास गरी यज्ञ आदिमा शुभ चिह्नका रूपमा पाँच दिशामा गाडिने वा प्रवेशद्वार आदिमा ठड्याइने चाहिँ )।
12412 कदाचार वि. १. नजाती चालचलन भएको; बानीबेहोर असल नभएको; दुराचारी। ना.
12413 कदाचार वि. २. नराम्रो चालचलन; दुराचार।
12414 कदाचित् क्रि.वि. १. केही गरी; कुनै कारणले।
12415 कदाचित् क्रि.वि. २. कुनै बखत; कुनै समयमा; कहिले; कहिलेकाहीँ।
12416 कदापि क्रि.वि. १. कहिल्यै; कुनै बखतमा पनि।
12417 कदापि क्रि.वि. २. केही गरेर पनि; कुनै हालतमा पनि; किमार्थ (उदा.- रीता जस्ती केटी कदापि कुलतमा लाग्न सक्तिन। )।
12418 कद्दर ना. हे. कदर।
12419 कद्दरको वि. काइदाको; राम्रो; आकर्षक (उदा.- श्याम त कद्दरको मान्छे छ।)।
12420 कद्दर काइदा ना. तौरतरिका।
12421 कद्दु ना. फर्सी (बोट, कैँडो, फल आदि)।
12422 कन्नु अ.क्रि. १. कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अँ अँ शब्द निकाल्नु।
12423 कन्नु अ.क्रि. २. सकीनसकी भन्नु; पढ्नु।
12424 कन्नु अ.क्रि. ३. ठुलो परिश्रम गर्नु। (उदा.- कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो)।
12425 कन १ प्रत्य. १. कर्मकारक र सम्प्रदान कारकको अर्थमा प्रयोगमा आउने ठिक अचेलको 'लाई' को अर्थ दिने अलिक पुरानो वाङ्मयमा पाइने द्वितीया वा चतुर्थी विभक्ति (मकन, रामकन इ.)।
12426 कन १ प्रत्य. २. योजकवाची अव्ययको अर्थ बुझाउने असमापिका क्रियामा लाग्ने 'ई' प्रत्ययमा ऐच्छिक रूपले जोडिन आउने स्वार्थिक प्रत्यय (गरीकन, बसीकन, भनीकन इ.)।
12427 कन २ ना. १. गहुँको झुस।
12428 कन २ ना. २. अन्नको सानो दाना; सरौँलो।
12429 कन २ ना. ३. ज्यादै सानो टुक्रा।
12430 कनक ना. १. प्रायः प्राकृतिक अवस्थामै प्रशोधित रूपमा फेला पर्ने र कतै कतै धाउका रूपमा समेत भेटिने, सर्वसाधारणदेखि उच्च वर्गसम्म गहनाका रूपमा, केवल उच्चवर्गमा भाँडाकुँडाका रूपमा र प्राचीन कालमा मुद्राको रूपमा समेत प्रयोगमा आएको देखिने पहेँलो रङको बहुमूल्य खनिज पदार्थ, सुन; सुवर्ण; स्वर्ण।
12431 कनक ना. २. धतुरो।
12432 कनक ना. ३. पलाश।
12433 कनकगिरि ना. पौराणिक वाङ्मयमा उल्लिखित एक प्रसिद्ध पर्वतः सुमेरु पर्वत; स्वर्णाचल।
12434 कनकचम्पा ना. गुम्सँदा कडा बास्ना आउने पहेँलो सानो आकारको फूल; एकजातको बगैँचे चाँप।
12435 कनकजिरा ना. हेर्दा गोला झैँ डल्लो दाना फल्ने तर मसिनो जातको एक प्रकारको धान।
12436 कनकपत्र ना. सुनका पातामा अङ्कित अभिलेख (उदा.- जुम्लाका अपाडराज पृथ्वीमल्ल शाहको कनकपत्र, सं. १४१३ )।
12437 कनकटुवा वि. च्यातिएर, चुँडिएर, लुछिएर वा काटिएर आंशिक वा पूर्ण रूपमा कान बिग्रिएको (कानबुच्चे, कानको आदि)।
12438 कनकट्टा वि. हे. कनकटुवा।
12439 कनफट्टा ना. १. गोरक्षमतानुयायी संन्यासी, कान चिरेको जोगी।
12440 कनफट्टा ना. २. कृतघ्न व्यक्ति।
12441 कनकमय वि. १. सुवर्णमय; सुनौलो।
12442 कनकमय वि. २. पहेँलो।
12443 कनकर्नु ना. कानेगुजी निकाल्न प्रयोग गरिने आचमनीका आकारको तर अत्यन्त सानो एक प्रकारको औजार, उपकरण।
12444 कनकाई ना. पूर्वी नेपालको मेची अञ्चलको एक प्रसिद्ध नदी जसको आधारमा मेची अञ्चललाई माई अञ्चल भन्ने पनि चलन छ; बडी माई; माई।
12445 कनखजुरो ना. खजुराको वर्गको तर सानो, अँध्यारोमा जुनकिरी झैँ चम्कने लाम्चो एक किरो; कनसुत्लो।
12446 कनचिरा वि. १. कान चिरेको।
12447 कनचिरा वि. २. कनफट्टा। ना.
12448 कनचिरा वि. ३. कनफट्टा जोगी।
12449 कनचिर्नु ना. भीर र रुखका कापामा उम्रने ठुलठुला दुई पात मात्र हुने बोट (तुल. अङ्. मनीप्लान्ट, सं. श्रीवल्ली )।
12450 कनपट ना. आँखा र कानका बिचको अवयव; कन्चट। (उच्चा. 'कम्पट' पनि)।