Dictionary

All Word

13701 कसिकसाउ ना. सजिसजाउ, तम्तयार।
13702 कसिङर / कसिङ्गर ना. १. धुलोमुलो; घसरपसर; पातपतिङ्गर; घुरान।
13703 कसिङर / कसिङ्गर ना. २. फालिने वा बढारिएको फोहर वस्तु; रद्दी पदार्थ।
13704 कसिङर / कसिङ्गर ना. ३. मन नपरेको मानिस; अप्रिय व्यक्ति (जस्तो- आँखाको कसिङ्गर)।
13705 कसिदा ना. कपडामा सियोधागोले बेलबुट्टा आदि काढ्ने काम
13706 कसिनु क.क्रि. १. बाँधिनु; टुर्रिनु।
13707 कसिनु क.क्रि. २. तम्सिनु; आँट्नु।
13708 कसिनु क.क्रि. ३. ठाँट पार्नु; कसिकसाउ हुनु।
13709 कसिलो वि . १. कसिएको; गठिलो; साह्रो।
13710 कसिलो वि . २. कस्ने; दुःख दिने।
13711 कसिलो वि . ३. कस लाग्ने; नराम्रो पार्ने।
13712 कसी ना. १. सुन, चाँदी आदि धातुलाई असल, कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुङ्गो; कसौटी।
13713 कसी ना. २. वस्तुस्तरको निर्धारण गर्ने साधन; मापदण्ड।
13714 कसी घोटाइ ना. पूरै पारख; विवेक।
13715 कसुणी ना. भात पकाउने ढलोटको भाँडो; कसौँडी।
13716 कसुर १ ना. १. लामा लामा पात, कोदाको बालाजस्तो खैरो फूल र रौँजस्ता जरा भएको कन्दफल फल्ने एक बोट।
13717 कसुर १ ना. २. त्यसैको फल; कसेरुक।
13718 कसुर २ ना. १. दोष; अपराध; खाइबिराम।
13719 कसुर २ ना. २. विशेषतः अज्ञात रूपमा हुने त्रुटि।
13720 कसुर २ ना. ३. प्रचलित कानुनले निषेध गरेका कामकुरा गरेमा सजायभागी बन्नुपर्ने कार्य; बात।
13721 कसुरदार वि. १. कसुर वा बिराम गर्ने; दोषी; बापती। ना.
13722 कसुरदार वि. २. भनी बिराउने वा गरी बिराउने व्यक्ति।
13723 कसुरबन्द ना. कसुर वा अपराध गर्ने वा त्यसमा साबित भएको; दोषी।
13724 कसुरवार वि. कसुरदार।
13725 कसै क्रि.यो. १. कुनै तरहले पनि; केही गरे पनि। सर्व.
13726 कसै क्रि.यो. २. कोही; कुनै (विभक्ति लाग्ने रूपमा )।
13727 कसैलो वि. टर्रो।
13728 कसो वि. बो. १. प्रश्न, शङ्का आदि बुझाउने शब्द; क्याहो। सर्व.
13729 कसो वि. बो. २. कस्तो।
13730 कसौँडी ना. मुख केही सानो भएको र पेट फुकेको, दालभात आदि पकाइने, काँसको वा कुनै धातुको भाँडो; कसुणी।
13731 कसौटी ना. १. वस्तुको समुचित मूल्य वा महत्त्व आँकिने कुनै मानक आधार।
13732 कसौटी ना. २. हे. कसी।
13733 कस्केली वि. कास्की जिल्लाको; कास्कीमा रहने (बासिन्दा); कास्की जिल्लामा भएको वा बनाइएको (वस्तु)।
13734 कस्तरी क्रि.वि. कस्तो गरी; कसरी।
13735 कस्तूरी ना. १. नेपालमा प्रायः हिमप्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र हिउँ पग्लेपछि ढुङ्गाका लेउ खाने, छोटो, पुच्छर, झिना खुट्टा र नरको नाभिनेर सुगन्धी बिना भएको, मृगका जातको झन्डै स्यालजत्रो प्रसिद्ध जन्तु; नेपालमा पाइने बदामी रङगको, कामरूप देश (पश्चिम आसाम) मा पाइने कालो रङगको र कश्मीरमा पाइने पिङ्गल वर्णको गरी तीन जात मानिएका र मध्य एसियाका घना जङ्गलमा पनि ठन्डा ठाउँमा पाइने सोही जन्तु।
13736 कस्तूरी ना. २. त्यसै जन्तुको नाभिनेर हुने र अनेक सुगन्धित वस्तु तथा औषधि बनाउनमा प्रयोग गरिने सुगन्धी द्रव्यको गोलो थैली; बिना।
13737 कस्तूरीमल्लिका/वल्लिका ना. बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता; लताकस्तूरी।
13738 कस्तै क्रि.यो. १. कस्तो नै; जस्तोसुकै। वि.
13739 कस्तै क्रि.यो. २. कुनजस्तो।
13740 कस्तो वि. १. केजस्तो, कुन किसिमको।
13741 कस्तो वि. २. आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्द (उदा.- कस्तो नजाती काम हुन गएछ; कस्तो मूर्ख मान्छे इ.)।
13742 कस्मिरा/ कस्मेरा ना. १. विशेष किसिमको ऊनबाट बनेको कोट आदि सिइने असल कपड़ा।
13743 कस्मिरा/ कस्मेरा ना. २. कश्मीरमा बनेर नेपाल आएको त्यस्तो लुगा।
13744 कस्मिरी वि. कश्मीरको; कश्मीरसित सम्बन्धित वा कश्मीरमा बनेको।
13745 कस्मिरी मुद्रा ना. गोरखपन्थी साधुहरूले कानमा लाउने, पहिले कश्मीरमा बन्ने गरेको स्फटिकको कुण्डल।
13746 कस्मिरी केशर ना. कश्मीरको पाम्पोर नाम गरेको स्थानमा विशेष मात्रामा पैदा हुने एक जातको फूलको केशर; कास्मिरी केशर।
13747 कस्य विभ. पुरानो स्रेस्ता वा चिठीपत्र आदिमा प्रचलित 'स्य' प्रत्यययुक्त षष्ठी विभक्तिको रूप; को (सुब्बाकस्य पत्रम्; मुखियाकस्य पत्रमिदम्; इत बलभद्रकस्य कोटिकोटि कुर्णेस इ.)।
13748 कस्यान ना. काँसैकाँस भएको वन वा जग्गा; काँसघारी।
13749 कहतारो ना. आरीका छाँटको दही आदि जमाइने माटाको भाँडो।
13750 कहनु स. क्रि. बताउनु; भन्नु ( कुरो, समाचार, कथा आदि)।