Dictionary

All Word

12901 कम्युनिज्म ना. कम्युन अर्थात् सामाजिक समुदाय स्वयंले आफ्नो कार्य गर्न सम्भव भएकाले पुलिस, सिपाही, सरकार आदिको आवश्यकता छैन र सो कम्युन एक किसिमको परिवारसरह हुने हुँदा प्रत्येक कम्युनवासीको मर्म सबैमा अवगत हुने तथा हरेक व्यक्तिलाई उसको सरोकार र आवश्यकताअनुसार उपभोगका सामग्री वितरण गर्न सकिने सिद्धान्तमा विश्वास राख्ने कार्लमार्क्स, फ्रेडरिक एङ्गेल्स, लेनिन आदिद्वारा प्रतिपादित राजनीतिक तथ आर्थिक सिद्धान्त; मार्क्सवाद; साम्यवाद।
12902 कम्युनिस्ट वि. कम्युनिज्मको अनुयायी।
12903 कम्री ना. रुख कटहरभित्रको झुत्रो।
12904 कम्लाइ कम्लाउने क्रिया वा प्रक्रिया।
12905 कम्लाइनु क.क्रि. कम्लाउने काम गरिनु।
12906 कम्लाउनु अ.क्रि. गाभिनु गाई आदि वस्तुभाउको स्पष्ट देखिने गरी फाँचो र सुत बढ्दै जानु।
12907 कम्सा ना. सुमेरु र नली मात्र हुने एक प्रकारको सोते हुक्का।
12908 कयथ ना. फेरोनिया लिमोनिया जातिको काँडादार एक रुख र त्यसको फल; कैथ।
12909 कर १ ना. अरू शब्दको पछिल्तिर लागेर दिने, गर्ने आदि अर्थ बुझाई विशेषण एवं नाम बनाउने हाल नेपालीमा अनुसर्गात्मक प्रत्यय मानिने तर संस्कृत मूलको नियमानुसार समासको उत्तरपद ठहरिने एक रूप (दिवाकर, प्रभाकर, दिनकर, सुखकर इ.)।
12910 कर २ ना. १. कसैलाई इच्छाका विरुद्ध दबाउमा पारी कुनै कुरा गर्न, गराउन वा हुन वाध्य तुल्याउने क्रियाप्रक्रिया।
12911 कर २ ना. २. त्यस प्रकारको वाध्यताका निम्ति दिइने जोड; करकाप।
12912 कर २ ना. ३. प्रेरणा; जिद्दी।
12913 कर ३ ना. १. राजस्वमा दाखिल हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई अनिवार्य दातव्यका रूपमा दिनुपर्ने विभिन्न प्रकारको तिरो वा रकम (आयकर, मालपोत, बिक्रीकर, अन्तःशुल्क, आयातकर, निर्यातकर, बाटोकर ( रोडसेस) इ. )।
12914 कर ३ ना. २. प्राचीन कालमा एक राष्ट्रले आफूभन्दा बलियो अर्को राष्ट्रलाई बुझाउने दस्तुर; सिर्तो।
12915 कर ३ ना. ३. पहिले पहिले रैतीले भेटीका रूपमा जिमीदार वा तालुकदार आदिलाई दिने गरिएको विभिन्न प्रकारको रकम (ओलक, ठेकी, चारदाम, साउने फागु, कुत, बेठ इ.)।
12916 कर ३ ना. ४. मान्छे, बाँदर आदिको हात।
12917 कर ३ ना. ५. हात्तीको हात अर्थात् सुँड।
12918 कर ३ ना. ६. प्रकाशको हात अर्थात् किरण।
12919 कर अड्डा ना. कर कार्यालय।
12920 कर अदालत ना. करसम्बन्धी हेर्ने अदालत वा अदालती फाँट।
12921 कर अधिकारी ना. कर अधिकृत।
12922 कर अधिकृत ना. कर कार्यालयको कम्तीमा राजपत्राङ्कित तृतीय तहको हाकिम वा फाँटवाला।
12923 कर ४ ना. हात, हत्केलो।
12924 करकर क्रि. यो. कसैसँग झर्को लाग्ने किसिमले कराउने, केही माग्ने वा अनुरोध गर्ने गरी; कचकच; फतफत; क्याउँक्याउँ।
12925 करकरे वि. करकर गर्ने; करकरसँग सम्बन्धित; कचकचे; फतफते।
12926 करकाप ना. १. इच्छाका विरुद्ध कसैलाई केही हुन, गर्न वा गराउन वाध्य तुल्याउने क्रियाप्रक्रिया।
12927 करकाप ना. २. बलप्रयोग; जबर्जस्ती; थिचोमिचो।
12928 कर कार्यालय ना. सरकारी कर आदि असुलउपर गर्ने अर्थमन्त्रालयका मातहतका विभिन्न तह ( जिल्ला, अञ्चल वा क्षेत्र ) को कार्यालय, करअड्डा।
12929 करकोसिस ना. कोसिस वा सोसमानको कुनै कार्य; कोसिसका साथै सहायक कार्यका रूपमा गरिने समानधर्मी एवं समान लक्ष्य भएको अन्य कार्य; मरमिहिनेत।
12930 करक्क क्रि.वि. १. एकै प्रयासमा भाँचिने गरी; काठ, लट्ठी, उखु आदि वस्तुलाई दोबारेर खण्डित गर्ने किसिमले; पटक्क।
12931 करक्क क्रि.वि. २. 'कर्' वा 'पट्' को आवाज आउने गरी कुनै काठ, लठ्ठी आदि भाँचिने किसिमसँग।
12932 करक्क क्रि.वि. ३. उठ्दा, बस्दा वा अन्य कुनै कारणवश गम्भीर पीडा भई शरीरको कुनै अङ्ग दुखेर कर्किने गरी।
12933 करङ ना. १. हाडखोर ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने र भित्र्याँस (मुटु, कलेजो, फोक्सो, फियो आदि)को रक्षा गर्न सघाउ पुऱ्याउने हाडका पाताहरूबाट निर्मित पिँजडाका आकारको अस्थिप्रणाली।
12934 करङ ना. २. आकारमा दोब्रिएको तरबार झैँ देखिने उक्त प्रणालीको कुनै एक हाड।
12935 करङे ना. १. एक प्रकारको सानो र डोलो माछो।
12936 करङे ना. २. साधारण व्यवहारका लागि बनाइएको दलुवा डसना; लम्पट। वि.
12937 करङे ना. ३. करङ छ्याङ्गै देखिने अर्थात् दुब्लो।
12938 करचेप ना. बलपूर्वकको आग्रह; जोडदार ढिपी।
12939 करछुली ना. हे. कर्छुली।
12940 करजोरी ना. दुई हत्केलालाई जोडेर गरिने अभिवादनको एक प्रकार; बिन्ती; नमस्कार; प्रणाम; नमस्ते। (उदा. - मेरो करजोरी बिन्तीले उनलाई कसो नरिझाउला ! )।
12941 करजोरी बिन्ती ना. करजोरी।
12942 करण ना. १. व्याकरणमा, तृतीया विभक्तिद्वारा प्रतिनिधित्व हुने कारक।
12943 करण ना. २. क्रियापदमा निषेध, अभाव आदिका विरुद्ध विधि, भाव आदि बुझाउने प्रत्यय वा सो प्रत्ययसम्बन्धी प्रणाली। (उदा.- म जान्नँ, तिमी नखाऊ आदिका विरुद्ध म जान्छु, तिमी खाऊ आदि)।
12944 करण ना. ३. ज्योतिषशास्त्रमा बब, बालव, कौलब, तैतिल, गर, बणिज, विष्टि आदि उभयपक्ष (शुक्लपक्ष र कृष्णपक्ष) का सात र शकुनी चतुष्पाद तथा नाग गरी केवल कृष्णपक्षका तीन अनि कृष्णपक्षमा आरम्भ भएर शुक्लपक्षको प्रतिपदाको थालनीको भागलाई भेट्ने किस्तुघ्न गरी सङ्ख्यामा एघार पुग्ने एक ज्योतिषशास्त्रीय स्थापना जो पञ्चाङ्ग (पात्रो) का पाँच अङ्ग (तिथि, वार, नक्षत्र, योग, करण ) मध्ये एक ठहरिन्छ र प्रत्येक तिथिमा दुई सङ्ख्याका दरले पर्दै तिथिक्रमका साथै अघि बढ्दै जान्छ।
12945 करण ना. ४. लिच्छविकालीन अड्डाभित्र पर्ने कुनै एक फाँट वा विभाग।
12946 करणी १ ना. गणितमा वर्गमूल जनाउने चिह्न ( √ वा २√) ।
12947 करणी अङ्क ना. गणितको वर्गमूलको हिसाबमा शेष नरहने अङ्क (जस्तै- ४, ५, १६, २५ आदि।)।
12948 करणी २ ना. मैथुन; सम्भोग; करनी।
12949 करणीय वि . गर्न योग्य; गर्नुपर्ने; गर्न हुने; गर्न सकिने।
12950 करण्ड ना. १. बाँस वा बाँस जातिका चोयाबाट तयार भएको झुन्ड्याएर हिँड्न मिल्ने ढक्कीविशेष; कणाली; उझिन्डोदार पेटारो वा टोकरी।