Dictionary

All Word

14451 कायम वि. २. पहिलेजस्तो; जस्ताको तस्तो।
14452 कायम वि. ३. तोकिएको; मुकर्र।
14453 कायम वि. ४. ठेगानामा आएको; साबित।
14454 कायममुकायम वि. कुनै पदको स्थायी कर्मचारी कारणवश अनुपस्थित रहेमा वा सो पद खाली भएमा काम चलाउनका लागि सोही पदमा काम गर्ने (व्यक्ति); माथिल्लो तहको कर्मचारीको अनुपस्थितिमा सो तहको अधिकार र सुविधा पाउने गरी मुकर्र गरिएको (कायममुकायम सचिव, कायममुकायम जिल्ला शिक्षा अधिकारी इ.); कार्यवाहक; स्थानापन्न। सङ्क्षे.- का. मु.।
14455 कायर वि. हे. काँतर।
14456 कायल वि. १. कुनै कसुर वा अपराधबारे साबित हुने; आफ्नो दोष वा गल्तीमा कायल भएको; साबित।
14457 कायल वि. २. पाइला पाइलामा सताइएको; हैरान; लाचार।
14458 कायलनामा ना. अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत; अड्डा, अदालतका रोहबरमा साबित हुने व्यक्तिले कायल भई लेखिदिने कागत वा लिखत।
14459 कायस्थ ना. १. लेखापढी गरेर जीवन चलाउने व्यक्ति; मुनिम।
14460 कायस्थ ना. २. प्रायः तराईमा बस्ने एक जाति; काइते।
14461 काया ना. शरीर; देह। (उदा.- मायामा काया फाल्न सकिँदैन।)
14462 कायाकल्प ना. १. शरीरको पूरै शुद्धि वा परिवर्तन हुने क्रिया वा व्यवस्था।
14463 कायाकल्प ना. २. तरुनोपना ल्याउने त्यस्तो चिकित्सा।
14464 कायाकैरन ना. १. भएभरको बेहोरा; वृत्तान्त-वर्णन।
14465 कायाकैरन ना. २. धामीले बक्ने शब्द।
14466 कायापलट ना. १. ठुलो परिवर्तन; भारी हेरफेर।
14467 कायापलट ना. २. शरीर वा रूप अर्कै भएर फेरिने काम; कायाकल्प हुने अवस्था।
14468 कायिक वि. काया वा शरीरसम्बन्धी; शारीरिक; देहविषयक।
14469 कार १ वि. १. नाम शब्दको पछाडि लागेर 'बनाउने', 'गराउने', 'रचना गर्ने' आदि कार्यबोध गराउने शब्द (ग्रन्थकार, कथाकार इ.)।
14470 कार १ वि. २. काम गर्ने, कार्य गर्ने। ना.
14471 कार १ वि. ३. वर्णमालाका अक्षरको पछाडि लागेर तिनलाई नामका रूपमा चिनाउने शब्द (आकार, उकार इ.)।
14472 कार १ वि. ४. अनुकरण आदि ध्वनिको बोध गराउने शब्द (हुङ्कार; झङ्कार इ.)।
14473 कार १ वि. ५. पूरकका रूपमा आउने शब्द ( केरकार, कोरकार इ.)।
14474 कार २ ना. चार पाङ्ग्रा भएको, इन्धनले चल्ने सानो आरामदायी सवारी साधन; मोटरकार।
14475 कारक ना. १. व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द; वाक्यविन्यासगत सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा देखापरेको रूपभिन्नता। वि.
14476 कारक ना. २. बनाउने; अभिनय गर्ने; सम्पादन गर्ने (व्यक्ति)।
14477 कारक ना. ३. कुनै पनि रूपले कार्यसम्पादन गर्न प्रत्यक्ष रूपले सहायक।
14478 कारकग्रह ना. जन्मकुण्डलीमा रहने मुख्य ग्रह।
14479 कारकेर ना. १. अभियुक्त वा दोषीलाई केर्ने काम; साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; केरकार।
14480 कारकेर ना. २. केर्ने र मेट्ने काम; केरमेट।
14481 कारखाना ना. कुनै चिजबिज तयार पार्ने, बनाउने वा उत्पादन गर्ने घर; हात वा यन्त्रद्वारा मालसामानहरू तयार पार्ने ठाउँ; औद्योगिक प्रतिष्ठान।
14482 कारण ना. १. प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य, भावना आदिका निमित्तको हेतु; अभिप्रेरणा वा आधार; हेतु; तर्क; आधार; प्रयोजन; उद्देश्य।
14483 कारण ना. २. उपकरण; साधन।
14484 कारण ना. ३. काव्य वा नाटकको मूल वा कथावस्तु।
14485 कारण ना. ४. प्रमाण दस्तावेज।
14486 कारणपूजा ना. विशेष पर्व वा उत्सवहरूमा देवतालाई स्नान गराई परम्परागत विधिविधानअनुसार पूजादि गर्ने क्रिया; देवपूजाको एक विशेष विधि।
14487 कारणमाला ना. १. वर्णित वस्तुको कार्यकारण सम्बन्ध देखाउँदा पूर्व पूर्व कारण र पर पर कार्य अथवा पूर्व पूर्व कार्य र पर पर कारणको क्रमलाई आधार बनाइने शृङ्खलामूलक अर्थालङ्कारको प्रकार।
14488 कारणमाला ना. २. कारणहरूको परस्परसम्बद्ध शृङ्खला।
14489 कारणवश क्रि.वि. कुनै कारणको अधीनमा परेर; कुनै उद्देश्य वा प्रयोजनले गर्दा।
14490 कारणी वि. १. मुख्य; नाइके; प्रधान; मूल; कारनी। ना.
14491 कारणी वि. २. कुनै काम गर्ने धेरै व्यक्तिहरूमध्ये प्रमुख व्यक्ति; सम्बद्ध व्यक्ति।
14492 कारतुस ना. हे. कार्तोस।
14493 कारबाई ना. हे. कारबाही।
14494 कारबार ना. हे. कारोबार।
14495 कारबाही ना. १. काम; काज।
14496 कारबाही ना. २. व्यवहार; कारबार।
14497 कारबाही ना. ३. गुप्त प्रयत्न; चाल।
14498 कारबाही ना. ४. कार्यतत्परता; कर्मण्यता।
14499 कारबाही ना. ५. अड्डा, अदालतबाट कुनै समस्या, झगडा वा मुद्दाको छानबिन गरी फैसला गर्दा अँगालिने प्रक्रिया; निर्णयका निम्ति गरिने त्यस्तो कार्य।
14500 कारयिता वि. १. सृष्टिकर्ता; रचनाकार।