Dictionary

All Word

13201 कट्याककुटुक ना. वि. ४. सबै सम्पूर्ण; भएभरको।
13202 कट्याक्क क्रि.वि. कट्याक्कको ध्वनि उत्पन्न हुने गरी कुनै दह्रो वा साहो पदार्थ भाँचिने, फुट्ने, टोकिने आदि किसिमले।
13203 कट्याङ ना. दाँतले साह्रो पदार्थ फोर्दा आउने शब्द।
13204 कट्याङकुटुङ ना. १. लगातार आइरहने कट्याङको ध्वनि।
13205 कट्याङकुटुङ ना. २. अनियमित खाद्य पदार्थ (प्रायः कुपथ्य )।
13206 कट्याङकुटुङ ना. ३. कट्याककुटुक कट्याड्ड- क्रि.वि. कट्याङको ध्वनि निकालेर (केही कुरो दाँतले फोर्ने किसिम।
13207 कठ ना. कुनै समासको पूर्वपदका रूपमा आउँदाको 'काठ' शब्दको विशेष रूप (काठ + महल = कठमहल, काठ+घर= कठघर, काठ + बिजुली = कठबिजुली इ.)।
13208 कठ् ना. १. एक प्राचीन जाति।
13209 कठ् ना. २. यजुर्वेदको एक शाखाका प्रवर्तक ऋषि, वैशम्पायनका एक शिष्य।
13210 कठ उपनिषद् ना. कठ ऋषि मन्त्रद्रष्टाका रूपमा रहेको एक उपनिषद्।
13211 कठघर/कठघरा ना. १. काठको घर, कठमहल।
13212 कठघर/कठघरा ना. २. अदालतमा न्यायाधीश समक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ।
13213 कठघर/कठघरा ना. ३. सानोतिनो पसल राख्ने काठेघर।
13214 कठघर/कठघरा ना. कठचित्र - ना. [सं. काष्ठचित्र] काठको फलकमा खोपिएको चित्र, काष्ठचित्र।
13215 कठताल ना. मुजुराजस्ता धातुका पाताहरू बिच बिचमा जडिएका वा सादा हातले बजाइने दुई टुक्रा काठको बाजा करताल।
13216 कठपत्र ना. अक्षर खोपिएको काठको फल्याक, काष्ठपत्र (अभिलेखको एक प्रकार )।
13217 कठपाइले वि. खराउको जस्तो पैताला भएको वा पैतालाको बिचको भागले भुइँ नछोई कुर्कुच्चा र औंलातिरका भागले मात्र भुइँ छुने (व्यक्ति); खराउखुट्टे।
13218 कठपाउ ना. १. रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ।
13219 कठपाउ ना. २. टेक्ता मध्यभागले जमीन नछुने, जनविश्वासअनुसार कुलक्षण मानिने, खराउका आकारको पैताला, खराउखुट्टी।
13220 कठपाउलो ना. [काठ+पाउलो ] एक प्रकारको काठको चट्टी, कठपाउ; खराउ।
13221 कठपुतली ना. १. धागो, तार, रौं आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली।
13222 कठपुतली ना. २. अर्काको इसारामा नाच्ने व्यक्ति; अरूको लहैलहैमा लागी काम गर्ने व्यक्ति।
13223 कठपुतली ना. वि. ३. कठपुतलीका स्वभावको; कठपुतलीजस्तो।
13224 कठबाँस ना. हे. कटबाँस।
13225 कठबार ना. घरभित्र एक कोठा वा खण्डलाई अर्कोबाट छुट्ट्याउने काठको भित्तो।
13226 कठबिजुली ना. हे. कटकबिजुली।
13227 कठमहल ना. काठैकाठले बनेको विशाल भवन, काठको ठुलो घर; कठघर।
13228 कठमहाल १. काठपातसम्बन्धी काम गर्ने अड्डा।
13229 कठमहाल २. तीन फिटभन्दा बढी मोटाइ हुने काठको कित्ता वा तह।
13230 कठाङ्ग्रिनु अ.क्रि. जाडोले हातगोडा काठ कक्रक्क पर्नु, कक्रिनु, काट्ठिन; गँगरिनु।
13231 कठालो ना. कमिज, मयलपोस, कोट आदिको घाँटी वरिपरिको घेरो।
13232 कठिङ्ग्रिनु अ.क्रि. हे. कठाङ्ग्रिनु।
13233 कठिङ्ग्याइ ना. कठिङ्ग्रिने भाव, क्रिया वा प्रक्रिया।
13234 कठड्याइनु क.क्रि. कठिङ्ग्रिने पारिन, कक्र्याइनु, कठ्याङ्ग्याइनु।
13235 कठिङ्ग्याउनु प्रे. क्रि. जाडाले हातगोडा कठ्याङग्याउनु, कक्र्याउनु, कक्रक्क पार्नु।
13236 कठिन वि. १. सजिलोसित वा चाँडै गर्न नसकिने; गाह्रो; अप्ठ्यारो; मापाको; मुस्किल।
13237 कठिन वि. २. कडा; कठोर; साह्रो।
13238 कठिनता ना. कठिन हुने भाव, स्वभाव आदि।
13239 कठिनाइ ना. कठिनता।
13240 कठुवा ना. पानी वा रक्सी आदि झोलिलो वस्तु राख्ने आरीजस्तो काठको ठुलो भाँडो, भिउँटको आकारको काठको आही।
13241 कठै वि. बो. सहानुभूति, करुणा, दया आदि भाव प्रकट गर्दा प्रयोग गरिने शब्द।
13242 कठै वि. बो. (उदा.- कठै ! तिमी त दुब्लाएछौ।)।
13243 कठै नि वि. बो. कठै।
13244 कठैबरा / बरी/ बरै वि. बो. कठै, कठै नि।
13245 कठोपनिषद् ना. अष्टोत्तरशतोपनिषत् भित्रको एक प्रसिद्ध उपनिषद् ग्रन्।
13246 कठोर वि. १. गाह्रो, कठिन।
13247 कठोर वि. २. कडा; साहो; सख्।
13248 कठोर वि. ३. निर्दय, निष्ठुर।
13249 कठोरता ना. कठोर हुने स्वभाव, कठोर गुण, स्वभाव, प्रकृति आदि।
13250 कठोरतालु ना. मुखविवरभित्रको माथिल्लो च्यापुको कठोर भाग, वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग।