Dictionary

All Word

13401 कला ना. ४. तेज; प्रभाव।
13402 कला ना. ५. शोभा।
13403 कला ना. ६. इन्द्रजाली वा चटकीको काम।
13404 कला ना. ७. खेलबाड।
13405 कला ना. ८. चन्द्रकलाको सोह्रौँ भाग।
13406 कला ना. ९. सूर्यका प्रकाशको बाह्रौँ भाग। १०. अग्निमण्डलको दसौँ भाग।
13407 कला ना. ११. छल।
13408 कला ना. १२. राशिको तिसौँ भागको साठियौँ भागको पनि साठियौँ भाग।
13409 कला ना. १३. अनुभव तथा ज्ञानका आधारमा सम्बद्ध सिद्धान्तलाई ध्यानमा राख्तै कुनै काम नियमित रूपमा गर्ने वा कृति प्रस्तुत गर्ने कौशल।
13410 कला ना. १४. मानिसको जीवननिर्वाह तथा उच्च कोटिको ज्ञानप्राप्तिका निम्ति योग्य बनाउने अध्ययन तथा अनुशीलनको एक अङ्ग वा महत्त्वपूर्ण क्षेत्र ( तुल. अङ्. आर्टस्)।
13411 कला ना. १५. वास्तु वा मूर्तिकलामा दुई मात्रा बराबरको नाप; दुई अङ्गुल बराबरको परिमाण।
13412 कलाकार वि. १. कुनै कलाको ज्ञाता; वास्तु, मूर्ति, चित्र, सङ्गीत आदि कुनै कलाकृतिको निर्माण गर्ने; कलापूर्ण काम गर्ने। ना.
13413 कलाकार वि. २. कुनै पनि कलापूर्ण काम गर्ने वा कलात्मक सिप देखाउने व्यक्ति (साहित्यकार, सङ्गीतकार, मूर्तिकार, शिल्पकार, नृत्यकार, अभिनेता इ.)।
13414 कलाकारिता ना. कलापूर्ण ढङ्गले सजाउने काम; रङ्गरोगन भरेर सिँगारपटार गर्ने प्रविधि। (उदा.- पाटनको कृष्णमन्दिरमा मल्लकालीन कलाकारिताको राम्रो नमुना देखिन्छ )।
13415 कलाकुशल वि. कलाका विषयमा पोख्त; कलामा निपुण।
13416 कलाकृति ना. कलाकारद्वारा निर्मित रचना, कालिगडीको शिल्प, कलाकारका चित्र।
13417 कलाकौशल ना. १. कलाक्षेत्रमा प्राप्त गरेको सिप; कलामा निपुणता।
13418 कलाकौशल ना. २. कालिगडी; सिप; शिल्प।
13419 कलाजीवी वि. कलाका क्षेत्रमा काम गरेर जीविका चलाउने; आफ्नै सिपबाट आर्जेको सम्पत्तिले जीवननिर्वाह गर्ने।
13420 कलात्मक वि. कलापूर्ण ढङ्गले सजाइएको; कालिगडी भरिएको; आकर्षक।
13421 कलात्मकता ना. कलात्मक हुनुको भाव, गुण वा अवस्था।
13422 कलाधर ना. १. चन्द्रमा।
13423 कलाधर ना. २. महादेव; शिव।
13424 कलाधर ना. ३. कलाविशेषज्ञ, कलाविद्।
13425 कलानिधि ना. चन्द्रमा।
13426 कलाप ना. १. धेरै परिमाण; रास; समूह; थुप्रो।
13427 कलाप ना. २. मुजुरको पुच्छर।
13428 कलाप ना. ३. बिटो; मुठो।
13429 कलाप ना. ४. धनु।
13430 कलाप ना. ५. कात्यायनद्वारा प्रणीत व्याकरणको नाम।
13431 कलापिनी ना. रात; रात्रि।
13432 कलापी ना. १. मुजुर।
13433 कलापी ना. २. कोइली। वि.
13434 कलापी ना. ३. कालप व्याकरण पढ्ने।
13435 कलापी ना. ४. बथानमा बस्ने।
13436 कलाबत्तु ना. रेसमका डोरामा बेरिएको सुनौला र रूपौला झिनो तार।
13437 कलामर्मज्ञ वि. १. कुनै वस्तुको सौन्दर्यबारे राम्रो पारख गर्ने; कलाको भित्री मर्म चिन्ने।
13438 कलामर्मज्ञ वि. २. कलाकार।
13439 कलावन्त वि. कला जान्ने; कलाकार।
13440 कलावान्/कलाविद् वि. कलाको ज्ञाता; कलाकार।
13441 कलास्नातक ना. साहित्य, सङ्गीत आदि ललित कलाको स्नातक; तत्सम्बन्धी तह, डिग्री वा उपाधि (बी. ए.)।
13442 कलास्नातकोत्तर ना. कलास्नातकभन्दा उपल्लो तह, डिग्री वा उपाधि (एम. ए.)।
13443 कलि ना. १. सत्य, त्रेता, द्वापर र कलि चारयुगमध्ये पछिल्लो युग; वर्तमान युग।
13444 कलि ना. २. आपसको द्वेषपूर्ण भनाभन; झगडा; कलह।
13445 कलि ना. ३. पाप।
13446 कलि ना. ४. दुःख, क्लेश।
13447 कलि ना. ५. युद्ध, सङ्ग्राम।
13448 कलि ना. ६. फक्रनुभन्दा पहिलो अवस्थाको फूल; कोपिला।
13449 कलिकर्म ना. १. परस्परमा कलह पार्ने वा बझाउने काम।
13450 कलिकर्म ना. २. लडाइँ; झगडा, युद्ध।