Dictionary

All Word

14401 कामसूत्र ना. वात्स्यायनले बनाएको कामशास्त्र।
14402 काम हडताल ना. कुनै कार्यालय, निगम, कारखाना आदिका सेवारत कर्मचारी वा कामदारले आफूले प्रस्तुत गरेको कुनै माग पूरा नभएसम्म काम नगरी चुपचाप बसेर गर्ने हडताल।
14403 कामातुर वि. कामवासनाले गर्दा आकुल तथा उद्विग्न भएको; कामविह्वल।
14404 कामान्ध वि. प्रेम वा कामोन्मादका कारणले अन्धो भएको; यौनेच्छाको तीव्र उद्वेगले बुद्धिसुद्धि पनि हराएको।
14405 कामायुध ना. १. कामदेवको अस्त्र; कामबाण।
14406 कामायुध ना. २. पुरुषेन्द्रिय।
14407 कामायुध ना. ३. आँपको रुख।
14408 कामारि ना. कामदेवको शत्रु; महादेव।
14409 कामार्थु ना. कायर लिएर तीर्थयात्रामा जाने मान्छे।
14410 कामिता ना. कामुक हुनाको भाव; जीवहरूमा कामवासना उत्पन्न हुने गुण।
14411 कामिनी ना. १. राम्री वा सुन्दरी स्त्री।
14412 कामिनी ना. २. मनमा कामवासना भएकी स्त्री; कामवती।
14413 कामिनी ना. ३. कामना गर्न सकिने वा स्नेहमयी स्त्री।
14414 कामिनी दह ना. नारायणी अञ्चलको अमलेखगन्जदेखि दक्षिणी भागमा पर्ने एक प्रसिद्ध दहको नाम।
14415 कामिनु अ.क्रि. काम्ने होइनु; हल्लिनु।
14416 कामी १ वि. १. मनमा कुनै कामना भएको; कुनै कामकुराको चाहना गर्ने।
14417 कामी १ वि. २. कामवासनामा रत हुने; कामुक; विषयलम्पट।
14418 कामी २ ना. परम्परित रूपमा फलामको काम गर्दै आएको एक जाति; लोहार; लौहकार; विश्वकर्मा।
14419 कामुक वि. कामवासनामा लट्ठिएको; विलासी; कामातुर; विषयभोगी; स्त्रीलम्पट।
14420 कामुकी वि. १. कामवासनाको प्रबलता भएकी; कामातुर (स्त्री)।
14421 कामुकी वि. २. सतीत्व नभएकी; व्यभिचारिणी।
14422 कामोद्दीपक वि. कामवासनालाई उद्दीप्त पार्ने; रतिराग जगाउने; सहवासका इच्छाको उत्तेजना बढाउने।
14423 कामोद्दीपन ना. सहवासको उत्तेजना; कामवासनाको वृद्धि।
14424 काम्ने वि. १. शरीर थुरथुर हल्लाउने; कम्प दिने; थरथरे।
14425 काम्ने वि. २. तान्त्रिक विधिमा शरीरमा देउता चढाएर हल्लने; देउता बस्ने (धामी, झाँक्री आदि)।
14426 काम्पोस ना. दक्षिण अमेरिकामा रहेको ब्राजिलका पठारको उष्ण तृणभूमि; घाँसे फाँट।
14427 काम्य वि. १. कामना गरिएको; इच्छ्याइएको; अभिलषित।
14428 काम्य वि. २. इच्छानुसार हुने; ऐच्छिक।
14429 काम्य वि. ३. कुनै विशेष उद्देश्यद्वारा गरिएको।
14430 काम्य वि. ४. सुन्दर; मनोहर; राम्रो।
14431 काम्यकर्म ना. कामनाप्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यद्वारा प्रेरित भएर गरिएको धर्मानुष्ठान।
14432 काम्य वृषोत्सर्ग ना. सन्तान नहुनेले जीवित अवस्थामा पारलौकिक सुधारका लागि गरिने वृषोत्सर्ग।
14433 काम्येष्टि ना. कुनै उद्देश्यपूर्ति वा कामनासिद्धिका लागि गरिने यज्ञ; फलप्राप्तिको उद्देश्यले गरिने अनुष्ठान।
14434 काम्रो ना. १. हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठिक पार्नका लागि बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो।
14435 काम्रो ना. २. लिङ्गे पिङहरूमा बस्नका लागि काठका कप्टेरामा डोरीले बाँधी बनाइएको आसन।
14436 काम्रो ना. ३. डोको, थुन्से, ढाकर आदिलाई बलियो र जब्बर तुल्याउनका लागि ठाउँ ठाउँमा घुसारिने दह्रो कप्टेरो।
14437 काम्लाको सातु ना. फोहरी काम; नराम्रो व्यवहार।
14438 काम्ली ना. सानो काम्लो।
14439 काम्ले वि. १. काम्लो बोक्ने; काम्लो लिएको; काम्लो मात्रै हुने। ना.
14440 काम्ले वि. २. बाटुला र खस्रा पात हुने एक प्रकारको बुटे घाँस।
14441 काम्लो ना. ऊनीद्वारा बनाइएको ओछ्‌याउन वा ओढ्न हुने बाक्लो साधन; कम्बल; राडी वा पाखी।
14442 काम्लोकाम्ली ना. धेरै काम्लाको समूह; काम्लो र काम्ली।
14443 काय ना. जिउ; आङ; शरीर; देह।
14444 कायकर्म ना. १. शरीरद्वारा गरिने शुभ कार्य।
14445 कायकर्म ना. २. आशौच आदिमा वा धार्मिक अनुष्ठानमा शरीरशुद्धिका निम्ति गरिने स्नान, दान आदि काम।
14446 कायकल्प ना. १. औषधी उपचारद्वारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया।
14447 कायकल्प ना. २. उलटपलट; परिवर्तन।
14448 कायचिकित्सा ना. शरीरका सबै रोगको औषधोपचार गर्ने आयुर्वेदको एक विभाग।
14449 कायदा वि. हे. काइदा।
14450 कायम वि. १. जहाँको तहीँ रहेको; टसमस नभएको; स्थिर।