Dictionary

All Word

14551 कार्पेट ऊन ना. कार्पेट वा गलैँचा बनाउने खास किसिमको ऊन।
14552 कार्बन ना. कोइला, अङ्गार आदिमा विद्यमान रहने एक रासायनिक तत्त्व (हीरा र सिसालाई विशुद्ध कार्बन मानिन्छ); प्राङ्गार।
14553 कार्बन पेपर ना. टङ्कन आदिमा प्रतिलिपि निकाल्न कागतको बिचमा हाली प्रयोग गरिने एकापट्टि कार्बन लगाइएको पातलो पत्र वा कागत; प्राङ्गारपत्र।
14554 कार्य ना. १. काम; कृत्य; काज।
14555 कार्य ना. २. कर्तव्य।
14556 कार्य ना. ३. पेसा; व्यवसाय।
14557 कार्य ना. ४. धार्मिक कृत्य वा अनुष्ठान।
14558 कार्य ना. ५. प्रयोजन; उद्देश्य।
14559 कार्य ना. ६. नाटकको उपसंहार।
14560 कार्यकर्ता ना. १. खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति; कर्मी; कर्मचारी; श्रमिक।
14561 कार्यकर्ता ना. २. जिल्ला र गाउँगाउँ घुमेर राजनीतिक, सामाजिक आदि सिद्धान्तको प्रचारप्रसार गर्ने व्यक्ति।
14562 कार्यकलाप ना. कामसम्बन्धी गतिविधि; कामकारबाई; काम गर्ने विधि वा तरिका।
14563 कार्यकारण ना. कारण र कार्य; उद्देश्य र प्रयोजन; हेतु; संयोग।
14564 कार्यकारण भाव ना. कार्य र कारणको सम्बन्ध; उत्पाद्य र उत्पादक भाव।
14565 कार्यकारिणी ना. १. कुनै विशेष काम गर्न वा व्यवस्था मिलाउन आधिकारिक रूपबाट चुनिएका वा मनोनीत भएका विशिष्ट व्यक्तिहरूको समिति; सञ्चालक समिति; कार्यसमिति। वि.
14566 कार्यकारिणी ना. २. कार्यको व्यवस्था गर्ने वा मिलाउने (सचिव, समिति, सभा, परिषद् इ.)।
14567 कार्यकारी ना. १. विशेष रूपले कुनै काम गर्ने व्यक्ति; कार्यकर्ता।
14568 कार्यकारी ना. २. कसैको अनुपस्थितिमा त्यस व्यक्तिको सम्पूर्ण अधिकार उपभोग गरी काम गर्ने व्यक्ति।
14569 कार्यकारी ना. ३. कसैलाई कुनै विशिष्ट पद केवल सम्मानार्थ दिँदा विशेष अवस्थामा त्यस पदबाट गर्नुपर्ने काम सम्पन्न गर्ने अर्को व्यक्ति।
14570 कार्यकाल ना. १. काम गर्ने समय; मौसम; उपयुक्त समय वा अवसर।
14571 कार्यकाल ना. २. कुनै पद वा सेवामा रहँदा तोकिएको समयावधि; पदावधि।
14572 कार्यकुशल वि. सिपालु; प्रवीण; खप्पिस; निपुण; दक्ष।
14573 कार्यकुशलता ना. कार्यकुशल हुनाको भाव; ल्याकत; दक्षता; निपुणता।
14574 कार्यक्रम ना. १. कुनै विशेष काम ( समारोह, आयोजना, गोष्ठी; सेमिनार आदि) का विविध अङ्गको सम्पादन गर्न तयार पारिएको क्रम वा सिलसिलापछि हुने कुनै पनि कामको योजना वा प्रक्रिया।
14575 कार्यक्रम ना. २. त्यस्ता कामकुराको मुद्रित सूची; तालिका।
14576 कार्यक्षेत्र ना. काम गर्नका निम्ति प्रदत्त अधिकार वा निर्देशनको सीमा।
14577 कार्यटोली ना. निर्दिष्ट वा खास खास काम गर्नका निम्ति बनाइएको कार्यकर्ताहरूको समूह; काम गर्ने व्यक्तिहरूको विभाजित एकाइ; तोकिएको क्षेत्रमा गई काम गर्नेहरूको डफ्फा।
14578 कार्यदक्ष वि. काम गर्नमा योग्य वा सिपालु; कार्यकुशल।
14579 कार्यदक्षता ना. कार्यदक्ष हुनाको भाव वा स्थिति; कार्यकुशलता।
14580 कार्यनिष्ठ वि. काममा आस्था राख्ने; काममा अनुरक्त; काममा सङ्कल्पित; काममा संलग्न।
14581 कार्यपञ्चक ना. ईश्वरका पाँच विशेष कार्य (सृष्टि, स्थिति, प्रलय, निग्रह र अनुग्रह)।
14582 कार्यपत्र ना. सेमिनार, कार्यशालागोष्ठी आदिमा छलफल, टिप्पणी, आलोचना आदि गर्नका निम्ति प्रस्तुत गरिने कुनै पनि समस्याविषयक लेख; गोष्ठीपत्र।
14583 कार्यपद्धति ना. कुनै काम गर्ने स्वीकृत विधि वा तरिका; कार्यप्रणाली।
14584 कार्य परिषद् ना. कुनै काम र परिस्थितिअनुसार आन्दोलन आदि सञ्चालन, नियन्त्रण आदि गर्न गठित समिति वा औपचारिक अङ्ग; खास कामका निम्ति बनाइएको समितिविशेष।
14585 कार्यपालिका ना. सरकारका तीन अङ्ग - कार्यपालिका, न्यायपालिका र विधायिकामध्ये व्यवस्थापिका सभाले पारित गरेका कानुन वा प्रस्तावलाई कार्यान्वयन गर्ने र देशको प्रशासन वा शासनव्यवस्था सुचारु रूपले चलाउने एक प्रमुख अङ्ग।
14586 कार्यप्रणाली ना. हे. कार्यपद्धति।
14587 कार्यभार ना. कुनै पदमा रहँदाको सम्पूर्ण उत्तरदायित्व; सेवाअवधिको अभिभारा; आफूले गर्नुपर्ने कामको जिम्मेवारी।
14588 कार्यभार मुक्त वि. कुनै पद वा जिम्मेवारीबाट च्युत गरिएको; सेवाबाट अवकाश दिइएको वा पाएको; खोसिएको।
14589 कार्यभारी वि. कार्यभार वहन गर्ने; कुनै काम वा पदको जिम्मा लिने।
14590 कार्यमूलक वि. व्यवहारमा ल्याउन सकिने वा आउन सक्ने गुणको प्रधानता भएको; काममा ल्याउन सकिने; व्यावहारिक उपयोगिता वा पक्ष विद्यमान रहेको (कार्यमूलक योजना, कार्यमूलक सिद्धान्त इ.)।
14591 कार्यमूलकता ना. कार्यमूलक हुनुको भाव; उपयोगी व्यावहारिकता।
14592 कार्यमूलक योजना ना. व्यवहारमा उतारी उपयोगी बनाउन सकिने कुनै योजना; कार्यान्वयन पक्षलाई प्रधानता दिने आयोजना।
14593 कार्यवश क्रि.वि. कामविशेषले; कुनै काम आइलागेकाले; कामका कारणले।
14594 कार्यवाहक वि. कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थायी रूपमा काम गर्ने (कर्मचारी वा पदाधिकारी); कामको जिम्मा लिने; कार्यकारी; कायममुकायम।
14595 कार्यवाहक सङ्ख्या ना. कुनै सभा वा बैठकलाई औपचारिक रूप दिन उपस्थित हुनुपर्ने निम्नतम सदस्यसङ्ख्या; हे. गणपूरक सङख्या।
14596 कार्यवाही वि. १. हे. कार्यवाहक।
14597 कार्यवाही वि. २. हे. कारबाई।
14598 कार्यवाही योग्यता ना. विशिष्ट सभा, मन्त्रिपरिषद् आदिको बैठकमा गरिएका काम, वादविवाद, निर्णय आदिलाई गोप्य राख्ने कार्य वा व्यवस्था।
14599 कार्यविधि ना. नियम, ऐनकानुनमा उल्लेख भएअनुसारका कार्यप्रणाली; कामको सवाल वा सिद्धान्त।
14600 कार्यविनायक ना. काठमाडौँ उपत्यकाका प्रसिद्ध विनायक (गणेश) मध्ये पाटन जिल्लाको सैँबु भन्ने ठाउँमा रहेका एक विनायक।