Dictionary

All Word

13951 कम्पु ना. सैनिकहरूको छाउनी, जगी उपनिवेश।
13952 कम्पु कोत ना. पल्टनको पोसाक, साजबाज, निसान, हातहतियार आदि राख्ने घर, असबाबखाना।
13953 कम्पु तिर्जा ना. राणाकालीन शासनमा सैनिक जवानहरूलाई बहाल छउन्जेल वेतनको साटो एक वर्षको बाली खान पाउने सर्तमा दिइने गरेको गहिरी वा पाखो जग्गा तोकिएको सरकारी पुर्जा, जगी जग्गाभर्नाको काग।
13954 कम्पोज ना. छापाखानामा अक्षरमा विभिन्न टाइपहरूलाई गुरुकापीबमोजिम पङ्क्तिबद्ध गर्ने कार्य।
13955 कम्पोजिङ ना. कम्पोज।
13956 कम्पोजिङ ट्विजर ना. कम्पोजको काम गर्दा टाइप थुत्ने र मिलाउने काममा (प्राय: प्रुफ संशोधन गर्दा) प्रयोग गरिने चिम्टा।
13957 कम्पोजिटर ना. कम्पोज गर्ने व्यक्ति वा कर्मचारी।
13958 कम्पोस्ट ना. गोबर, स्याउला, सोतर आदिलाई कुहाएर मल बनाउने काम, मलखाल्डो वा भकारे खाल्टोमा मल बनाउने प्रक्रिया।
13959 कम्पोस्ट मल ना. मलखाल्डो वा भकारे खाल्टोमा सडेर बनेको मल।
13960 कम्प्युटर ना. १. विविध प्रकारका तथ्याङ्क वा कार्यक्रमहरूलाई चक्का वा चुम्बकीय फित्तामा भण्डारण, संयोजन र पुनःसंयोजन गर्ने अत्याधुनिक विद्युतीय संयन्त्र।
13961 कम्प्युटर ना. २. भण्डारितबाट संयोजित सामग्रीसम्बन्धी जानकारी यथासम्भव अपेक्षित रूपमा प्राप्त गर्न सकिने विद्युतीय संयन्त्र।
13962 कम्प्युटर ना. 3 हिसाबसम्बन्धी जटिल समस्याहरूको समाधान द्रुत गतिमा प्रदान गर्ने विद्युतीय संयन्त्र।
13963 कम्प्युटर ना. ४. नक्सा बनाउँदा अक्षांश, देशान्तर र क्षेत्रफलजस्ता कुराहरूको हिसाब गर्ने व्यक्ति।
13964 कम्प्युटर ना. ५. टङ्कण गर्ने, नक्सा, चित्र आदि बनाउने संयन्त्र।
13965 कम्बल ना. सिरक आदि झैं जाडामा ओढिने ऊनीको बाक्लो ओढ्ने, पाखी।
13966 कम्बल ना. २. ओछ्याउने काममा आउने र आवश्यक पर्दा ओढ्न र पानी ओत्नसमेत मिल्ने ऊनीको पाखी आदि भन्दा पनि बाक्लो कपडा, राडी, काम्लो।
13967 कम्मर ना. [√ कमर ] कटि, कमर।
13968 कम्मरपेटी ना. कमरपेटी।
13969 कम्मरबन्दी ना. कमरबन्दी।
13970 कम्मरी ना. घरको माथिल्लो तलामा टायल, फिडटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ।
13971 कम्मल ना. हे. कम्बल।
13972 कम्युन १. समाजवादी व्यवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक वा वर्णका दृष्टिले समवर्गी ठहरिने व्यक्तिहरूको सामूहिक बसोबास।
13973 कम्युन २. त्यस्ता व्यक्तिहरूको समुदाय, जनपद।
13974 कम्युन कम्युनिज्म- ना. कम्युन अर्थात् सामाजिक समुदाय स्वयंले आफ्नो कार्य गर्न सम्भव भएकाले पुलिस, सिपाही, सरकार आदिको आवश्यकता छैन र सो कम्युन एक किसिमको परिवारसरह हुने हुँदा प्रत्येक कम्युनवासीको मर्म सबैमा अवगत हुने तथा हरेक व्यक्तिलाई उसको सरोकार र आवश्यकताअनुसार उपभोगका सामग्री वितरण गर्न सकिने सिद्धान्तमा विश्वास राख्ने कार्लमार्क्स, फ्रेडरिक एङ्गेल्स, लेनिन आदिद्वारा प्रतिपादित राजनीतिक तथा आर्थिक सिद्धान्त मार्क्सवाद, साम्यवाद।
13975 कम्युनिस्ट वि. कम्युनिज्मको अनुयायी।
13976 की ना. रुख कटहरभित्रको भुत्रो।
13977 कम्लाइ कम्लाउने क्रिया वा प्रक्रिया।
13978 कम्लाइनु क.क्रि. कम्लाउने काम गरिनु।
13979 कम्लाउनु अ.क्रि. गाभिनु गाई आदि वस्तुभाउको स्पष्ट देखिने गरी फाँचो र त बढ्दै जानु।
13980 कम्सा ना. सुमेरु र नली मात्र हुने एक प्रकारको सोते हुक्का।
13981 कयय ना. फेरोनिया लिमोनिया जातिको काँडादार एक रुख र त्यसको फल कै।
13982 कर, ना. अरू शब्दको पछिल्तिर लागेर दिने, गर्ने आदि अर्थ बुझाई विशेषण एवं नाम बनाउने हाल नेपालीमा अनुसर्गात्मक प्रत्यय मानिने तर संस्कृत मूलको नियमानुसार समासको उत्तरपद ठहरिने एक रूप (दिवाकर, प्रभाकर, दिनकर, सुखकर इ.)।
13983 कर, ना. १. कसैलाई इच्छाका विरुद्ध दबाउमा पारी कुनै कुरा गर्न, गराउन वा हुन वाध्य तुल्याउने क्रियाप्रक्रिया।
13984 कर, ना. २. त्यस प्रकारको वाध्यताका निम्ति दिइने जोड; करकाप।
13985 कर, ना. ३. प्रेरणा; जिद्दी।
13986 कर, ना. १. राजस्वमा दाखिल हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई अनिवार्य दातव्यका रूपमा दिनुपर्ने विभिन्न प्रकारको तिरो वा रकम (आयकर, मालपोत, बिक्रीकर, अन्तःशुल्क, आयातकर, निर्यातकर, बाटोकर ( रोडसेस) इ. )।
13987 कर, ना. २. प्राचीन कालमा एक राष्ट्रले आफूभन्दा बलियो अर्को राष्ट्रलाई बुझाउने दस्तुर, सिर्तो।
13988 कर, ना. ३. पहिले पहिले रैतीले भेटीका रूपमा जिमीदार वा तालुकदार आदिलाई दिने गरिएको विभिन्न प्रकारको रकम (ओलक, ठेकी, चारदाम, साउने फागु, कुत, बेठ इ.)।
13989 कर, ना. ४. मान्छे, बाँदर आदिको हा।
13990 कर, ना. ५. हात्तीको हात अर्थात् सुँड।
13991 कर, ना. ६. प्रकाशको हात अर्थात् किरण।
13992 कर अड्डा ना. कर कार्यालय।
13993 कर अदालत ना. करसम्बन्धी हेर्ने अदालत वा अदालती फाँट।
13994 कर अधिकारी ना. कर अधिकृ।
13995 कर अधिकृत ना. कर कार्यालयको कम्तीमा राजपत्राङ्कित तृतीय तहको हाकिम वा फाँटवाला।
13996 कर' ना. हात, हत्केलो।
13997 करकर क्रि. यो. कसैसँग झर्को लाग्ने किसिमले कराउने, केही माग्ने वा अनुरोध गर्ने गरी, कचकच फतफत क्याउँक्याउँ।
13998 करकरे वि. करकर गर्ने, करकरसँग सम्बन्धित, कचकचे; फतफते।
13999 करकाप ना. १. इच्छाका विरुद्ध कसैलाई केही हुन, गर्न वा गराउन वाध्य तुल्याउने क्रियाप्रक्रिया।
14000 करकाप ना. २. बलप्रयोग; जबर्जस्ती; थिचोमिचो।