Dictionary

All Word

12601 ओलके वि. ओलक दिने; ओलकसम्बन्धी; ओलकको; ओल्के ।
12602 ओलन ना. १. गाईभैँसी दुहुँदा दुहुनेले बाछापाडाका निम्ति थुनमै अड्कलेर छोडिएको दुध ।
12603 ओलन ना. २. दुध ।
12604 ओला ना. असिना ।
12605 ओलिन्काठ ना. हे. उलिन्काठ ।
12606 ओलेँसी ना. भोजन स्वादिलो र रुचिकर बनाउन साथमा खाइने पदार्थ; सितन ।
12607 ओल्किनु स.क्रि. बिहेमा दमाईंहरूले जन्तीलाई बाजागाजा बजाई साथ लिएर जानु ।
12608 ओल्चिनु अ.क्रि. १. अर्काको मानमर्यादा नराखी वा अदब, डर, धाक आदि नमानी कुरा गर्नु; हेपेर वा होच्याएर कुरा गर्नु ।
12609 ओल्चिनु अ.क्रि. २. कसैलाई अलग गर्नु; छुट्याउनु ।
12610 ओल्छिनु अ.क्रि. सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही ओल्टाइपल्टाइ पार्दा पाकेजस्तो हुनु ।
12611 ओल्छ्याइ ना. ओल्छिने किसिम, क्रिया वा भाव।
12612 ओल्छ्याउनु स.क्रि. सागपात आदि हरिया तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही बेर ओल्टाइपल्टाई गरी पाकेजस्तो बनाउनु ।
12613 ओल्टनु अ.क्रि. एकातिर फर्कनु; उल्टनु ।
12614 ओल्टनुपल्टनु अ.क्रि. ओर्कनुफर्कनु ।
12615 ओल्टाइपल्टाइ ना. धेरै पल्टाइरहने क्रिया वा प्रक्रिया; ओर्काइफर्काइ ।
12616 ओल्टाकोल्टा ना. १. यताउता फर्कने क्रिया; ओर्कनेफर्कने क्रिया; ओल्टनेपल्टने क्रिया ।
12617 ओल्टाकोल्टा ना. क्रि.वि. २. यताउता; अगलबगल; वरपर ।
12618 ओल्टाकोल्टा ना. ३. कताकति ।
12619 ओल्टी ना. १. ऋण लिएबापत कसैलाई बन्धक राख्ने क्रिया; बाँधा राख्ने क्रिया ।
12620 ओल्टी ना. २. ऋण लिएबापत बन्धक बसेको मानिस ।
12621 ओल्टो वि. सोझो दृष्टि नपर्ने; आँखासामु नपर्ने (ठाउँ) ।
12622 ओल्टोकोल्टो क्रि.वि. हे. ओल्टाकोल्टा ।
12623 ओल्ट्याङपल्ट्याङ ना. १. बारबार पल्ट्याङ खाने काम; पल्टनबाजी खाने काम; ओल्ड्याङबल्ड्याङ ।
12624 ओल्ट्याङपल्ट्याङ ना. हे. ओल्टाइपल्टाइ ।
12625 ओल्ड्याङबल्ड्याङ ना. हे. ओल्ट्याङपल्ट्याङ ।
12626 ओल्सनु / ओल्सिनु अ.क्रि. हे. ओल्छिनु ।
12627 ओल्स्याइ ना. ओल्सने वा ओल्स्याउने क्रियाप्रक्रिया ।
12628 ओल्स्याइनु क.क्रि. ओल्सने पारिनु ।
12629 ओल्स्याउनु प्रे. क्रि. ओल्सने पार्नु वा पार्न लगाउनु ।
12630 ओल्स्याहट ना. ओल्सिने क्रियाप्रक्रिया ।
12631 ओषधि / ओषधी ना. १. औषधीका रूपमा वा औषधीका काममा प्रयोग हुने जडीबुटी; वनस्पति ।
12632 ओषधि / ओषधी ना. २. फल पाकेपछि सुक्ने बोटबिरुवा ।
12633 ओषधि / ओषधीनाथ ना. चन्द्रमा ।
12634 ओष्ठ ना. ओठ ।
12635 ओष्ठस्थानी वि. ओठबाट वा ओठमा ठक्कर लागेर उच्चरित हुने (वर्ण; ओष्ठस्थानबाट उच्चरित हुने; ओष्ठस्थान भएको; ओष्ठ्य ( उ र पवर्गका वर्ण) ।
12636 ओष्ठ्य वि. १. ओठसम्बन्धी; ओठको ।
12637 ओष्ठ्य वि. २. ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण) |
12638 ओष्ठ्य वि. ना. ३. ओष्ठस्थानीय वर्ण ( प, फ, ब, भ, म इ.) ।
12639 ओष्ठ्यदन्त्य वि. तल्लो ओठलाई माथिल्लो दाँतले छोएर उच्चारण गरिने (व्यञ्जन); दन्तोष्ठ्य ।
12640 ओस ना. १. रातिको चिसो हावाबाट पानी बनेर बर्सने जलकण; शीत ।
12641 ओस ना. २. भुइँको चिसो; चिस्यान ।
12642 ओस ना. ३. हावामा हुने पानीको अंश ।
12643 ओस ना. ओस चाटेर तिर्खा मर्दैन ( उखान )।
12644 ओसरा ना. मूलढोकाबाहिरको दलान; सिकुवा ।
12645 ओसराउनु अ.क्रि. गाईभैँसीले बाली हुन वा साहा खोज्न लाग्नु; खेदिनु; सेपिनु ।
12646 ओसाइ ना. ओसाउने किसिम, क्रिया वा भाव।
12647 ओसाइनु अ.क्रि. ओसाएको होइनु ।
12648 ओसाउनु अ.क्रि. १. ओस वा सर्दी लाग्ने किसिमको हुनु; ओसिलो हुनु; चिसो हुनु; ढाडिनु ।
12649 ओसाउनु अ.क्रि. २. तातो वस्तु चिसो हुनु; सेलाउनु; ओथाउनु ।
12650 ओसार्नु स.क्रि. कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा ल्याउनु वा लैजानु ।