Dictionary

All Word

13801 काँचो पात ना. सुर्ती; तमाखु।
13802 काँचो बारुद ना. बन्दुकको नालमा भर्न, टोटा वा केप बनाउन तयार पारिएको धुलो बारुद।
13803 काँचो भाँडो ना. विश्वास गर्न नसकिने मानिस; अपत्यारिलो मान्छे।
13804 काँचो माटो ना. १. खनजोत गर्दा नमरेको माटो; पोल्दा नपाकेको माटो।
13805 काँचो माटो ना. २. मर्ने चोला; नाशवान् शरीर। (उदा.- शरीर काँचो माटो हो, यसको के ठेगान !)
13806 काँचो मासु ना. १. नपकाइएको वा नपाकेको मासु।
13807 काँचो मासु ना. २. स्त्रीको गुप्तेन्द्रिय।
13808 काँचो लाहा ना. शोधन नगरिएको वा आगोमा पगालेर छाप आदिमा प्रयोग नगरेका अवस्थाको लाहा।
13809 काँजी ना. सखर, मह, दही, मिलाएर बनाइने पेय औषधी; महारस; कुञ्जल।
13810 काँजो ना. खुकुरी, कर्द, हँसिया, आदिका बिँडको टाउकामा जडिने पित्तल वा अरू कुनै धातुको मुन्द्रा।
13811 काँट ना. १. ढाँचाकाँचा; छाँट; ढङ्ग; किसिम (उदा.- तिनको काँट राम्रै छ।)।
13812 काँट ना. २. औकात; हैसियत (उदा.- आफ्नो काँटअनुसार पो बिहेवारी गर्नुपर्छ त ! )।
13813 काँट ना. ३. समानता; बराबरी (उदा.- ती दुई भाइ काँट मिल्दा छन्)।
13814 काँटछाँट ना. १. काट्ने र छाँट्ने काम; संशोधन; शुद्धि; परिष्कार।
13815 काँटछाँट ना. २. रुखहरू काट्ने र छिमल्ने काम; काटकुट।
13816 काँटा १ ना. जिल्लाअन्तर्गतको भूभाग; तप्पा ( प.ने.)।
13817 काँटा २ ना. १. सुनचाँदी जोख्ने सानो तुलो वा मालताल जोख्ने ठुलो तुलो; तराजु।
13818 काँटा २ ना. २. त्यसरी मालसामान जोख्ने तुलाका डन्डी सोझिएको देखाउने जिब्री।
13819 काँटा २ ना. ३. खानेकुरो खाँदा प्रयोग गरिने चुच्चा चुच्चा परेको चम्चा।
13820 काँटा २ ना. ४. आइमाईहरूले कपालको शृङ्गार गर्दा प्रयोग गर्ने चेपुवा वस्तु; चिम्टी।
13821 काँटा २ ना. ५. इनार, कुवा आदिमा खसेका कुनै वस्तु बाहिर झिक्न प्रयोग गरिने अङ्कुसे।
13822 काँटा २ ना. ६. माछा आदि जलजन्तु समात्ने चुच्चे चिम्टी।
13823 काँटा २ ना. ७. स्वेटर आदि हातले बुन्दा प्रयोग गरिने सुइरो।
13824 काँटा २ ना. ८. काँढो; कण्टक।
13825 काँटा चम्चा ना. आधुनिक चलनमा खानेकुरो खाँदा सँगसँगै प्रयोग गरिने काँटा र चम्चा; काँटीचम्चा।
13826 काँटावाल वि. काँटा भएको वा हुने।
13827 काँटी ना. १. सानो काँटा।
13828 काँटी ना. २. सर्प समाउने काममा प्रयोग गरिने टुप्पामा अङ्कुसे लागेको सानो लट्ठी।
13829 काँटी ना. ३. नेल र हतकडी।
13830 काँटी ना. ४. सलाईका एकातिर बारुद लगाइएका ससाना छेस्का।
13831 काँटी ना. ५. काठ जोड्न वा भित्तामा केही झुन्ड्याउन ठोकिने एकातिर छातो भएको तिखो फलामे किलो।
13832 काँटी ना. ६. घोडाको पिठिउँमा जिनका साथ कसिने एक साधन।
13833 काँटाचम्चा ना. हे. काँटा चम्चा।
13834 काँटे वि. काँटा भएको; काँटासम्बन्धी; काँटाको।
13835 काँटे आरो ना. जुत्ता आदि सिउने काममा प्रयोग गरिने सानो वा अन्य कुनै प्रकारको काँटावाल आरो।
13836 काँठ१ ना. केटाकेटीको घाँटीमा लगाइने कपडाले मोरिएको जन्तर; काँठो।
13837 काँठ२ ना. सहर, बजारदेखि बाहिरको ठाउँ; गाउँ बस्ती; कछाड।
13838 काँठे वि. १. काँठमा बस्ने; कछाडिया; गाउँले; कुनाली।
13839 काँठे वि. २. सभ्यता सिकेको; असभ्य; गँवार (काँठे मान्छे; काँठे मिजास; काँठे बोली इ.)।
13840 काँठो ना. १. दालभात आदि पकाएको भाँडाको मुखनेर टाँसिएर रहने फिंजको लेउ वा तर।
13841 काँठो ना. २. दुई छेउमा तुना लगाई गलामा बाँध्न हुने र पूरै छाती छोप्ने गरी बनाइएको, बच्चाले लगाउने भित्री लुगा; काँठ।
13842 काँठो ना. ३. बादल, कुइरो आदिको घेरो।
13843 काँठो भोटो ना. न्वारानका दिन बालकलाई लगाइदिने भोटो र कपडाले मोरिएको जन्तर; काँठो।
13844 काँड ना. एक किसिमको शूल; बाण; तीर; शर।
13845 काँडपाते ना. गाईबस्तुलाई घाँस खुवाइने काँडका आकारको दुधिलो बुट्टे निगालो।
13846 काँडपाते ना. पातमा काँडैकाडा हुने एक जातको बोटविशेष।
13847 काँडा ना. हे. काँडो।
13848 काँडा उम्रनु टु. डर लाग्नु; रौँको जरा दरदराउँदो हुनु।
13849 काँडा थिच्नु टु. मसानघाटबाट घर फर्कँदा प्रेत नफर्कोस् भन्ने आशयले बाटामा मलामीले काँडा थिचेर धूप दिनु।
13850 काँडावाल वि. काँडा भएको; काँडेदार।