Dictionary

All Word

13651 कषाय वि. १. टर्रो स्वादको (काँचो सुपारी, अमला, फटकिरी आदिको स्वादजस्तो)।
13652 कषाय वि. २. सुगन्धित।
13653 कषाय वि. ३. रँगाइएको विशेषत: गेरु रङको (जस्तो- कषाय वस्त्र )।
13654 कष्ट ना. १. कुनै अभाव वा न्यूनताका कारणले हुने नरमाइलो तथा दुःखको अनुभव; दुःख; पीडा।
13655 कष्ट ना. २. आपद्; सङ्कट।
13656 कष्टकर वि. कष्ट दिने; कष्ट पुऱ्याउने; कष्ट हुने।
13657 कष्टकल्पना ना. प्रयोगमा ल्याउन कठिन हुने कल्पना वा सोचाइ।
13658 कष्टकारक वि. कष्टकर।
13659 कष्टसाध्य वि. मुस्किलले मात्र सफल पार्न सकिने, साह्रै मेहनतले मात्र सिद्ध हुने।
13660 कस्नु स. क्रि. १. कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; टुऱ्याउनु।
13661 कस्नु स. क्रि. २. पेच, ढिम्री आदि घुमाएर टम्म पार्नु।
13662 कस्नु स. क्रि. ३. किनमेल गर्दा सकेसम्म मोल घटाउने प्रयास गर्नु; कसाकस गर्नु; घटाघट गर्नु।
13663 कस्नु स. क्रि. ४. किफायत गर्नु; खर्च घटाउनु।
13664 कस्नु स. क्रि. ५. करकापमा पारेर लिनु; पैसा पैसाको हिसाब गर्नु।
13665 कस्नु स. क्रि. ६. स्रेस्तामा आम्दानीखर्च बाँध्नु।
13666 कस १ ना. १. धातुका भाँडाकुँडामा लाग्ने खिया; काई; खई।
13667 कस १ ना. २. उगाल; थिग्रो।
13668 कस १ ना. ३. धुवाँ आदिको कसर।
13669 कस १ ना. ४. दाग; कपट।
13670 कस २ सर्व. विभक्ति लाग्दा बन्ने 'को' शब्दको तिर्यक् रूप (कसको, कसलाई, कसबाट, कसले इ.)।
13671 कसकास ना. कस्ने वा मस्काउने चाल वा क्रिया।
13672 कसकुट ना. तामा र जस्ता मिसाइएको, काँसोजस्तो तर नफुट्ने खालको अलि उज्जर धातु।
13673 कसकुटे वि. कसकुटको; कसकुटसम्बन्धी (भाँडाकुँडा)।
13674 कसक्क क्रि.वि. अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा।
13675 कसनतमन ना. काँस, तामा आदि धातुका भाँडावर्तन; ढलौटे भाँडाकुँडा।
13676 कसम ना. हे. किरिया; शपथ।
13677 कसमी ना. वेश्या; व्यभिचारिणी स्त्री; पातर।
13678 कसर ना. १. कुनै वस्तुमा मिसिएको काम नलाग्ने र फाल्ने वस्तु, कसिङ्गर।
13679 कसर ना. २. थिग्रो; थिग्रेनी।
13680 कसर ना. ४. कपट; पाप।
13681 कसर ना. ४. सुक्दा वा फोहर वस्तु छुट्टयाउँदा कुनै वस्तुमा हुने नोक्सानी; जर्ती।
13682 कसर ना. ५. गुठीको जग्गामा लाग्ने मालपोत वा तिरो; छ्वायबाली।
13683 कसरत ना. १. शरीर निरोगी र हृष्टपुष्ट पार्नलाई गरिने दण्डबैठक आदि अभ्यास; व्यायाम।
13684 कसरत ना. २. मिहिनेत, परिश्रम; खप्याइँ (प. ने.)।
13685 कसरती वि. कसरत गर्ने; व्यायाम गर्ने।
13686 कसरमसर ना. १. रहेपहेको वस्तु; थिगर।
13687 कसरमसर ना. २. त्रुटि; अशुद्धि।
13688 कसरमसर ना. ३. दोष; दाग।
13689 कसरी क्रि.वि. कसो गरी; के गरी; कुन किसिमले; कुन तरहले।
13690 कसला ना. पिर; तकलिफ। (उदा.- लिएथेँ त्यो शिक्षा तब अनि घट्यो कष्ट कसला। कसला लेखनाथ, 'तरुण तपसी' )।
13691 कसाइ ना. कस्ने काम वा प्रक्रिया।
13692 कसाइनु क.क्रि. कस्न लाइनु; मस्काउन लाइनु।
13693 कसाई ना. १. प्रायः मासु र फलफूलको व्यापार गर्ने नेवारको एक जाति। वि.
13694 कसाई ना. २. वधिक।
13695 कसाउनु प्रे.क्रि. कस्न लाउनु; मस्काउन लाउनु।
13696 कसाकस ना. १. भाउ घटाउने काम, घटाघट।
13697 कसाकस ना. २. धमाधम कस्ने काम।
13698 कसाकस ना. ३. परस्परको कसाइ।
13699 कसार ना. विवाह, व्रतबन्ध आदि शुभ कार्यमा खट्टेको पिठो र खुदो मुछी मुठीले बटारेर बनाइएको लड्डु। ( पश्चिम नेपालमा खाजा खानका लागि पनि कसार बनाउने गरिन्छ। )।
13700 कसाहा वि. कस्ने स्वभावको; किरन्टोकी।