Dictionary

All Word

13451 कदम ना. २. तालिम पाएका घोडाको हिँडाइका प्रकारमध्ये केही विशेष प्रकार (छोटी कदम, बडी कदम)।
13452 कदम ना. लाम्चिला पात र बाटुला पहेँला गेडामा भकुन्डा आकारका साना फूल फुल्ने एक वृक्ष।
13453 कदम्ब ना. हे. कदमर।
13454 कदर ना. १. सदुपयोग।
13455 कदर ना. (उदा.- माल पाएर मात्र हुँदैन त्यसको कदर गर्न पनि जान्नुपर्छ। )।
13456 कदर ना. २ सद्व्यवहार (उदा.- आजको जमानामा विनाकदर नोकरचाकर पनि टिक्तैनन्।)।
13457 कदर ना. ३. सम्मान, आदर।
13458 कदर ना. ४. प्रशंसा सहनी।
13459 कदर ना. ५. उपाय; तरिका (उदा.- जुन कदरले भए पनि यो काम गर्नुपर्छ। )।
13460 कदरदान वि. गुणग्राही ; मान गर्ने; कदर गर्ने।
13461 कदरपत्र ना. कदर गर्ने उद्देश्यले लिखित रूपमा दिइएको कुनै प्रकारको पत्र, प्रशंसापत्र।
13462 कदर्य वि. १. चाहिँदो काममा पनि पैसा खर्च गर्न नसक्ने, कन्जुस; मक्खीचुस; कृपण।
13463 कदर्य वि. २. तुच्छ, नीच।
13464 कदली ना. केरा।
13465 कदली स्तम्भ ना. केराको थाम ( खास गरी यज्ञ आदिमा शुभ चिह्नका रूपमा पाँच दिशामा गाडिने वा प्रवेशद्वार आदिमा ठड्याइने चाहिँ )।
13466 कदाचार वि. १. नजाती चालचलन भएको, बानीबेहोर असल नभएको; दुराचारी।
13467 कदाचार वि. ना. २. नराम्रो चालचलन, दुराचार।
13468 कदाचित् क्रि.वि. १. केही गरी कुनै कारणले।
13469 कदाचित् क्रि.वि. २. कुनै बखत कुनै समयमा कहिले कहिलेकाहीँ।
13470 कदापि क्रि.वि. १. कहिल्यै कुनै बखतमा पनि।
13471 कदापि क्रि.वि. २. केही गरेर पनि कुनै हालतमा पनि, किमार्थ (उदा.- रीता जस्ती केटी कदापि कुलतमा लाग्न सक्तिन। )।
13472 कहर ना. हे. कदर।
13473 कद्दरको वि. काइदाको; राम्रो आकर्षक (उदा.- श्याम त कद्दरको मान्छे छ।)।
13474 कद्दर काइदा ना. तौरतरिका।
13475 कदु ना. फर्सी (बोट, कैंडो, फल आदि)।
13476 कन्तु अ.क्रि. १. कुनै रोग वा परिश्रम आदिले कष्ट हुँदा मुखबाट अ अँ शब्द निकाल्नु।
13477 कन्तु अ.क्रि. २. सकीनसकी भन्नु पढ्नु।
13478 कन्तु अ.क्रि. ३. ठुलो परिश्रम गर्नु।
13479 कन्तु अ.क्रि. (उदा.- कनेरै भए पनि 'क' टिमले यो साल 'ख' टिमलाई जितिछाड्यो)।
13480 कन प्रत्य. १. कर्मकारक र सम्प्रदान कारकको अर्थमा प्रयोगमा आउने ठिक अचेलको 'लाई' को अर्थ दिने अलिक पुरानो वाङ्मयमा पाइने द्वितीया वा चतुर्थी विभक्ति (मकन, रामकन इ.)।
13481 कन प्रत्य. २. योजकवाची अव्ययको अर्थ बुझाउने असमापिका क्रियामा लाग्ने 'ई' प्रत्ययमा ऐच्छिक रूपले जोडिन आउने स्वार्थिक प्रत्यय (गरीकन, बसीकन, भनीकन इ.)।
13482 कन, ना. १. गहुँको झुस।
13483 कन, ना. २. अन्नको सानो दाना; सरौंलो।
13484 कन, ना. ३. ज्यादै सानो टुक्रा।
13485 कनक ना. १. प्रायः प्राकृतिक अवस्थामै प्रशोधित रूपमा फेला पर्ने र कतै कतै धाउका रूपमा समेत भेटिने, सर्वसाधारणदेखि उच्च वर्गसम्म गहनाका रूपमा, केवल उच्चवर्गमा भाँडाकुँडाका रूपमा र प्राचीन कालमा मुद्राको रूपमा समेत प्रयोगमा आएको देखिने पहेँलो रङको बहुमूल्य खनिज पदार्थ, सुन, सुवर्ण, स्वर्ण।
13486 कनक ना. २. धतुरो।
13487 कनक ना. ३. पलाश।
13488 कनकगिरि ना. पौराणिक वाङ्मयमा उल्लिखित एक प्रसिद्ध पर्वतः सुमेरु पर्वत, स्वर्णाचल।
13489 कनकचम्पा ना. गुम्सँदा कडा बास्ना आउने पहेँलो सानो आकारको फूल, एकजातको बगैँचे चाँप।
13490 कनकजिरा ना. हेर्दा गोला झैं डल्लो दाना फल्ने तर मसिनो जातको एक प्रकारको धान।
13491 कनकपत्र ना. सुनका पातामा अङ्कित अभिलेख (उदा.- जुम्लाका अपाडराज पृथ्वीमल्ल शाहको कनकपत्र, सं. १४१३ )।
13492 कनकटुवा वि. च्यातिएर, चुँडिएर, लुछिएर वा काटिएर आंशिक वा पूर्ण रूपमा कान बिग्रिएको (कानबुच्चे, कानको आदि)।
13493 कनकट्टा वि. हे. कनकटुवा।
13494 कनफट्टा ना. १. गोरक्षमतानुयायी संन्यासी, कान चिरेको जोगी।
13495 कनफट्टा ना. २. कृतघ्न व्यक्ति।
13496 कनकमय वि. १. सुवर्णमय, सुनौलो।
13497 कनकमय वि. २. पहेँलो।
13498 कनक ना. कानेगुजी निकाल्न प्रयोग गरिने आचमनीका आकारको तर अत्यन्त सानो एक प्रकारको औजार, उपकरण।
13499 कनकाई ना. पूर्वी नेपालको मेची अञ्चलको एक प्रसिद्ध नदी जसको आधारमा मेची अञ्चललाई माई अञ्चल भन्ने पनि चलन छ, बडी माई, माई।
13500 कनखजुरो ना. खजुराको वर्गको तर सानो, अँध्यारोमा जुनकिरी झैं चम्कने लाम्चो एक किरो; कनसुत्लो।