Dictionary

All Word

12151 कट्मिरो/कट्मेरो वि. ३. अलि अलि टर्रो स्वादको; तितो र अमिलो मिसिएको (स्वाद)।
12152 कट्याककुटुक ना. १. भएभरको सारा मालताल; सिरीखुरी।
12153 कट्याककुटुक ना. २. कट्याङकुटुङ।
12154 कट्याककुटुक ना. ४. काठ आदि चल्दा चलाउँदा आउने ध्वनिविशेष; ठाकठुक; टाकटुक। वि.
12155 कट्याककुटुक ना. ४. सबै; सम्पूर्ण; भएभरको।
12156 कट्याक्क क्रि.वि. कट्याक्कको ध्वनि उत्पन्न हुने गरी; कुनै दह्रो वा साह्रो पदार्थ भाँचिने, फुट्ने, टोकिने आदि किसिमले।
12157 कट्याङ ना. दाँतले साह्रो पदार्थ फोर्दा आउने शब्द।
12158 कट्याङकुटुङ ना. १. लगातार आइरहने कट्याङको ध्वनि।
12159 कट्याङकुटुङ ना. २. अनियमित खाद्य पदार्थ (प्रायः कुपथ्य )।
12160 कट्याङकुटुङ ना. ३. कट्याककुटुक ।
12161 कट्याङ्ङ क्रि.वि. कट्याङको ध्वनि निकालेर (केही कुरो दाँतले फोर्ने किसिम)।
12162 कठ १ ना. कुनै समासको पूर्वपदका रूपमा आउँदाको 'काठ' शब्दको विशेष रूप (काठ + महल = कठमहल, काठ+घर= कठघर, काठ + बिजुली = कठबिजुली इ.)।
12163 कठ २ ना. १. एक प्राचीन जाति।
12164 कठ २ ना. २. यजुर्वेदको एक शाखाका प्रवर्तक ऋषि; वैशम्पायनका एक शिष्य।
12165 कठ उपनिषद् ना. कठ ऋषि मन्त्रद्रष्टाका रूपमा रहेको एक उपनिषद्।
12166 कठघर/कठघरा ना. १. काठको घर; कठमहल।
12167 कठघर/कठघरा ना. २. अदालतमा न्यायाधीश समक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ।
12168 कठघर/कठघरा ना. ३. सानोतिनो पसल राख्ने काठेघर।
12169 कठचित्र ना. काठको फलकमा खोपिएको चित्र; काष्ठचित्र।
12170 कठताल ना. मुजुराजस्ता धातुका पाताहरू बिच बिचमा जडिएका वा सादा हातले बजाइने दुई टुक्रा काठको बाजा; करताल।
12171 कठपत्र ना. अक्षर खोपिएको काठको फल्याक; काष्ठपत्र (अभिलेखको एक प्रकार )।
12172 कठपाइले वि. खराउको जस्तो पैताला भएको वा पैतालाको बिचको भागले भुइँ नछोई कुर्कुच्चा र औँलातिरका भागले मात्र भुइँ छुने (व्यक्ति); खराउखुट्टे।
12173 कठपाउ ना. १. रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ।
12174 कठपाउ ना. २. टेक्ता मध्यभागले जमीन नछुने, जनविश्वासअनुसार कुलक्षण मानिने, खराउका आकारको पैताला; खराउखुट्टी।
12175 कठपाउलो ना. एक प्रकारको काठको चट्टी; कठपाउ; खराउ।
12176 कठपुतली ना. १. धागो, तार, रौँ आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली।
12177 कठपुतली ना. २. अर्काको इसारामा नाच्ने व्यक्ति; अरूको लहैलहैमा लागी काम गर्ने व्यक्ति। वि.
12178 कठपुतली ना. ३. कठपुतलीका स्वभावको; कठपुतलीजस्तो।
12179 कठबाँस ना. हे. कटबाँस।
12180 कठबार ना. घरभित्र एक कोठा वा खण्डलाई अर्कोबाट छुट्ट्याउने काठको भित्तो।
12181 कठबिजुली ना. हे. कटकबिजुली।
12182 कठमहल ना. काठैकाठले बनेको विशाल भवन; काठको ठुलो घर; कठघर।
12183 कठमहाल १. काठपातसम्बन्धी काम गर्ने अड्डा।
12184 कठमहाल २. तीन फिटभन्दा बढी मोटाइ हुने काठको कित्ता वा तह ।
12185 कठाङ्ग्रिनु अ.क्रि. जाडोले हातगोडा काठ झैँ कक्रक्क पर्नु; कक्रिनु; काट्ठिन; गँगरिनु।
12186 कठालो ना. कमिज, मयलपोस, कोट आदिको घाँटीवरिपरिको घेरो।
12187 कठिङ्ग्रिनु अ.क्रि. हे. कठाङ्ग्रिनु।
12188 कठिङ्ग्य्राइ ना. कठिङ्ग्रिने भाव, क्रिया वा प्रक्रिया।
12189 कठिङ्ग्य्राइनु क.क्रि. कठिङ्ग्रिने पारिनु; कक्र्याइनु; कठ्याङ्ग्य्राइनु।
12190 कठिङ्ग्य्राउनु प्रे.क्रि. जाडाले हातगोडा कक्रक्क पार्नु; कठ्याङग्याउनु; कक्र्याउनु ।
12191 कठिन वि. १. सजिलोसित वा चाँडै गर्न नसकिने; गाह्रो; अप्ठ्यारो; मापाको; मुस्किल।
12192 कठिन वि. २. कडा; कठोर; साह्रो।
12193 कठिनता ना. कठिन हुने भाव, स्वभाव आदि।
12194 कठिनाइ ना. कठिनता।
12195 कठुवा ना. पानी वा रक्सी आदि झोलिलो वस्तु राख्ने आरीजस्तो काठको ठुलो भाँडो; भिउँटको आकारको काठको आह्री।
12196 कठै वि. बो. सहानुभूति,करुणा, दया आदि भाव प्रकट गर्दा प्रयोग गरिने शब्द। (उदा.- कठै ! तिमी त दुब्लाएछौ।) ।
12197 कठै नि वि. बो. कठै।
12198 कठैबरा/ बरी/ बरै वि. बो. कठै; कठै नि।
12199 कठोपनिषद् ना. अष्टोत्तरशतोपनिषत् भित्रको एक प्रसिद्ध उपनिषद् ग्रन्थ।
12200 कठोर वि. १. गाह्रो; कठिन।