Dictionary

All Word

12751 कमलकेसर ना. कमलको फूलको गुभामा हुने परागयुक्त केस्रा।
12752 कमलगट्टा ना. प्राय: लेकाली जातका कमलमा लाग्ने र दिउल भुटेर फुराएपछि मखना कहलाउने फल; पद्मबीज।
12753 कमलनयन वि. कमलफूलका पत्र झैँ लाम्चा आँखा भएको (व्यक्ति)।
12754 कमलनयना/नयनी वि. १. कमल जस्ता आँखा हुने (स्त्री); पद्माक्षी। ना.
12755 कमलनयना/नयनी वि. २. विष्णुका एक हजार नाममध्ये एक।
12756 कमलनाभ वि. १. नाभिमा कमल भएको (व्यक्ति)। ना.
12757 कमलनाभ वि. २. विष्णुका हजार नाममध्ये एक।
12758 कमलनाल ना. कमलको डाँठ; कमलको नाल वा डाँख्लो।
12759 कमलपित्त ना. कलेजामा कुनै प्रकारको विकार हुँदा पित्तप्रणालीमा गडबडी उत्पन्न हुन गई आरम्भमा आँखा र अलिपछि सारा शरीर पहेँलो हुने एक प्रकारको घातक रोग; पहेँले; पित्तरोग; गायो; कामला।
12760 कमला १ ना. १. विष्णु भगवान्‌की पत्नी लक्ष्मीको एक नाम।
12761 कमला १ ना. २. धनकी देवी।
12762 कमला १ ना. ३. नेपालको एक प्रसिद्ध नदीको नाम; कमलामाई।
12763 कमला २ ना. हेर्दा सुन्तला जस्तै देखिने, खाँदा भने केही अमिलो बोध हुने जुनारसँग मिल्दोजुल्दो एक फल वा त्यसको बोट।
12764 कमलाकर ना. १. कमलको झाङ।
12765 कमलाकर ना. २. कमलपोखरी।
12766 कमलाकर ना. ३. विष्णु।
12767 कमलाकर ना. ४. ब्रह्मा।
12768 कमलाक्ष वि. कमलका फूलको पत्र झैँ लाम्चा आँखा भएको; कमलनयन।
12769 कमलाक्षी वि. १. कमल जस्ता आँखा भएकी (स्त्री); कमलनयना; कमलनयनी। ना.
12770 कमलाक्षी वि. २. काठमाडौँमा रहेको एक प्रख्यात टोल।
12771 कमलादी ना. नेपालको राजधानी काठमाडौँभित्र पर्ने एक टोल; एक प्रसिद्ध गणेशस्थान।
12772 कमलामाई ना. पूर्वी नेपालको जनकपुर अञ्चलमा पर्ने, तटमा अनेकौँ तीर्थस्थल भएको एक प्रसिद्ध नदी।
12773 कमलासन वि. १. कमलको आसनमा बस्ने (व्यक्ति)। ना.
12774 कमलासन वि. २. सृष्टिकर्ता ब्रह्माजीको एक नाम; पद्मासन।
12775 कमलिनी ना. जुनेली रातमा फुल्ने भनी प्राचीन काव्यहरूमा वर्णन गरिएको एक जातको कमल।
12776 कमलो वि. १. कोमल; चिल्लो; सलक्क परेको; मुलायम।
12777 कमलो वि. २. टोक्दा, फोर्दा सजिलै टोकिने वा फोरिने; नरम।
12778 कमलो वि. ३. दयालु; कोमल चित्त भएको; अर्काको वा आफ्नो दुःखद्वारा विह्वल हुने स्वभावको।
12779 कमलो वि. ४. दानी स्वभावको; फकाउँदा सजिलै फकिने।
12780 कमसल वि. १. मोल, गुण, बानी, स्तर, टिकाउपन, उपयोगिता आदिमा अपेक्षाकृत कम महत्त्वपूर्ण; घटिया।
12781 कमसल वि. २. खराब; नराम्रो।
12782 कमसल वि. ३. नालायक।
12783 कमाइ ना. कमाउने वा आर्जिने क्रिया वा प्रक्रिया।
12784 कमाइधमाइ ना. १. कमाउनै पर्ने काम।
12785 कमाइधमाइ ना. २. कम्प हुने क्रिया वा प्रक्रिया।
12786 कमाइनु क.क्रि. १. कमाउने काम गरिनु; आर्जिनु।
12787 कमाइनु क.क्रि. २. काम्न लगाइनु; थरथराइनु।
12788 कमाउनु १ स. क्रि. १. हल्लाउनु। (उदा.- उसले शरीर बेसरी कमायो )। प्रे. क्रि.
12789 कमाउनु १ स. क्रि. २. काम्न लगाउनु। (उदा.- धामीले चिन्ता बसेर मधौरुलाई निकै बेरसम्म कमायो )।
12790 कमाउनु २ स. क्रि. १. चल वा अचल सम्पत्ति जम्मा गर्नु; आर्जन वा उपार्जन गर्नु; कमाइ गर्नु; आर्जिनु।
12791 कमाउनु २ स. क्रि. २. खेत वा बारीमा बाली लगाई भोगचलन गर्नु।
12792 कमाउनु २ स. क्रि. ३. सुन, चाँदी आदि धातुलाई गहनामा परिणत गर्नु; गहनागुरिया बनाउनु।
12793 कमाउनु २ स. क्रि. ४. पुरानो चलनअनुसार वर्षैपिच्छे बाली भर्ने गरी दमाईंले लुगा सिउने, कामीले हतियार बनाउने आदि काम गर्नु।
12794 कमाड चिफ ना. हे. कमान्डर इन चिफ।
12795 कमान १ ना. जङ्गी हैकम वा अख्तियार; जङ्गी आदेश।
12796 कमान २ ना. बाँस वा धातुबाट निर्मित, नुगाउनका निम्ति दुई टुप्पामा ताँदो जडिने धनुषको अर्धवृत्ताकार भाग; धनु।
12797 कमानी ना. १. भारोत्तोलनका लागि जडिने, दह्रो तारबाट निर्मित लचिलो यान्त्रिक उपकरण; स्प्रिङ।
12798 कमानी ना. २. घडीमा दम दिँदा पटुका कसिए झैँ कसिने र दम निखँदा खुकुलिएर फुक्ने एक यान्त्रिक प्रणाली।
12799 कमानी ना. ३. स्मरणशक्ति तथा विवेकसँग सम्बन्धित स्नायुहरूको प्रणाली (मान्छेमा सीमित)।
12800 कमानीदार वि. १. बुद्धिमान्; स्मरणशाली; तेजस्वी (व्यक्ति)।