Dictionary

All Word

14101 काठ ना. २. दाउरा।
14102 काठ ना. ३. मुला, गाजर, ग्याँठकोपी आदिमा छिप्पिएपछि गुदीका पत्रमा लाग्ने काठजस्तो साह्रो जालो।
14103 काठगोदाम ना. संस्थान वा निजी स्तरमा दलिन, निदाल आदि काठहरू ल्याएर थुपार्ने र बिक्रीबेपार गर्ने निश्चित ठाउँ।
14104 काठतुलसी ना. धानको एक प्रकार।
14105 काठपात ना. सबै खालका काठलाई सामूहिक रूपमा भनिने नाम; काठहरूको समूह; दाउरा, झिँजा आदि।
14106 काठमहल ना. पहिले पहिलेको वनविभाग।
14107 काठमाडौँ ना. १. नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी।
14108 काठमाडौँ ना. २. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी।
14109 काठमाडौँले/ली वि. काठमाडौँको निवासी; काठमाडौँको रैथाने।
14110 काठिनु अ.क्रि. काठ झैँ अररो हुनु; जाडोले कठ्याङ्ग्रिनु; गँगरिनु।
14111 काठिन्य ना. कठिनाइ; कठिनता।
14112 काठिया ना. लाटोकोसेरोजस्तो एक जातको चरो।
14113 काठी १ ना. १. घोडाको पिठ्युँमा बस्नका निम्ति जिनमनि कसिने खास गरी छालाको आसन वा काठको साँचो।
14114 काठी १ ना. २. साइकल, मोटर साइकल आदिमा बस्नका निम्ति राखिने सिट।
14115 काठी २ ना. 'काठो' को स्त्रीलिङ्गी शब्द।
14116 काठे वि. १. काठको; काठसम्बन्धी; काठमा हुने।
14117 काठे वि. २. काठ वा छोक्रा धेरै भई रस कम भएको। ना.
14118 काठे वि. ३. लिङ्गका अखटामा देखापर्ने गन्हाउने सेतो पदार्थ।
14119 काठे अमला ना. ससाना गेडा हुने एक जातको अमला।
14120 काठे उखु ना. काठ झैँ साह्रो हुने एक प्रकारको उखु; ढोडे उखु।
14121 काठे किरो ना. काठमै उत्पन्न भई काठ खाएरै बाँच्ने एक किरो।
14122 काठे केरा ना. कोसामा साह्रो नसा हुने एक जातको केरा।
14123 काठे चाँप ना. पहेँलो फूल फुल्ने, राता गेडाका झुप्पा लाग्ने, सेतो काठ हुने एक जातको चाँप; वनचाँप।
14124 काठे च्याउ ना. रुखमा उम्रने, सेतो वा खैरो रङ्गको डाँठ हुने एक प्रकारको च्याउ।
14125 काठे ज्यामिर ना. पहेँलो बोक्रा हुने एक खालको ज्यामिर; नाइटे ज्यामिर।
14126 काठे डुम्री ना. एक जातको डुम्रीको रुख।
14127 काठे न्याउरी ना. न्याउरीमुसोको एक प्रकार।
14128 काठे पिपल ना. पिपलको जस्तो पात भई ठुलठुला पहेँला फूल फुल्ने र गोल फल फल्ने रुखविशेष वा त्यसैको फल; फलीश।
14129 काठेपाते वि. काठपातसम्बन्धी; काठपातबाट तयार पारिएको; काठको।
14130 काठे फुसी ना. जननेन्द्रियमा उब्जने गन्हाउने मयल।
14131 काठे मन्सरा ना. मोटो मोटो हुने मन्सरा जातको धान वा त्यसको चामल।
14132 काठो ना. अन्य जातले बाहुनलाई हियाएर भन्ने शब्द।
14133 काढ्नु स. क्रि. १. उखेल्नु (धान, कोदो आदिको बिउ )।
14134 काढ्नु स. क्रि. २. थुत्नु; फुकाल्नु (छाला, लुगा इ.)।
14135 काढ्नु स. क्रि. ३. निकाल्नु; झिक्नु ( भातको माड, मह इ.)।
14136 काढ्नु स. क्रि. ४. चुहाउनु (राल, आँसु इ.)।
14137 काढ्नु स. क्रि. ५. ओराल्नु; हटक गर्नु (जात, भात इ.)।
14138 काढ्नु स. क्रि. ६. बचरा निकाल्नु ( फूलबाट )।
14139 काढ्नु स. क्रि. ७. माग्नु वा लिनु (ऋण, सापट इ.)।
14140 काढ्नु स. क्रि. ८. उच्चारण गर्नु (अक्षर, नाम इ.)।
14141 काढाकाढ ना. पालैपालो काढ्ने काम।
14142 काढिनु क.क्रि. काढ्ने काम गरिनु।
14143 काण्ड ना. १. कुनै वस्तुको खण्ड वा भाग।
14144 काण्ड ना. २. रुखको हाँगो; डाली; शाखा; आँख्लो।
14145 काण्ड ना. ३. पुस्तक आदिका कुनै अध्याय वा प्रकरण।
14146 काण्ड ना. ४. अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ.); अशान्तिको स्थिति।
14147 काण्ड ना. ५. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुऱ्याउनु इ. )।
14148 काण्ड ना. ६. धनुका बिचको मोटो भाग; बाण; तीर।
14149 कात्नु स. क्रि. धागो बनाउनु; सुत निकाल्नु; धागो निकाल्नु; बत्ती पार्नु।
14150 कातन्त्र ना. सर्ववर्माद्वारा लेखिएको एक संस्कृत व्याकरण; कलाप व्याकरण।