Dictionary

All Word

14251 कर्तु वि. (उदा.- उनी मानिसको सुखका निम्ति कार्य र कर्तु मिल्नुपर्छ भन्ने विश्वास राख्छन्।)।
14252 कर्तुत ना. १. योजनाबद्ध तरिकाबाट गरिएको नराम्रो कार्य, षड्यन्त्र, कर्तव्य।
14253 कर्तुत ना. (उदा.- विनाकर्तुत श्याम मरेको होइन भनी डाक्टरहरूले पुलिससमक्ष विवरण पेस गरे। ) २. नराम्रो ढङ्गको काम, बसउठ, बोलीचाली, व्यवहार, चालामाला आदि।
14254 कर्तुत ना. (उदा.- उसको कर्तुत देखेर मलाई दिक्क लागिसक्यो।)।
14255 कर्तृक वि. कुनै नामको पछि समस्त रूपमा रहेर 'बनाएको' भन्ने अर्थ बुझाउने एक उत्तरपद ( ईश्वरकर्तृक, भानुभक्तकर्तृक, स्वकर्तृक इ.)।
14256 कर्तृत्व ना. १. कुनै कार्य गर्ने वा गर्न सक्ने सामर्थ्य, कर्ताको भाव वा धर्म।
14257 कर्तृत्व ना. २. व्याकरणअनुसार कर्ताकारक रहेको स्थिति।
14258 कर्तृवर्ग ना. कार्यकर्ता वा कर्मचारीहरूको समूह।
14259 कर्तृवाचक वि. व्याकरणमा कर्तालाई बुझाउने वा जनाउने (पद वा क्रिया)।
14260 कर्तृवाच्य ना. व्याकरणको नियमअनुसार क्रियाव्यापारले प्रत्यक्ष रूपमा कर्तापदलाई सङ्केत गर्ने वाच्य।
14261 कर्तृवाच्य ना. (जस्तो- राम पुस्तक पढ्छ' यो कर्तृवाच्य हो)।
14262 कर्द ना. चक्कुजस्तो नमोडिने सानो हतियार, चक्कुका आकारको सानो हतियार।
14263 कर्द ना. (खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने। उखान।)।
14264 कर्दम ना. १. हिलो।
14265 कर्दम ना. २. मयल कसर।
14266 कर्दम ना. ३. स्वयम्भू मन्वन्तरका एक प्रसिद्ध प्रजापति।
14267 कर्नाल ना. नर्सिङ्गा झैं नघुमेको तर आकारप्रकारमा उत्तिकै वा अझ धेरै ठुलो, फुक्ने ठाउँमा झिनो अनि बज्ने ठाउँमा लाउडस्पिकरको ढ्वाङ्झैं फुकेको मुख हुने बिचमा भाँच्न मिल्ने एक धात्विक बाजा, भ्वाँकुरु।
14268 कर्नाली ना. पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी, कर्णाली (भारतभूमिमा पुगेपछि यो घाघरा र सरयूको नामले प्रसिद्ध हुन्छ)।
14269 कर्नाली अञ्चल ना. यस नामको अञ्चल कर्णाली अञ्चल।
14270 कर्नास ना. फुसको वा जस्ताको छानो अड्याउन घरको माथिल्लो भागमा केही बाहिर झिकिएको काठको डन्डी, बतासी।
14271 कर्नासी ना. कर्नास।
14272 कर्नी ना. १. हे. करणी; करनी।
14273 कर्नी ना. २. बाँस खुर्कने खर्पो; पसनी।
14274 कर्पन ना. न्यायालयमा तिरिने एक प्रकारको पुरानो दस्तुर।
14275 कर्पर ना. घिउतेलमा रोटी पकाउन आगामा बसालिने ठुलो बाटा, कराही।
14276 कर्पर ना. २. खप्पर, कपाल।
14277 कर्पर ना. ३. दही राख्ने माटाको आरी, कहतारो।
14278 कर्पोरेसन ना. कुनै उद्देश्यको पूर्तिका लागि साझेदारी वा अर्धसरकारी संस्थाका रूपमा सञ्चालित सङ्गठन, निगम, संस्थान।
14279 कर्फ्यू ना. सामूहिक रूपमा हिँड्न, जुलुस, नारा लगाउन र सभाबैठक आदि गर्न सरकारका तर्फबाट गरिने निषेधाज्ञा; जहाँ पुगिएको छ त्यहीँ टक्क रोकिई हिँड्न नपाइने स्थिति।
14280 कर्म ना. १. काम, कार्य।
14281 कर्म ना. २. भाग्य, तकदिर, प्रारब्ध।
14282 कर्म ना. ३. वैदिक वा लौकिक संस्कार, व्रतबन्ध, विवाह आदि संस्कार।
14283 कर्म ना. ४. व्याकरणमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरणमध्ये दोस्रो कारक; प्रायः द्वितीया विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक, कर्मकारक।
14284 कर्म ना. ५. अङ्गुल वा मात्राको छ गुना बराबरको नापो; करपाद, अङ्ग वा रस बराबरको परिमाण; छ अड्गुल।
14285 कर्मकर ना. १. नोकर, दास, कमारो, टहलुवा।
14286 कर्मकर ना. २. मजदुर, श्रमजीवी।
14287 कर्मकार ना. १. फलाम, सुन, आदिको काम गर्ने कालिगढ।
14288 कर्मकार ना. २. दास, करिया।
14289 कर्मकाण्ड ना. १. गृहस्थीले गर्नुपर्ने नित्य, नैमित्तिक र वैदिक तथा लौकिक कर्मसमूह।
14290 कर्मकाण्ड ना. २. षोडशसंस्कारको विधिविधान उल्लेख भएको हिन्दूशास्त्र, विवाह, व्रतबन्ध।
14291 कर्मकाण्ड ना. ३. जन्ममृत्यु आदि कर्मको विवेचन गरिएको वेदको एक खण्ड वा भाग।
14292 कर्मकाण्डी वि. कर्मकाण्ड गर्ने वा गराउने (व्यक्ति)।
14293 कर्मक्षेत्र ना. १. काम गर्ने ठाउँ, कार्यक्षेत्र; कर्मभूमि।
14294 कर्मक्षेत्र ना. २. संसार।
14295 कर्मचण्डाल वि. १. चण्डालको जस्तो नीच आचरण गर्ने, कर्मद्वारा चण्डालजस्तो भएको।
14296 कर्मचण्डाल वि. ना. २. खराब काम गर्ने व्यक्ति, माथिल्लो जात वा संस्कारमा जन्मेर पनि शूद्रवत् आचरण गर्ने नीच व्यक्ति।
14297 कर्मचाण्डाल ना. कर्मचण्डाल।
14298 कर्मचारी वि. १. अह्राएखटाएको काम गर्ने (व्यक्ति); कर्मिष्ठ।
14299 कर्मचारी वि. ना. २. सरकारी ओहदामा रहेको व्यक्ति; तलब खाएर काम गर्ने व्यक्ति कामदार, कारिन्दा।
14300 कर्मचारीतन्त्र ना. कर्मचारीहरूबाट सञ्चालित शासनप्रणाली; नोकरशाही तन्त्र।