Dictionary

All Word

12951 कचल्टो वि. २. पूर्ण नभएको, खण्डित (निद्रा, भाषण, अध्ययन इ.)।
12952 कचल्टो वि. ३. पूरा वयस्क नभएको ( उमेर, मान्छे इ.)।
12953 कचल्ट्याइँ ना. कचल्टिने पन, कचल्टो अवस्था।
12954 कचल्ट्याइँ ना. कचल्टो हुने, कचल्टिने वा कचल्ट्याउने काम वा भाव।
12955 कचल्ट्याइनु क.क्रि. कचल्टो पारिनु, अधकल्चो गराइनु।
12956 कचल्ट्याउनु प्रे. क्रि. कचल्टो पार्नु, अधकल्चो गराउनु, खण्डित पार्नु।
12957 कचहरी ना. १. न्याय निसाफ हेर्ने अड्डा।
12958 कचहरी ना. २. अदालत न्यायालय।
12959 कचहरी ना. ३. सभा गोष्ठी।
12960 कचिडल/कचिङ्गल ना. १. कुनै कुरा वा विषयमा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति, झगडा, कलह।
12961 कचिडल/कचिङ्गल ना. २. खिचोला; हस्तक्षेप।
12962 कचिडल/कचिङ्गल ना. ३. भाँजी, बिघ्न, बाधा।
12963 कचिया ना. करौतीका जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया, आँसी।
12964 कचिया ना. कचियाले आफैतिर तान्छ (उखान)।
12965 कचिला ना. साँधेको आलो मासु (नेवारी भोजनका परिकारमध्ये एक)।
12966 कचिलो वि. १. पाक्ने बेलाभन्दा पहिलेको; छिप्पिइसके तापनि नपाकेको।
12967 कचिलो वि. २. गिजिज्ज परेको ; चुरो नमरेको।
12968 कचिल्लो वि. [काँचो + इलो] भिजेर फतक्क भएको, गलेको।
12969 कचिल्लो वि. २. कचिलो।
12970 कचुवा ना. लिङ्गको टोप्रामा जम्ने प्रायः सेतो रङको काई, काठे, काठो।
12971 कचुर ना. हलेदाको जस्तो पात र फूल भई कपुरको जस्तो बास्ना आउने एक बोट र प्रायः औषधीमा प्रयोग हुने त्यसैको कन्द।
12972 कचेट्नु स. क्रि. १. कसैलाई बलजफतीसँग कतै पठाइनु।
12973 कचेट्नु स. क्रि. २. करकाप गरेर मन नपरेको ठाउँमा पनि बसाइनु।
12974 कचेटाइ ना. कचेट्ने तथा कचेटाउने भाव, क्रिया वा प्रक्रिया।
12975 कचेटाउनु प्रे. क्रि. कचेटोमा पार्नु, कचेट्न लाउनु।
12976 कचेटिनु क. क्रि. १. कचेटोमा पारिनु, कचेट्ने काम गरिनु।
12977 कचेटिनु क. क्रि. अ. क्रि. २. कचेटोमा पर्नु, यच्चिनु।
12978 कचेटो ना. १. अरूलाई मन नपर्ने खालका कामकुराको मेला वा झ्याउलो; बिनसित्तिको झन्झट, कचडो।
12979 कचेटो ना. २. किचोला, खिचोला।
12980 कडा ना. झगडा।
12981 कचेरा ना. १. चिप्रा।
12982 कचेरा ना. २. फोहर मैला।
12983 कचेरे वि. कचेरावाल, चिप्रे; फोहोरी।
12984 कचेरे वि. स्त्री. कचेरी / कचेन।
12985 कचोट्नु अ.क्रि. कसैको नराम्रो व्यवहारले मन दुख्नु वा मन कोतर्नु।
12986 कचोटाइ ना. कचोट्ने काम वा भाव।
12987 कचौडो ना. हे. कल्चौंडो।
12988 कचौडी ना. भित्र गुभामा मस्यौटो हालेर पकाइने एक प्रकारको पुरी, कचौरी।
12989 कचौरा ना. भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो कचौरो, बटुको; डबको।
12990 कचौरी ना. १. सानो कचौरा, खोला (जाँडरक्सी खाने )।
12991 कचौरी ना. २. सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्राय: काँचको )।
12992 कच्चा वि. १. नपाकेको, अपरिपक्व, काँचो, चाँडै बिग्रने (व्यक्ति, उमेर, बुद्धि इ.)।
12993 कच्चा वि. २. कमजोर (माल, सामान, वस्तु इ.); छोइपासे, बिल्पारी।
12994 कच्चावारी ना. सेस्तामा प्रत्येक कलमको देहाय फाँटवारी।
12995 कच्चिडो ना. भन्टाको जस्तो र झन्डै त्यत्रै हुने, डाँठ र पातमा तिखा काँडा भएको एक वनस्पति र काँचोमा हरियो र पाकेपछि पहेँलो हुने त्यसैको गोलाकार बास्नादार फल, कण्टकारी।
12996 कच्चिनु अ. क्र. थुप्रिनु, यच्चिनु, कुर्चिनु।
12997 कच्च्याइ ना. कच्चिने वा कच्याइने क्रिया वा प्रक्रिया।
12998 कच्च्याइनु क.क्रि. कच्चिने पारिनु।
12999 कच्याउनु प्रे. क्रि. कच्चिने पार्नु।
13000 कच्ची वि. १. कच्चा।