Dictionary

All Word

13901 कमेरे पानी ना. सेतो रङको धमिलो पानीसँग मिल्दोजुल्दो भएको आधारमा जाँडलाई दिइने गरेको व्यङ्ग्यात्मक संज्ञा (तुल. नर्सिङट्वाक - रक्सी, नरम चाना- सुँगुरको मासु, भुत्ले साग- कुखुराको मासु आदि)।
13902 कमेरो ना. चुन जस्तै पोतेर घर आदि सिँगार्ने काम लिइने एक प्रकारको चिप्लो सेतो माटो (तुल) जुली कुमेटो - कमेरो)।
13903 कमै ना. १. प्रायः घुम छाप्ने काममा आउने एक प्रकारको ठुलठुला पात भएको लहरो।
13904 कमै ना. वि. २. अल्पताबोधक शब्द 'कम' को निश्चय, सीमा, अवधारणा, अठोट आदि जनाउँदाको रूप।
13905 कमै ना. (उदा.- धनमा म तिमीभन्दा कमै हुँला, तर मनमा कम छैन)।
13906 कमैया ना. १. जग्गाधनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान, हरुवा (तुल) मैथिली हरवा)।
13907 कमैया ना. वि. २. काममा साह्रै जोतिन सक्ने, कमाइवाल, आर्जनी, पौरखी हिकमती (तुल) मैथिली कमकर)।
13908 कमोत ना. खेतबारी कमाउने काम।
13909 कमोत बस्ती ना. कमोत भएको वा हुन लायक बस्ती आबाद बस्ती।
13910 कमोती ना. १. कमो।
13911 कमोती ना. २. कमोतबाट आएको आयस्ता आर्जन।
13912 कमौट ना. १. हे. कमो।
13913 कमौट ना. २. गहनागुरिया वा भाँडाकुँडा आदि कमाउने वा कमाउन लगाउने काम।
13914 कमौटे ना. कमोत वा कमौट गर्ने व्यक्ति वा जाति ( खेताला, हली, सुनार, लोहार आदि)।
13915 कमौटे ना. वि. ३. कमोत वा कमौट गर्ने।
13916 कमौत ना. जग्गाजमिन कमाउने काम, कमौट।
13917 कमौती ना. कमोती।
13918 कमौते ना./ वि. कमौटे।
13919 कम्घासा ना. सानु जातको केराउ पानीमा ढड्याई पिंधेर लेदो पारी बनाइएको आलो अचार।
13920 कम्ता वि. कम्ती, थोरै, घटी, न्यून।
13921 कतिया ना. खेतबारीको कमाइका निम्ति जग्गाधनीले काममा राखेको प्रमुख कर्मचारी, कोठारी, सेरालो।
13922 कम्ती वि. १. थोरै, कम घटी, अपर्याप्त न्यून (उदा.- तिमीले दिएको मिठाई धेरै कम्ती भयो। )।
13923 कम्ती वि. क्रि.वि. २. थोर मात्रा, सङ्ख्या, परिमाण वा गुण।
13924 कम्ती वि. (उदा.- हिजो तिमीले सुनाएको गीत कती मिठो थिएन)।
13925 कम्ती पनि क्रि.वि. कमभन्दा कम मान्दा पनि थोरै भन्दा थोरै हुँदा पनि।
13926 कम्तीमा क्रि.वि. थोरै भन्दा थोरै मात्रा आदिमा।
13927 कम्तीमा पनि क्रि.वि. कम्ती पनि कम्तीमा।
13928 कम्प ना. भैँचालो, कामज्वरो, हावा आदिद्वारा भुईं, जिउ, पात आदि हल्लिए झैं हल्लिने अथवा काँप्ने क्रिया वा प्रक्रिया, कँपाइ कम्पन, हल्लाइ थतर्कों, थर्को।
13929 कम्पन ना. काँप्ने वा थरथराउने काम, कम्प।
13930 कम्पनी ना. १. ब्रिटिसकालमा चलेको भारतीय मुद्रा।
13931 कम्पनी ना. २. सैनिकको गणभन्दा सानो एक खास एकाइ, गुल्म।
13932 कम्पनी ना. ३. फौजी जवानहरूको समूहविशेष (दिव्यो . )।
13933 कम्पनी ना. ४. औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय।
13934 कम्पनी ना. ५. उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय।
13935 कम्पनी कानुन ना. कम्पनीका नियम, ऐन, दायित्व, अधिकार आदिसँग सम्बन्धित कानुन, कम्पनीलाई नियन्त्रित गर्ने कानुन।
13936 कम्पनी सरकार ना. सन् १८५७ को सिपाही विद्रोहपछि सोझै ब्रिटिस सरकारले शासन हातमा लिनुभन्दा पहिले राजधानी कलकत्ताबाट केही अङ्ग्रेजहरूले बेलाइतको अनुमति लिएर चलाएको अर्धस्वायत्त सरकार।
13937 कम्पाउन्ड ना. १. गिर्दा, पर्खाल वा कुनै प्रकारको बार आदिमा रहेको एक वा एकभन्दा बढी प्रवेशद्वारबाट भित्र पस्ने कमिली भवन, आँगन, पटाङ्गिनी, कोठेबारी आदिसहितको जग्गा क्याम्प।
13938 कम्पाउन्ड ना. २. रासायनिक वस्तुहरूको मिश्रण।
13939 कम्पाउन्डर ना. १. अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधी उपचारका सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति।
13940 कम्पाउन्डर ना. २. स्नातक उपाधिभन्दा तलको उपाधिप्राप्त पुरुष औषधी विशेषज्ञ, स्वास्थ्य सहायक, हेल्थ असिस्टेन्ट।
13941 कम्पाउन्डरी ना. कम्पाउन्डरले पढ्ने विद्या वा गर्ने कार्य।
13942 कम्पायमान वि. काँपिरहेको; थरहरी भइरहेको, डोलायमान।
13943 कम्पारो ना. हे. कन्पारो।
13944 कम्पास ना. १. दिशाहरू छुट्याउने यन्त्र, दिग्दर्शन यन्त्र, दिक्साधन यन्त्र।
13945 कम्पास ना. २. रेखागणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान, पर्काल।
13946 कम्पासे वि. कम्पासको काम गर्ने।
13947 कम्पासे वि. ना. कम्पासद्वारा जमिनको नक्सा आदि कोर्ने काममा अमिनलाई सघाउने कामदार।
13948 कम्पित वि. काँपेको, कामेको, हल्लिएको, थर्किएको।
13949 कम्पितशिर ना. १. टाउको काम्ने रोग।
13950 कम्पितशिर ना. वि. २. सो रोग लागेको (व्यक्ति)।