Dictionary

All Word

14001 कागजी वि. २. कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि)।
14002 कागजी वि. ३. व्यवहारमा आउन कठिन भई सिद्धान्तमा मात्र आधारित (कागजी योजना, कागजी कार्यक्रम इ.)।
14003 कागजी पाट ना. नेपाली कागज बनाउने एक कच्चा पदार्थ।
14004 कागजी बदाम ना. लाम्चा पात, ससाना राता फूल र लाम्चो आकारको फल फल्ने एक रुख वा त्यसैको फल।
14005 कागत ना. १. लेख्न, छाप्न, चित्र बनाउन, पोकापोकी पार्न आदि कामका निम्ति प्रयोग हुने, काठ, गुदी, झुत्रो आदिबाट बनाइने पातलो र लचिलो वस्तु; कागज; पत्र।
14006 कागत ना. २. लिखित प्रमाण (तमसुक, भर्पाई आदि)।
14007 कागत जाँच ना. अड्डा वा कार्यालयमा भएका आयव्यय तथा अन्य विषयसम्बन्धी कागजातहरूको जाँचबुझ गर्ने काम; कार्यालयीय कागजपत्रहरूको निरीक्षण।
14008 कागतपत्र ना. कागजपत्रहरूको समूह; कागजात।
14009 कागतिहार ना. कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई बलि दिने परम्पराअनुसारको चाड; तिहारका चाडको पहिलो दिन।
14010 कागती ना. अर्धउष्ण प्रदेशमा फल्ने, फिक्का पहेँलो बोक्रा र रसिलो तथा अमिलो गुदी हुने, अचार बनाइने र दाल वा तरकारीमा निचोरेर खाइने गोलाकार तथा केस्रादार एक फल।
14011 कागते ना. कागतको; कागतपत्रसम्बन्धी।
14012 कागते हुलाक ना. पृथ्वीनारायण शाहका पालामा कागतपत्र मात्र ओसारपसार गर्ने हुलाकी।
14013 कागुनु ना. जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसैका बालामा फल्ने घिउ रङको सर्स्युंजस्तो दाना; आयुर्वेदअनुसार वायुवर्द्धक र पुष्टिकारक गुण भएको पहेँलो, सेतो र कालो रङ हुने त्यसैका भिन्न भिन्न भेद
14014 कागे वि. १. कागजस्तो; कालो; सिकुटे।
14015 कागे वि. २. कागे भेडो।
14016 कागे किरो ना. काला खबटे पखेटा हुने एक जातको सानो फट्याङ्ग्रो।
14017 कागे जिउ ना. पातलो सिकुटे शरीर।
14018 कागे झिँजा ना. कागले गुँड लाउने जस्ता मसिना झिक्राझिक्री।
14019 कागे ठेकी ना. बिहामा दुलहापट्टिबाट दुलहीकहाँ पठाइने लग्नपत्रिका र मङ्गलका निमित्तको दहीठेकी; साइपाटो।
14020 कागे भलायो ना. भलायोको एक प्रकार।
14021 कागे भेडो ना. एक प्रकारको घरपालुवा भेडो।
14022 काङ्क्षा ना. १. इच्छा; चाहा; अभिलाषा; कामना।
14023 काङ्क्षा ना. २. झुकाउ; रुचि।
14024 काङ्क्षित वि. काङ्क्षा वा इच्छा गरिएको; अभिलषित।
14025 काङ्क्षी वि. कामना गर्ने; चाहना गर्ने; इच्छुक; अभिलाषी ( आकाङ्क्षी, शुभाकाङ्क्षी इ.)।
14026 काङ्गियो ना. १. हे. काँगियो।
14027 काङ्गियो ना. २. प्रायः घैया गोड्ने काममा प्रयोग हुने दाँतैदाँत भएको फलामे हतियार; एक किसिमको लिँडुल्को।
14028 काङ्ग्रेस ना. हे. कङ्ग्रेस।
14029 काछ १. तिघ्रा र भुँडीको जोर्नीस्थल; तिघ्राको काप; जाँघे।
14030 काछ २. किनार; छेउ।
14031 काछबन्दी ना. सानो खालको धोती; ठाडो धरो; लगौँटी।
14032 काछे ना. सिलाएको लँगौटी।
14033 काज १ ना. लुगाहरूमा टाँक छिराई बन्द गर्नका निम्ति बनाइएको प्वाल; टाँकघर।
14034 काज २ ना. १. कार्य; काम।
14035 काज २ ना. २. केही वा निर्धारित अवधिका निमित्त कुनै पनि सरकारी वा गैरसरकारी सेवामा रहेको बहालवाला कर्मचारी, शिक्षक आदिले अर्को संस्था वा कार्यालयमा गई गरेको सावधिक सेवाकार्य।
14036 काजकिरिया ना. परम्परागत रीतिअनुसार मृतकका नाउँमा तेह्र दिनभित्र गरिने अञ्जलिदान, पिण्डदान आदि अन्त्येष्टि क्रिया; मरौपरौको काम; क्रियाकर्म।
14037 काजवार ना. १. चाडपर्व; कार्यक्रम।
14038 काजवार ना. २. मेलोमेसो।
14039 काजवार ना. ३. जोहो।
14040 काजी ना. १. माध्यमिककालीन नेपालको मुख्य प्रशासक; मन्त्री वा सो सरहको पद।
14041 काजी ना. २. निजामतीतर्फ उच्च दर्जाको अधिकारी वा सो अधिकारीको पद।
14042 काजी ना. ३. क्षत्रीलाई आदर गर्दा प्रयोग गरिने शब्द।
14043 काजी ना. ४. नेवारका केटाकेटीलाई स्नेह जनाउँदा वा मान राख्दा प्रयोग गरिने शब्द। वि.
14044 काजी ना. ४. कर्मशील; क्रियावान् (कामकाजी मान्छे, कामकाजी कुरो इ.)।
14045 काजु १ ना. उष्ण- प्रदेशमा फल्ने बदामजस्तो तर केही घुमुर्किएको र सेतो रङको हुने, मरमसलामा प्रसिद्ध सुक्खा फलविशेष।
14046 काजु २ वि. काममा पोख्त; कार्यदक्ष।
14047 काजू वि. हे. काजु २ ।
14048 काञ्चन ना. १. सुन; सुवर्ण।
14049 काञ्चन ना. २. धनसम्पत्ति; ऐश्वर्य।
14050 काञ्चन ना. ३. प्रभा; दीप्ति।