Dictionary

All Word

14151 कातर वि. हे. काँतर।
14152 कातिनु क.क्रि. बत्तीको धागो बनाइनु; बत्ती बाटिनु।
14153 काती ना. १. पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो; थिग्रेनी।
14154 काती ना. २. टुकी आदि बाल्दा डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी; थुर। वि.
14155 काती ना. ३. औधी मैलो; साह्रै मैलो।
14156 कात्तिक ना. वर्षको सातौँ महिना; असोज र मङसिरका बिचको महिना।
14157 कात्तिके वि. १. कामातुर; बढी सम्भोगको इच्छा गर्ने (कुकुर, मानिस आदि )।
14158 कात्तिके वि. २. कात्तिक महिनासँग सम्बन्धित; कात्तिकमा फल्ने, उम्रने वा पाक्ने (बालीनाली)।
14159 कात्तिके औलो ना. कात्तिकमा जाडो र गर्मीको दोसाँध हुने बेला कछार, घाँच र खोचतिर आउने जरो।
14160 कात्तिके बोडी ना. कात्तिक महिनामा फल्ने गाढा हरियो र छोटो कोसामा सेतो गेडा लाग्ने एक जातको गुलियो गुलियो स्वादको बोडी।
14161 कात्यायन ना. १. पाणिनिको अष्टाध्यायीका व्याकरण सूत्रलाई पूर्ण पार्न वार्तिकको रचना गर्ने एक प्रसिद्ध वैयाकरण ऋषि।
14162 कात्यायन ना. २. श्रौतसूत्रका प्रवर्तक; वररुचि; पुनर्वसु; मेधाजित्।
14163 कात्यायनी ना. १. दुर्गाको एक मूर्ति वा रूप।
14164 कात्यायनी ना. २. कात्यायन ऋषिकी पत्नी।
14165 कात्यायनी ना. ३. गेरु वस्त्र धारण गर्ने अधबैँसे विधवा।
14166 कात्री ना. १. पिङको काम्रो।
14167 कात्री ना. २. कोलको बियो र ढिकुवालाई जोड्ने तेर्सो काठ।
14168 कात्रो ना. मुर्दालाई ढाक्ने र बेर्ने सेतो कपडा; शववस्त्र।
14169 काथर वि. हे. काँतर।
14170 कादम्बरी १. कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा।
14171 कादम्बरी २. हात्तीको गण्डस्थलबाट बहने मद।
14172 कादम्बरी ३. सरस्वतीको एक उपाधि।
14173 कादम्बरी ४. पोथी कोइली।
14174 कादम्बरी ५. बाणभट्टरचित एक गद्यकाव्य।
14175 कादम्बिनी ना. १. बादलको लामो पङ्क्ति वा तह; मेघमाला।
14176 कादम्बिनी ना. २. मेघरागको एक रागिनी।
14177 कादो ना. हिलो; धान रोपाइँ गर्न हिल्याइएको माटो।
14178 कान ना. १. ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग; शरीरको एक ज्ञानेन्द्रिय; श्रवणेन्द्रिय; कर्ण।
14179 कान ना. २. कानका आकारको कुनै वस्तु (भाँडाबर्तनका कडा आदि)।
14180 कान ना. ३. बाह्रखरीको एक मात्रा; आकार ( ा); कान्नानी।
14181 कान ना. ४. नाम्लाको पातामा बरियो छिराउन बनाइएको बिचमा प्वाल भएको दुईतिरको भाग।
14182 कान उखेल्नु टु. सास्ती दिनु।
14183 कानकटुवा/कट्टु वि. कान काटिएको वा चिरिएको; कनफट्टा; कनकट्टा; बुच्चे; कानचिरा।
14184 कान काट्नु टु. १. पक्कै हो भन्नु। (उदा.- यो कुरो नभए मेरो कान काटिदेऊ )।
14185 कान काट्नु टु. २. सास्ती दिनु।
14186 कान खानु टु. झर्को लाग्नु।
14187 कानखाने वि. धेरै कराउने; चर्को; दिक्क लाग्ने।
14188 कानचिरा वि. कानकटुवा; कनफट्टा।
14189 कानढाक्ने ना. कान छोप्ने वस्त्र; ओढ्ने।
14190 कानढुङ्ग्री ना. महिलाहरूले कानमा लगाउने सुनको गहना।
14191 कानन ना. १. वन; जङ्गल।
14192 कानन ना. २. बगैँचा।
14193 कानन ना. ३. घर।
14194 कानपाते ना. हे. सरताप्रे।
14195 कानपासा ना. नारीहरूले कानमा लगाउने टपजस्तो तीन चोसा परेको बिचको चोसो अलि माथिसम्म उठेर केही घुमेको गहना।
14196 कान मन्त्राइ ना. १. कुरा सिकाउने काम।
14197 कान मन्त्राइ ना. २. पोल लगाइ।
14198 कानसिन्की ना. हे. कालीसिन्की।
14199 काना १ ना. कान। (कानाकाटी आदि)।
14200 काना २ ना. १. तीनवटै पोट मिली हुने पासा खेलको एक दाउ। वि.