Dictionary

All Word

12251 कणिका ना. ज्यादै सानो कण; कण।
12252 कणेल ना. करवीरको फूल।
12253 कणेली ना. घोडाको लगाम; करेली।
12254 कण्टक ना. १. कुनै कुनै (गुलाफ, सिमल, नीलकाँडा इ.) का अवयवमा हुने घोचुवा सुइरे अङ्ग; काँडो।
12255 कण्टक ना. २. फलाम आदि धातुबाट निर्मित वस्तु (काँटी, किल्ला इ.)।
12256 कण्टक ना. ३. कुनै कार्य (यात्रा, काम, लक्ष्य इ.) मा पर्ने विघ्न वा सो विघ्न उपस्थित पार्ने व्यक्ति, वस्तु वा स्थिति; विघ्न; व्यवधान। वि.
12257 कण्टक ना. ४. लोभी; किरनटोकी।
12258 कण्टकारी ना. पात र डाँठमा काँडा हुने, ससाना सेता वा निला फूल फुल्ने, पहेँलो बाटुलो फल फल्ने एक प्रकारको बोट वा त्यसको फल; कच्चिडो।
12259 कण्ठ ना. १. खकाल्नु र मेरुदण्डको सिरानदेखि लिएर चिउँडो र खोप्रेबुढीसम्मको शारीरिक (खास मान्छेको) अवयव; घिच्रो; गलो, गर्धन, घोक्रो इ. को सामूहिक नाम; घाँटी। वि.
12260 कण्ठ ना. २. आउँदो भएको (पाठ, कविता इ.); मुखाग्र, कण्ठस्थ।
12261 कण्ठतालव्य वि. कण्ठ र तालुबाट उच्चारण हुने (ए, ऐ आदि वर्ण)।
12262 कण्ठनली ना. कण्ठपेटारीमा आएर टुङ्गिने फोक्साको भेट्नु; श्वासनली।
12263 कण्ठपेटारी ना. घाँटीको रुद्रघण्टीका समीपको भाग, जसले श्वासनलीको टुप्पामा रहेको स्वरचिम्टीको सुरक्षा गरी स्वर र व्यञ्जनवर्णको निर्धारण तथा व्यञ्जनवर्णको घोषीभवनमा गुञ्जन उत्पन्न गर्न स्वरचिम्टीलाई सघाउँछ।
12264 कण्ठमणि ना. १. घाँटीमा लगाउने गहनाको एक प्रकार।
12265 कण्ठमणि ना. २. घोडाको घाँटीमा हुने भुँवरी।
12266 कण्ठमाला ना. १. घाँटीमा लगाउने गहनाको एकप्रकार; कण्ठश्री।
12267 कण्ठमाला ना. २. घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड; गलगण्ड।
12268 कण्ठशोथ ना. घाँटी सुन्निने कुनै पनि रोग।
12269 कण्ठश्री ना. घाँटीमा लगाइने एक प्रकारको सुनको गहना; कण्ठमाला।
12270 कण्ठस्थ वि. १. आउँदो भएको (पाठ इ.); कण्ठाग्र।
12271 कण्ठस्थ वि. २. घाँटीमा रहेको; कण्ठमा रहेको।
12272 कण्ठहार ना. १. प्रायः उच्च घरानका महिलाले घाँटीमा लगाउने मालाका आकारको गहना ( नेकलेस )।
12273 कण्ठहार ना. २. घाँटीमा लगाइने मालाका आकारको कुनै पनि गहना (कण्ठश्री, कण्ठमाला, तिलहरी इ.)।
12274 कण्ठा ना. १. सुनले मोरेको २७ वा ३२ दानाको रुद्राक्षको माला।
12275 कण्ठा ना. २. पशुपक्षीको घाँटीमा हुने ( भिन्न भिन्न रङको ) रेखा; कण्ठी।
12276 कण्ठा ना. ३. त्यस्तो रेखा भएको पशुपक्षी।
12277 कण्ठाग्र वि. हे. कण्ठस्थ।
12278 कण्ठी ना. १. सानो कण्ठा।
12279 कण्ठी ना. २. तुलसीको डाँठको सानो माला।
12280 कण्ठे वि. १. घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी)।
12281 कण्ठे वि. २. कण्ठसम्बन्धी; कण्ठको (घाँटीको)।
12282 कण्ठे वि. ३. कण्ठावाल वा कण्ठीवाल।
12283 कण्ठे काग/कौवा ना. घाँटीमा सेतो कण्ठी भएको काग।
12284 कण्ठ्य वि. १. कण्ठसम्बन्धी; घाँटीको।
12285 कण्ठ्य वि. २. कण्ठबाट उच्चरित हुने (क, ख, ग, घ, ङ, अ आदि वर्ण)।
12286 कण्ठ्योष्ठ्य वि. कण्ठ र ओष्ठबाट उच्चारण हुने (ओ, औ इ. वर्ण)।
12287 कण्डारक ना. लोकविश्वासअनुसार लुतो आदि रोगको कारण मानिएको एक पौराणिक मानवेतर दुष्ट, रहस्यमय प्राणी ( यसलाई मन्छाउन साउने सङ्क्रान्तिका दिन साँझमा विशेष प्रकारले पूजा गरी लुतो फालेर सेलाइन्छ।)।
12288 कण्डिका ना. १. वेदको ऋृचा।
12289 कण्डिका ना. २. भाषिक रचनाको वाक्यभन्दा बृहत् तर अध्याय आदिभन्दा सानो विशेष स्वरूप; कथनको एक अंश, अनुच्छेद; प्याराग्राफ।
12290 कण्डोल ना. १. अनाज राख्ने चोयाले बनेको एक प्रकारको भाँडो।
12291 कण्डोल ना. २. भण्डार, गोदाम।
12292 कतरन ना. १. कागत, कपडा आदि कत्रिँदा निस्केका टुक्रा, धरा वा धुजा।
12293 कतरन ना. २. कत्रने क्रिया वा प्रक्रिया।
12294 कतर्नु ना. नेपाली सुजीकारले प्रायः गाउँघरतिर प्रयोग गर्ने, परम्परागत फलामे कैँचीको एक प्रकार।
12295 कतली ना. निधारमा टाँसेर लगाइने काँच, प्लास्टिक आदिको टिको; टिकुली।
12296 कता क्रि.वि. कतातिर; कुन दिशातिर; कसतर्फ।
12297 कताइ ना. धागो आदि कात्ने किसिम, क्रिया वा भाव।
12298 कताइनु क.क्रि. कात्न लाइनु; धागो बनाउन लाइनु।
12299 कताइ बुनाइ ना. कात्नेबुन्ने काम शिल्प (धागो, सुइटर, गन्जी, मोजा इ.)।
12300 कताउनु प्रे.क्रि. कात्न लाउनु; धागो बनाउन लाउनु।