Dictionary

All Word

13551 कन्चट ना. कनपारोको माथिल्लो भाग कन्सिरी।
13552 कन्चन वि. १. सफा, स्वच्छ।
13553 कन्चन वि. २. दोषरहित (कमाइ, धनसम्पत्ति आदि); नख।
13554 कन्चन वि. (उदा.- यो मैले ठगेर कमाएको पैसा होइन, कन्चन धन हो।)।
13555 कन्चुस वि. हे. कन्जुस।
13556 कन्चुसी ना. कन्जुसी।
13557 कन्चुस्याइँ ना. कन्चुसपना, कन्जुस्याइँ।
13558 कन्जरभेटर ना. वनजङ्गलको सुरक्षा तथा संवर्द्धनका खटिने अधिकृत (फरेस्ट अफिसर)।
13559 कन्जरो ना. १. नसप्रिएको वा झिनो लम्बाकार कन्दमूल (मुला, गाजर, सुठुनी, तरुल, सखरखण्ड आदि)।
13560 कन्जरो ना. २. साह्रै झिनो खालको मुला, सखरखण्ड आदि नमोटाएको सानो जरो।
13561 कन्जुस वि. लोभी, किरन्टोकी, मक्खीचुस।
13562 कन्जुसी ना. लोभ, कन्जुस्याइँ।
13563 कन्जुस्याइँ ना. दिन वा खर्च गर्न गाह्रो मान्ने नीति; लोभ, कृपणता; लोभीपन;।
13564 कन्टर ना. तेल, घिउ आदि हाल्ने टिनको भाँडो (चौथाई, हाफटिन, ठुलो टिन आदि)।
13565 कन्टेनर ना. फलामबाट बनेको फोहोर जम्मा पार्ने ठुलो आकारको ढ्वाङ् वा भाँडो।
13566 कन्ठ्याइ ना. कन्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; हसुराइ, घिचाइ।
13567 कन्ठ्याइनु क.क्रि. कन्ठ्याउने काम गरिनु।
13568 कन्ठ्याउनु स. क्रि. घाँटीसम्म आउने गरी खानु, घिच्नु, हसुर्नु।
13569 कन्डम [अड्.] १. सम्भोगको समयमा परिवार निरोधका निम्ति लिङ्ग घुसारिने रबर आदिको अत्यन्त मुलायम खोलका आकारको वस्तु ढाल।
13570 कन्डम [अड्.] वि. २. काम नलाग्ने; रद्दी।
13571 कन्डापरि क्रि.वि. अपरोक्ष रूपले अप्रत्यक्ष किसिमले।
13572 कन्डेउली ना. ढाडदेखि चाकका फिलाको माझसम्मको भाग।
13573 कन्डेउली हाड ना. सोही भागको ठाडो हाड।
13574 कन्डेउलो ना. कम्मरदेखि तल र तिघ्रादेखि माथिको भाग; चाकको फिलो; नितम्ब, पुट्ठो; कन्ड्यौलो।
13575 कन्डैसित / कन्डैसिति वि. बो. बेवास्ता वा उपेक्षा, निन्दा वा व्यङ्ग्य गरेर भनिने शब्द, भुत्रैसित यत्रैसित खुच्चिङ।
13576 कन्डैसित / कन्डैसिति वि. बो. (उदा.- तँ आउँदैनस् भने कन्डैसित ! नआए पनि मलाई वास्ता छैन)।
13577 कन्डो ना. १. भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ-बायाँको अवयव, पिठिउँ, पीठ, कन्ढो।
13578 कन्डो ना. २. गुदद्वारका दुवैतिरको मांसल भाग, पुट्ठो पुठो; चाक।
13579 कन्डो ना. ३. स्त्रीयोनि।
13580 कन्ड्यौलो ना. हे. कन्डेउलो।
13581 कन्ढो ना. हे. कन्डो।
13582 कन्तबिजोक / कन्तबिजोग ना. साह्रै ठुलो आपत्ति, चिहिलबिहिल, चिल्लीबिल्ली, बिल्लीबाठ, सर्वनाश।
13583 कन्ती ना. कडा लागेको फलाम वा किटको बस्तुभाउलाई दाना दिने अथवा भात, तिहुन आदि पकाउने काममा प्रयुक्त हुने विशेष प्रकारको आही, कराही।
13584 कन्तुर ना. १. तत्काल बिक्री भएका सामानबाट आएको नगद राख्नका लागि पसलेले प्रयोग गर्ने, प्रायः दुलोबाट पैसा छिराउन मिल्ने, धातु अथवा काठ आदिको छरितो बाकस।
13585 कन्तुर ना. २. त्यस्तै काममा प्रयोग गरिने मित्र अलग अलग वर्गका मुद्रालाई छुट्टाछुट्टै राख्न मिल्ने गरी बनाइएको दुलो नभएको बाकस।
13586 कन्तुर ना. ३. गहनागुरिया र दामी वस्तु राख्नका निम्ति बनाइएको बाकसभित्र राखिने गुप्ती बाकस।
13587 कन्तुर ना. ४. बाकस; सन्दस; पेटी।
13588 कन्या ना. १. थाइनो, झुम्रो, चिया चिया परेको लुगा।
13589 कन्या ना. २. धेरै टुक्राटाक्री गाँसगुस पारी बनाइएको कपडा।
13590 कन्याधारी वि. कन्या पहिरिने, गरिब, कुत्रे।
13591 कन्याधारी वि. ना. जोगी, भिक्षुक, माग्ने।
13592 कन्द ना. वनस्पति आदिको जरामा माटामुनि विकसित हुने गोलाकार (गिठ्ठा, आलु आदि) अथवा लम्बाकार (तरुल, सुठुनी आदि) गानु, जसमध्ये अधिकांश खाद्यका रूपमा र केही अखाद्यका रूपमा (पानीअमला, गुँदेरगानु आदि) पनि हुन्छन्।
13593 कन्दनी ना. हे. कन्धनी।
13594 कन्दने वि. कन्दनीधारी; कन्धने।
13595 कन्दमूल ना. १. माटामनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल कन्द।
13596 कन्दमूल ना. २. तराईतिर पाइने मादल वा मुडाका आकारको कोमल जरो, जसलाई काँचै खाइन्छ।
13597 कन्दरा ना. १. पहाडका पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुङ।
13598 कन्दरा ना. २. पहाडी प्रदेशको साँघुरो उपत्यका, पहाडी साँघुरो बेंसी।
13599 कन्दर्प ना. कामदेव।
13600 कन्दर्प ज्वर ना. कामवासनाले शरीरमा ताप चढ्नु।