Dictionary

All Word

13051 करेन्ट ना. १. पानी, कोइला वा तेलबाट वैज्ञानिक प्रक्रियाद्वारा उत्पादित बिजुलीबत्ती बाल्ने र मेसिन आदि चलाउने काममा प्रयोग गरिने एक प्रकारको अदृश्य शक्ति; विद्युत् प्रवाह; विद्युत् तरङ्ग।
13052 करेन्ट ना. २. नदी आदिको पानीको प्रवाह; पानीको धारा।
13053 करेप्नु अ.क्रि. १. हलचल गर्न नसक्ने गरी समाउनु; अँठ्‌याउनु।
13054 करेप्नु अ.क्रि. २. अक्करमा वा पासोमा पार्नु; करमा पार्नु; करकाप गर्नु; ऱ्याखऱ्याखती पार्न।
13055 करेप ना. १. हलचल गर्न नसकिने अँठ्‌याइ, समाइ, पासो आदिबाट भएको वा परेको बन्धन।
13056 करेप ना. २. कुनै काम नगरी नहुने वा टार्नै पर्ने कर; करकाप।
13057 करेपाइ ना. करेप्ने वा करेपिने क्रिया वा प्रक्रिया।
13058 करेपाइनु क.क्रि. करेप्न लाइनु।
13059 करेपाउनु प्रे.क्रि. करेपमा पार्नु वा पार्न लाउनु।
13060 करेपिनु क.क्रि. करेप्ने काम गरिनु; अँठ्याइनु।
13061 करेली ना. १. काठी कसेको बखत घोडाका टाउकामा लाउने छालाको साज; मोहोडा।
13062 करेली ना. २. लगाम।
13063 करेलो ना. वर्षायाममा तीनचोसे पात हुने लहरामा फल्ने, चोसैचोसा निस्कने र तितो स्वादको हुने, तरकारी वा अचार बनाएर खाइने लाम्चो फल; तिते करेलो।
13064 करेसाबारी ना. घरले चर्चेको तर घर र आँगनले ओगटेर बाँकी रहेको, घरका दायाँबायाँ र पछिल्तिरको तरकारी खेती गर्ने बारी; घरका वरिपरिको तरकारी खेती गर्ने जग्गा।
13065 करेसो ना. घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गा ( दायाँबायाँका पटाङ्गिनी र पछाडिको बारीसमेत)।
13066 करोड ना. सय लाखको सङ्ख्या; कडोर।
13067 करोडन् वि. अनेक करोड।
13068 करोडपति ना. करोडौँ रुपियाँको मालिक; कडोरपति।
13069 करोडौँ वि. करोडन्; कडोरौँ।
13070 करौँजा/करौँजी ना. १. पिरो, तितो स्वादको भईकन गरम र दीपनगुण हुने, तीन चोसा परेको साना साना काला दाना हुने एक प्रकारको वनस्पति; कालो जिरा; मुग्रेलो; मुङ्रेलो।
13071 करौँजा/करौँजी ना. २. तितो र अमिलो स्वाद हुने, रातोसेतो रङ्को, आयुर्वेदमा रुचिकारक, कफपित्तवर्धक र तृष्णानाशक भनी बताइएको वनस्पति फलविशेष; करौँदा।
13072 करौँत ना. काठ चिर्ने काम गरिने, चौकोसमा जडिएको, दाँती भएको, चेप्टो र लामो फलामको पाता; ठुलो आरा।
13073 करौँती ना. रेटेर काठ आदि चिर्ने एकापट्टि मुठ जडिएको एक किसिमको दाँतीदार फलामे हतियार; सानो खालको आरा।
13074 करौँते ना. १. खस्रा र लामा पात हुने, सेतो फूल फुल्ने, भुईंमा वा पानीमा लहरा फैलने दुबोजातको एक प्रकारको झार; पानीदुबो।
13075 करौँते ना. २. पात ज्यादै खस्रो हुने सानो खालको एक प्रकारको बाँस। वि.
13076 करौँते ना. ३. करौँतीजस्तो रेट्ने वा अर्कालाई निर्दयी चालले दुःख दिने स्वभावको; करौँतीजस्तो।
13077 करौँते झार ना. पातका दुई छेउमा करौँतीका जस्ता मसिना काँढा हुने झार (घाँस)।
13078 करौँदा ना. १. ससाना पात, सेतो फूल, साना गोल फल लाग्ने एक प्रकारको काँडे रुख।
13079 करौँदा ना. २. त्यसैको फल; करमर्द।
13080 करौँदा ना. ३. सेतोरातो मिसिएको अमिलो फल; करञ्ज।
13081 कर्कनु अ.क्रि. १. सोझो भएर ठडिनुपर्ने वस्तु (घरको गाऱ्हो, लिङ्गो, बाँस, खामो आदि) बाङ्गिनु; टेढिनु; कर्के हुनु।
13082 कर्कनु अ.क्रि. २. कसैलाई देखेको नदेख्यै गरी अर्कातिर लाग्नु; बाटो छलेर हिँड्नु।
13083 कर्कट ना. १. बाह्र राशिमध्ये चौथो राशि; कर्क राशि; कर्कट राशि।
13084 कर्कट ना. २. छिपछिपे पानी भईकन ढुङ्ग्यान ठाउँमा बस्ने छ खुट्टाजति भएको र अघिल्तिर केही मोटा, चिम्टे, धारिला, चेपुवाजस्ता दुई नङ्ग्रा हुने एक जलजन्तु; गँगटो।
13085 कर्कट ना. ३. मालसामान जोख्ने तराजुको तेर्सो डाँठको दुवैतिर घुमुर्किएको, पल्ला थाली झुन्ड्याइने टुप्पो।
13086 कर्कट राशि ना. कर्कट।
13087 कर्कटपाता ना. घर छाउने काममा प्रयोग हुने, डिल र खोल्सी वा डाँडी र डोल्सीहरू परेको टिन वा जस्ताको पाता; जस्तापाता।
13088 कर्कटरेखा ना. हे. कर्करेखा।
13089 कर्कटशृङ्गी ना. लाम्चा पात, खैरा रङका लाम्चिला फल फल्ने, अर्को कुनै पनि वृक्षका साथ जोडिएर फस्टाउने एक प्रकारको परजीवी वृक्ष; हिक्का, वायु, अतिसार र रक्तदोषमा हित गर्ने गुण बताइएको त्यसैको फल।
13090 कर्कटिका ना. मानिसको जन्मदेखि जीवनपर्यन्त शरीरका विभिन्न अङ्गमा रहने, कारणवश बढेर उग्र रूप लिएमा ज्यानै जाने सम्भावना पनि हुने मांसकोषको गिर्खा वा ग्रन्थि; अर्बुद।
13091 कर्करेखा ना. भूगोलको विषुवत्रेखा वा भूमध्यरेखादेखि २३ 1/20 अंश उत्तरतिर भएको भूमध्यरेखाको समानान्तर रूपमा रहेको कल्पित भौगोलिक रेखा।
13092 कर्कली ना. कर्कलाको लघु रूप; कर्कलो। (खाऊँ त कर्कली पेट फर्कली, नखाऊँ कर्कली सासू झर्कली। - उखान।)
13093 कर्कलो ना. छाता जस्तै ठुलठुला नरम पात हुने, पहेँलो घोगाजस्तो फूल फुल्ने र धेरै सेला भएको कन्द हुने एक बोट; पिँडालुको बोट।
13094 कर्कश वि. १. रुखो मिजास भएको; टर्रो स्वभावको।
13095 कर्कश वि. २. लोलोपोतो गर्न नजान्ने; खस्रो।
13096 कर्कशता ना. रुखो मिजास; कर्कश हुने भाव वा काम; करकरेपन।
13097 कर्काइ ना. कर्कने भाव, क्रिया वा प्रक्रिया।
13098 कर्काइनु क.क्रि. कर्कन लाइनु; टेढ्याइनु; बङ्ग्याइनु।
13099 कर्काउनु प्रे. क्रि. १. टेढो पार्नु; बङ्ग्याउनु; मर्काउनु।
13100 कर्काउनु प्रे. क्रि. २. आँखा सन्काउनु।