Dictionary

All Word

13601 कवचधारी वि. कवच धारण गर्ने, कवच लगाएको (योद्धा); कवची।
13602 कवची वि. कवचधारी।
13603 कवयित्री ना. कविता रच्ने स्त्री; स्त्री कवि।
13604 कवरी ना. आइमाईहरूको सजाइएको केशपाश; चुल्ठो; वेणी।
13605 कवर्ग ना. देवनागरी लिपिको वर्णव्यवस्थामा व्यञ्जनवर्णका पाँच वर्ग (कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग) मध्ये पहिलो वर्ग; क, ख, ग, घ, ङ- यी पाँच अक्षर।
13606 कवल ना. दलान, पसल, आदिका दुई थामका बिचको स्थान; दुकानको लङ वा भागलाई बिच बिचका खम्बा वा द्वारले छुट्याइएको सानो खण्ड।
13607 कवाइ टाँक ना. प्रायः तामो, पित्तल आदि धातुबाट बनाइएको, पाइन्ट, जाकेट आदिमा लगाइने बुट्टेदार वा सादा टाँक (ली बटम )।
13608 कवाज ना. सैनिकहरूलाई सामूहिक रूपमा दिइने विभिन्न प्रकार एवं कक्षाको शारीरिक प्रशिक्षण; फौजी रफत; सैनिक तालिम।
13609 कवायद ना. हे. कवाज।
13610 कवास ना. हे. कपास।
13611 कवासी वि. कपास जस्तै सेतो (गाई)।
13612 कवासे वि. कवास हुने; कवासजस्तो।
13613 कवि ना. १. कविता वा काव्यको रचना गर्ने व्यक्ति।
13614 कवि ना. २. शुक्राचार्य; दैत्यगुरु।
13615 कवि ना. ३. वाल्मीकि।
13616 कवि ना. ४. क्रान्तदर्शी; ईश्वर।
13617 कविकर्म ना. कविको काम; कविता वा काव्य रचना गर्ने काम।
13618 कविकेशरी ना. १. नेपाली कविहरूलाई प्रदान गरिने नेपालको एक पदवी।
13619 कविकेशरी ना. २. कविहरूमध्येमा सिंह; श्रेष्ठ कवि।
13620 कविता ना. १. कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक साहित्यिक कृति वा रचना; काव्य; कविको भाव वा कविकर्म।
13621 कविता ना. २. व्यापक अर्थमा सबै प्रकारका पद्यात्मक वा गद्यात्मक रचना र सामान्यतः छन्द, गीत वा मुक्तकका विभिन्न प्रकारमा रचिएका कुनै एक विषय वा भावनाका फुटकर पद्यात्मक वा गद्यात्मक लययुक्त रचना।
13622 कवित्व ना. १. कविता वा काव्यरचनाको क्रिया, गुण, भाव वा विशिष्ट रूप।
13623 कवित्व ना. २. कवि वा कवितामा निहित गुण, विशेषता वा शक्ति।
13624 कविराज ना. १. आयुर्वेदीय औषधी प्रणालीमा शिक्षित वा विशिष्ट वैद्यको एक उपाधि।
13625 कविराज ना. २. कविहरूमा श्रेष्ठ; श्रेष्ठ कवि।
13626 कविवर वि. कविमा वरण गरिन योग्य; कविहरूमा श्रेष्ठतर।
13627 कविशिरोमणि ना. १. कविहरूमध्ये श्रेष्ठ वा शीर्षस्थ कवि।
13628 कविशिरोमणि ना. २. त्यस्ता कविलाई दिइने नेपालको एक राष्ट्रिय पदवी। [यो पदवी नेपाली भाषाका प्रसिद्ध कवि लेखनाथ पौड्याल (वि. सं. १९४१ - २०२२) लाई प्रदान गरिएको थियो।]
13629 कविसमय ना. प्रकृतिमा नहुने वा देश, काल आदिका कुरालाई पनि कविहरूले आफ्नो परम्परामा प्रयोग गर्दै आएका केही विशिष्ट परिपाटी वा मान्यता। (उदा.- युवतीका पादस्पर्शले अशोक फुल्छ; चातकले बादलबाट बर्सेको पानी चुच्चोमा थापेर खान्छ; इ.)।
13630 कविसम्मेलन ना. कवितापाठको कार्यक्रम सञ्चालित हुने कविहरूको सभा वा गोष्ठी; कुनै उत्सव, समारोह आदिमा भएको प्रतियोगी वा अप्रतियोगी कविजमातको जमघट।
13631 कवीन्द्र ना. कविहरूमध्येमा श्रेष्ठ कवि; महाकवि। (कान्तिपुरका मल्लराजा प्रताप मल्लले स्वयम् यो पदवी धारण गरेका थिए।)
13632 कवीन्द्रपुर ना. १. उत्कृष्ट कविहरूले निवास गरेको ठाउँ।
13633 कवीन्द्रपुर ना. २. प्रताप मल्लले बनाएको कान्तिपुरको मरुसत्तलअगाडिको भवन।
13634 कवै १ क्रि.वि. कहिल्यै पनि, कदापि।
13635 कवै २ ना. अलि कालो र फुस्रो गरी दुई प्रकारको हुने, गोल आकारका गेडा लाग्ने, सागले निद्रा लगाउने, पश्चिम नेपालमा 'कुर्साने' नामले चिनिने एक प्रकारको वनस्पति।
13636 कव्य ना. पितृदेवताहरूका निम्ति दिइने वा होमिने वस्तु (अन्न)।
13637 कशा ना. १. कोर्रा; चाबुक।
13638 कशा ना. २. डोरी।
13639 कशेरु ना. १. कसुर (एक प्रकारको सुपारी)।
13640 कशेरु ना. २. मेरुदण्डको हाड।
13641 कश्चित् सर्व. कोही; कुनै।
13642 कश्मल ना. १. पाप।
13643 कश्मल ना. २. मोह।
13644 कश्मल ना. ३. मूर्च्छा; बेहोसी।
13645 कश्मीर ना. भारतको पश्चिमोत्तर भागमा रहेको, पर्वतीय प्राकृतिक सौन्दर्यले युक्त तथा भारतीय सङ्घअन्तर्गतको प्रसिद्ध प्रान्तीय राज्य।
13646 कश्मीरी वि. हे. कस्मिरी।
13647 कश्मीरी मुद्रा ना. हे. कस्मिरी मुद्रा।
13648 कश्मीरी केशर ना. हे. कस्मिरी केशर।
13649 कश्यप ना. १. ब्रह्माका पौत्र तथा मरीचिका मानस पुत्र एक विख्यात प्रजापति; देवता तथा दानवहरूका जनक; मन्त्रद्रष्टा तथा गोत्रप्रवर्तक एक ऋषि; काश्यप ( यिनका दिति, अदिति, दनु, विनता, खसा, कद्रू, मुनि, क्रोधा, अरिष्टा, इरा, ताम्रा, इला र प्रधा गरी तेह्र स्त्रीहरू थिए भनिन्छ। यिनैबाट कश्यप र काश्यप गोत्रको परम्परा चलेको हो )।
13650 कश्यप ना. २. सप्तर्षिमण्डलका एक ताराको नाम।