Dictionary

All Word

13751 कप्प्याइ ना. कप्प्याउने क्रिया वा प्रक्रिया।
13752 कप्प्याइनु क.क्रि. कप्पु लगाइनु, गप्फा लगाएर निलिनु, कप्लक्क खाइनु वा निलिनु।
13753 कप्प्याउनु स. क्रि. कप्पु लगाउनु, गप्फा लगाएर निल्नु, कप्लक्क खानु वा निल्नु, गप्फ्याउनु।
13754 कप्लक्क क्रि.वि. एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम )।
13755 कप्ल्याउनु स. क्रि. कप्लक्क खानु वा निल्नु।
13756 कप्ल्याककुप्लुक क्रि.वि. हतारिँदै लगातार एकपछि अर्को गप्फा निलेर त्यसरी कुनै खाद्य पदार्थ सक्ने किसिमले।
13757 कप्ल्याक्क क्रि.वि. कप्लक्क खाँदाको भन्दा ठुलो गाँस मुखमा हालेर (निल्ने किसिम )।
13758 कफ ना. १. प्रायः श्वासनलीबाट र कहिलेकहीँ फोक्साबाटै पनि ख्वाक्क खोकेर बाहिर निकालिने सिडाने पदार्थ, श्लेष्म, खकार।
13759 कफ ना. २. आयुर्वेदका अनुसार तीन दोष (वात, पित्त, कफ) मध्ये एक।
13760 कफकारी वि. खाँदा कफ बढाउने (वस्तु)।
13761 कफजनित वि. कफद्वारा उत्पन्न भएको ( रोग, विकार आदि)।
13762 कफनाशक वि. कफ निको पार्ने वा घटाउने (औषधी)।
13763 कफ, ना. [अड्.] कमिजका बाहुलाको मुख, मोहोतो।
13764 कफल्ल/कफल्लो वि. १. बेस्वादको खल्लो।
13765 कफल्ल/कफल्लो वि. २. बेकम्मा रद्दी।
13766 कफल्ल/कफल्लो वि. ३. निर्धो, निर्बलियो।
13767 कफी ना. १. चिउलीका जस्ता पात र खनिउँका जस्ता झुप्पा झुप्पा भएर सेतो रङको फल फल्ने एक बोट, त्यसको फल वा उक्त फल भुटी बनाइएको धुलो।
13768 कफी ना. २. उक्त धुलो पानीमा मिलाएर चिया खाइने पेय पदार्।
13769 कबई ना. बिहीँका झैँ तर पाकेपछि काला वा राता झन्डै लालगेडीका जत्रा फल फल्ने एक भार, कबै।
13770 कबई माछा ना. भित्र काँढैकाँढा हुने सानो जातको माछा।
13771 कबच/कबज ना. हालको राष्ट्रब्याङ्क उहिले मुलुकीखानाको अवस्थामा छँदा हाकिम आदिको हालसाबिकी हुँदा नगदी वा जिन्सी सम्पत्तिको बुझबुझारथपछि हालवालाले साबिकवालालाई दि भरपाई।
13772 कबन्ध ना. १. टाउको नभएको शरीर, गिँड।
13773 कबन्ध ना. २. दण्यकारण्यमा रामचन्द्रले मारेको राक्षस।
13774 कबरी ना. चुल्ठो।
13775 कबाफ ना. विशेष प्रकारको घिउतेल, मरमसला हाली कोलविना गुम्साएर पकाइएको मासु, पक्कु।
13776 कबई चिनी ना. सजिवनका सुकेका कोसाको चपाएर पानी खाँदा गुलियोपन अनुभव हुने दिउल शीतलचिनी।
13777 कबास ना. हे. कपास।
13778 कबासे ना. १. प्रायः कबास मात्र हुने पाखो जमिन।
13779 कबासे ना. वि. २. हे. कपासे।
13780 कबिर ना. धार्मिक सम्प्रदायका प्रवर्तक एक भारतीय सन्त कवि, कबीरपन्थका संस्थापक।
13781 कबरपन्य ना. कबीर प्रवर्तित एक धार्मिक सम्प्रदाय।
13782 करपन्थी वि. कबीरपन्थको सदस्य वा अनुयायी।
13783 कबिलदार / कबिलदारी वि. जहान छोराछोरी भएको, परिवारयुक्त; जहानियाँ।
13784 कबिला ना. १. परिवार, जहान, जहान, छोराछोरी।
13785 कबिला ना. २. सिङ्गै एक जाति एक परिवारका रूपमा रहेका (अरब, मध्यएसिया आदिमा प्राचीन कालदेखि माध्यमिक कालसम्म प्रशस्त देखा परिआएका परन्तु आधुनिक कालमा नवसभ्यताका प्रभाव गर्दा लुप्त प्रायः) असङ्ख्य मानव दलमध्ये कुनै एक (उदा.- बाबरको कबिला, तैमुरलङको कबिला, चड्गेज खाँको कबिला, अब्राहमको कबिला, इस्रायलको कबिला, मुसाको कबिला आदि)।
13786 कबीर ना. हे. कबिर।
13787 कबीरपन्य ना. हे. कबिरपन्।
13788 कबीरपन्थी वि. हे. कबिरपन्थी।
13789 कबुल्नु स. क्रि. कबुल गर्नु, प्रतीक्षा गर्नु, मन्जुर गर्नु, स्वीकार गर्नु मान्नु।
13790 कबुलाइ ना. कबुल्ने क्रिया वा प्रक्रिया।
13791 कबुल ना. १. कुनै कुरो दिने, मान्ने वा गर्ने वचन, वाचाबन्धन, बोलकबोल।
13792 कबुल ना. २. स्वीकृति, स्वीकारोक्ति, वचनबद्धता।
13793 कबुल ना. ३. प्रतिज्ञा, प्रण, अठोट सङ्कल्प।
13794 कबुलनामा ना. बोलकबोल लेखिएको लिखत, मन्जुरीनामा; स्वीकृतिपत्र।
13795 कबुलियत ना. आफूले कबुल गरेको कुरा लेखिएको कागत, प्रतिज्ञापत्र, मन्जुरनामा, भाकापत्र।
13796 कबुलियतनामा ना. बोलकबोल लेखिएको लिख।
13797 कबेली ना. काँक्राको झैँ लहरामा घण्टी आकारका ठुलाठुला पहेँला भालेपोथी फूल फुली पोथीचाहिँ फूलबाट आरम्भमा गट्टा वा कैंडा फली पछि बडेमा आकारको फल फल्ने एक प्रसिद्ध लहरो वा तर्कारी आदिका रूपमा प्रयुक्त हुने त्यसैको फल, फर्सी, कद्दु।
13798 कबै क्रि.वि. कुनै पनि समयमा कहिले पनि (प्रायः निषेधवाक्यमा पुराना पद्यहरूमा प्रयुक्त, जस्तै- 'छोरो हो भनि प्रेम गर्नु सबले हेला नगर्नु कबै )।
13799 कबोल ना. हे. कबुल।
13800 कब्जा ना. १. कुनै व्यक्ति, वस्तु वा ठाउँउपर जमाइने अधिकार; वश; नियन्त्रण; आधिपत्य।