Dictionary

All Word

13301 कण्टक ना. १. कुनै कुनै (गुलाफ, सिमल, नीलकाँडा इ.) का अवयवमा हुने घोचुवा सुइरे अङ्ग, काँडो।
13302 कण्टक ना. २. फलाम आदि धातुबाट निर्मित वस्तु (काँटी, किल्ला इ.)।
13303 कण्टक ना. ३. कुनै कार्य (यात्रा, काम, लक्ष्य इ.) मा पर्ने विघ्न वा सो विघ्न उपस्थित पार्ने व्यक्ति, वस्तु वा स्थिति, विघ्न, व्यवधान।
13304 कण्टक ना. वि. ४. लोभी, किरनटोकी।
13305 कण्टक ना. कण्टकारी- ना. [सं.] पात र डाँठमा काँडा हुने, ससाना सेता वा निला फूल फुल्ने, पहेँलो बाटुलो फल फल्ने एक प्रकारको बोट वा त्यसको फल; कच्चिडो।
13306 कण्ठ ना. १. खकाल्नु र मेरुदण्डको सिरानदेखि लिएर चिउँडो र खोप्रेबुढीसम्मको शारीरिक ( खास मान्छेको) अवयव, घिच्रो, गलो, गर्धन, घोक्रो इ. को सामूहिक नाम, घाँटी।
13307 कण्ठ ना. वि. २. आउँदो भएको (पाठ, कविता इ.); मुखाग्र, कण्ठस्।
13308 कण्ठतालव्य वि. कण्ठ र तालुबाट उच्चारण हुने (ए, ऐ आदि वर्ण)।
13309 कण्ठनली ना. कण्ठपेटारीमा आएर टुङ्गिने फोक्साको भेट्नु श्वासनली।
13310 कण्ठपेटारी ना. घाँटीको रुद्रघण्टीका समीपको भाग, जसले श्वासनलीको टुप्पामा रहेको स्वरचिम्टीको सुरक्षा गरी स्वर र व्यञ्जनवर्णको निर्धारण तथा व्यञ्जनवर्णको घोषीभवनमा गुञ्जन उत्पन्न गर्न स्वरचिम्टीलाई सघाउँछ।
13311 कण्ठमणि ना. १. घाँटीमा लगाउने गहनाको एक प्रकार।
13312 कण्ठमणि ना. २. घोडाको घाँटीमा हुने भुँवरी।
13313 कण्ठमाला ना. १. घाँटीमा लगाउने गहनाको एकप्रकार, कण्ठश्री।
13314 कण्ठमाला ना. २. घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड, गलगण्ड।
13315 कण्ठशोथ ना. घाँटी सुन्निने कुनै पनि रोग।
13316 कण्ठश्री ना. घाँटीमा लगाइने एक प्रकारको सुनको गहना, कण्ठमाला।
13317 कण्ठस्य वि. १. आउँदो भएको (पाठ इ.); कण्ठाग्र।
13318 कण्ठस्य वि. २. घाँटीमा रहेको कण्ठमा रहेको।
13319 कण्ठहार ना. १. प्रायः उच्च घरानका महिलाले घाँटीमा लगाउने मालाका आकारको गहना ( नेकलेस )।
13320 कण्ठहार ना. २. घाँटीमा लगाइने मालाका आकारको कुनै पनि गहना (कण्ठश्री, कण्ठमाला, तिलहरी इ.)।
13321 कण्ठा ना. १. सुनले मोरेको २७ वा ३२ दानाको रुद्राक्षको माला।
13322 कण्ठा ना. २. पशुपक्षीको घाँटीमा हुने ( भिन्न भिन्न रङको ) रेखा, कण्ठी।
13323 कण्ठा ना. ३. त्यस्तो रेखा भएको पशुपक्षी।
13324 कण्ठाग्र वि. हे. कण्ठस्।
13325 कण्ठी ना. १. सानो कण्ठा।
13326 कण्ठी ना. २. तुलसीको डाँठको सानो माला।
13327 कण्ठे वि. १. घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी)।
13328 कण्ठे वि. २. कण्ठसम्बन्धी; कण्ठको (घाँटीको)।
13329 कण्ठे वि. ३. कण्ठावाल वा कण्ठीवाल।
13330 कण्ठे काग / कौवा ना. घाँटीमा सेतो कण्ठी भएको काग।
13331 कण्ठ्य वि. १. कण्ठसम्बन्धी; घाँटीको।
13332 कण्ठ्य वि. २. कण्ठबाट उच्चरित हुने (क, ख, ग, घ, ङ, अ आदि वर्ण)।
13333 कण्ठ्य वि. कण्ठ्योष्ठ्य - वि. कण्ठ र ओष्ठबाट उच्चारण हुने (ओ, औ इ. वर्ण)।
13334 कण्डारक ना. लोकविश्वासअनुसार लुतो आदि रोगको कारण मानिएको एक पौराणिक मानवेतर दुष्ट, रहस्यमय प्राणी ( यसलाई मन्छाउन साउने सङ्क्रान्तिका दिन साँझमा विशेष प्रकारले पूजा गरी लुतो फालेर सेलाइन्छ।)।
13335 कण्डिका ना. १. वेदको ऋचा।
13336 कण्डिका ना. २. भाषिक रचनाको वाक्यभन्दा बृहत् तर अध्याय आदिभन्दा सानो विशेष स्वरूप, कथनको एक अंश, अनुच्छेद, प्याराग्राफ।
13337 कण्डोल ना. १. अनाज राख्ने चोयाले बनेको एक प्रकारको भाँडो।
13338 कण्डोल ना. २. भण्डार, गोदाम।
13339 कतरन ना. १. कागत, कपडा आदि कत्रिँदा निस्केका टुक्रा, धरा वा धुजा।
13340 कतरन ना. २. कत्रने क्रिया वा प्रक्रिया।
13341 कतर्नु ना. नेपाली सुजीकारले प्रायः गाउँघरतिर प्रयोग गर्ने, परम्परागत फलामे कैंचीको एक प्रकार।
13342 कतली ना. निधारमा टाँसेर लगाइने काँच, प्लास्टिक आदिको टिको; टिकुली।
13343 कता क्रि.वि. कतातिर, कुन दिशातिर, कसतर्फ।
13344 कताई ना. धागो आदि कात्ने किसिम, क्रिया वा भाव।
13345 कताइनु क.क्रि. कात्न लाइनु, धागो बनाउन लाइनु।
13346 काइ बुनाइ ना. कात्नेबुन्ने काम शिल्प (धागो, सुइटर, गन्जी, मोजा इ.)।
13347 कताउनु प्रे.क्रि. कात्न लाउनु, धागो बनाउन लाउनु।
13348 कताकति क्रि.वि. १. कुनै कुनै ठाउँमा मात्र फाट्टफुट्ट झल्याकझुलुक।
13349 कताकति क्रि.वि. २ नगण्य वा अस्पष्ट रूपमा (उदा.- कताकति उसलाई मैले देखेको हुँ कि जस्तो लाग्छ।)।
13350 कतार ना. १. पङ्क्ति; श्रेणी; ताँती; लाइन; लहर; लाम; लस्कर।