Dictionary

All Word

13851 काँडे वि. काँडैकाँडा भएको; काँडेदार; काँडावाल।
13852 काँडे अम्बा ना. रुखमा मयलका जस्तै काँडा र पात हुने अम्बा वा बेलौती।
13853 काँडे कुरो ना. काँडैकाँडा हुने एक प्रकारको घाँस वा त्यसमा हुने कुरो (लुगामा टाँसिने झुस)।
13854 काँडे कुवेराक्ष ना. बोट र कोसामा समेत काँडैकाँडा हुने, निलो गेडा फल्ने, पहेँलो फूल फुल्ने र अमिलीको जस्तो पात हुने एक लहरो वा त्यसैको गेडा (फल); कुवेराक्षी; लता करञ्ज।
13855 काँडे चाँप ना. कनकचम्पा; कर्णिकार।
13856 काँडे चुत्रो ना. मसिना काँडा र सिताराभन्दा अलि ठुला पात हुने एक प्रकारको चुत्रो।
13857 काँडे तार ना. काँडैकाँडा पारी बनाइएको फलाम वा अन्य कुनै धातुको बार बार्ने तार।
13858 काँडेदार वि. काँडैकाँडाले युक्त; काँडाजस्तो भएको; काँडे।
13859 काँडे पैयुँ ना. पैयुँको भन्दा सानो बोट; साना साना पात हुने, काँडेदार पैयुँको एक जात।
13860 काँडे भन्टा/भिँडा ना. डाँठ, पात, भेट्नु आदिमा काँडा हुने, ठुलो र निलो रङको एक प्रकारको भन्टा।
13861 काँडे भ्याकुर ना. नेपालमा मात्र पाइने एक प्रकारको चरो।
13862 काँडे मयल ना. काँडा हुने, सानो कालो फल फल्ने एक जातको मयलको बोट।
13863 काँडे रायो ना. पातको एक पाटामा छ चोसासम्म काँडा हुने एक जातको रायोको साग।
13864 काँडे लुँडे ना. काँडैकाँडा हुने एक प्रकारको लुँडे।
13865 काँडे सल्लो ना. रातो खोटो आउने र काँडा हुने एक प्रकारको सल्लो।
13866 काँडो ना. १. हाँगा, डाँठ, पात आदिमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु।
13867 काँडो ना. २. दुःख दिने मानिस; शत्रु।
13868 काँडो ना. ३. सङ्कष्ट।
13869 काँडो ना. ४. बाधा; अड्काउ; व्यवधान; भाँजो ।
13870 काँडो ना. ५. सालनाल।
13871 काँडो ना. ६. डरले शरीरमा ठडिएका रौँ।
13872 काँडो ना. ७. नदीनालामा बग्ने एक किसिमको विषालु फिँज।
13873 काँढा ना. औषधी वा अनुपानका लागि जरीबुटी हाली राम्रोसँग पकाइएको रस; पानीमा मिस्री, मरिच, सुकुमेल, सुठो आदि हाली पकाइएको तागतिलो पेय पदार्थ; क्वाथ।
13874 काँतर वि. १. कुनै कामकुरामा आँट गर्न नसक्ने, दह्रो मुटु नभएको; डरछेरुवा; काथर; नामर्द; भीरु; हुपहारा; पानीमरुवा; पानीआन्द्रे।
13875 काँतर वि. २. हडबडाएको; व्याकुल; अधीर।
13876 काँतरिनु अ.क्रि. डराउनु; काँतर बन्नु।
13877 काँध ना. पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध।
13878 काँधमा काँध मिलाउनु टु. एकले अर्कालाई सहयोग गर्नु; समर्थन गर्नु; एकजुट हुनु।
13879 काँध हाल्नु टु. टेवा दिनु; सहयोग गर्नु; उक्साउनु।
13880 काँधिनु अ.क्रि. १. काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु।
13881 काँधिनु अ.क्रि. २. काँधे (बोकाहा) हुनु।
13882 काँधिनु अ.क्रि. ३. गह्रुकाउनु।
13883 काँधिनु अ.क्रि. ४. मोटाउनु।
13884 काँधीकाठ ना. मुर्दा बाँध्नका लागि प्रयोग गरिने बाँस वा काठ; मुर्दा बोकेर लैजाने काठ; घारो।
13885 काँधे वि. १. अर्काको झगडा वा मामला बोकेर हिँड्ने।
13886 काँधे वि. २. काँध थापिदिने; आड दिने; उक्साउने। ना.
13887 काँधे वि. ३. काँधमा राखिने वस्त्रादि; गलबन्दी; कँधेरी।
13888 काँधे लौरी ना. १. काँधमा मुढा आदि हाली तेर्छौ पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो।
13889 काँधे लौरी ना. २. 'ध' अक्षरको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम।
13890 काँप्नु अ.क्रि. हे. काम्नु।
13891 काँपिनु अ.क्रि. काँप्ने होइनु; कामिनु।
13892 काँस ना. १. सेतो झुप्पे फूल फुल्ने, कुशको एक झार; काश।
13893 काँस ना. २. हे. काँसो १।
13894 काँसघारी ना. धेरै काँस भएको ठाउँ; काँसको घारी।
13895 काँसो १ ना. तामा र राङको मेलबाट बन्ने एक उपधातु; काँस; कसकुट; कांस्य।
13896 काँसो २ ना. घाँटी खसखसाउने गरी लागेको खोकी।
13897 कांस्य ना. १. तामा र राङको मिश्रणबाट बन्ने, सेतो चहक हुने र ठक्कर लाग्दा पट्ट फुट्ने स्वभावको धातु; काँसो, चरेस। वि.
13898 कांस्य ना. २. काँसाको; चरेसबाट बनेको।
13899 कांस्यकार ना. काँसो वा चरेसको भाँडा बनाउने काम गर्ने एक जाति; नेवार जातिको एक थर; कंसाकार।
13900 कांस्यताल ना. १. काँसो धातुबाट बनेको दुई हातमा अल्झाई परस्पर रगडेर बजाइने बाजा; मुजुरा; झ्याली।