Dictionary

All Word

14701 कालसर्प ना. १. डस्नासाथ मानिस मर्ने ज्यादै विषालु र डरलाग्दो कालो साँप; कालरूपी सर्प।
14702 कालसर्प ना. २. अरूको ठुलो हानि गर्ने दुष्ट व्यक्ति।
14703 कालाजिन ना. कृष्णसार मृगको छाला; कालो मृगको छाला।
14704 कालातीत वि. समयभन्दा परको; समयले भ्याउन नसक्ने; समय बितेको।
14705 कालानल ना. १. प्रलयकालको आगो; कालाग्नि।
14706 कालानल ना. २. प्रलयाग्निका अधिष्ठाता देवता; महादेव; रुद्र।
14707 कालानल ना. ३. पाँचमुखे रुद्राक्ष।
14708 कालानुक्रम ना. हे. कालक्रम।
14709 कालान्तर ना. १. समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय।
14710 कालान्तर ना. २. मौका परेको कुनै बेला।
14711 कालान्तर विष ना. मुसा, कुकुर आदिले टोकेको धेरै दिनपछि लाग्ने विष; मन्दविष।
14712 कालापानी ना. १. भारतमा अङ्ग्रेजी शासन छँदा आजन्म कारावासको सजाय दिने चारैतिर समुद्रले घेरिएको टापु (अन्डमन र निकोबार)।
14713 कालापानी ना. २. प्रायः जङ्गलछेउको अति गर्मी हुने, डरलाग्दो र औलको प्रकोप भएको ठाउँ।
14714 कालापानी ना. ३. भारतसँगको सीमा विवादका कारण विशेष चर्चित दार्चुला जिल्लाको भूभाग।
14715 कालाबन्जार कहिल्यै आवाद नगरिएको वा नफाँडिएको ठुलो घना जङ्गल।
14716 कालास्त्र ना. प्रहार गरेपछि निश्चित रूपले शत्रुको संहार गर्ने एक प्रकारको बाण; साङ्घातिक वा विषयुक्त वाण।
14717 कालिक वि. १. काल वा समयको समयसम्बन्धी।
14718 कालिक वि. २. कालाश्रित।
14719 कालिक वि. ३. मौसमअनुकूल; सामयिक।
14720 कालिका ना. दैत्यको संहार गर्न अवतरित भएकी प्रसिद्ध देवी; महाकाली; दुर्गा; चण्डिका; काली।
14721 कालिका पुराण ना. कालिकादेवीको माहात्म्य वर्णन गरिएको एक उपपुराण।
14722 कालिकुत्तिम ना. निक्खरा कालो कुकुर (कालिकुत्तिम महाउत्तिम)।
14723 कालिगड ना. हस्तकलाको कुनै पनि काम गर्ने व्यक्ति; शिल्पी; कर्मी; कारिगर।
14724 कालिगडी ना. कालिगडको काम, पेसा वा सिप।
14725 कालिङ्गे च्याउ ना. प्राय: पहेँलो माटो भएको ठाउँमा उम्रने, खान हुने, ठुलो एक प्रकारको च्याउ।
14726 कालिज ना. मासु खाइने कुखुराका जातको कालो जङ्गली चरो।
14727 कालिदास ना. संस्कृत साहित्यका प्रसिद्ध नाटक (अभिज्ञानशाकुन्तल, विक्रमोर्वशीय, मालविकाग्निमित्र), महाकाव्य (रघुवंश, कुमारसम्भव) र खण्डकाव्य ( मेघदूत र ऋतुसंहार) को रचना गर्ने एक विख्यात महाकवि; संस्कृत साहित्यका प्रतिनिधि नाटककार तथा काव्यकार।
14728 कालिन ना. थरीथरी बेलबुट्टा भएको कार्पेट वा गलैँचाजस्तो एक किसिमको बिछ्यौना।
14729 कालिन्चोक ना. दोलखा बजारदेखि झन्डै ६ माइल टाढा ३,८४२ मिटर अग्लाइमा स्थित एक स्थान।
14730 कालिन्चोक माई ना. सोही ठाउँकी एक प्रसिद्ध देवी तथा शिवजी, गणेश र सरस्वतीका मूर्तिहरूका साथै एउटा कुण्ड पनि भएको एक तीर्थस्थल
14731 कालिन्दी ना. १. कलिन्द पहाडबाट निस्केकी यमुना नदी; कृष्णा।
14732 कालिन्दी ना. २. कृष्णका प्रमुख आठ पटरानीमध्ये एक।
14733 कालिमा ना. १. कालो हुनुको भाव वा स्थिति; कालोपन।
14734 कालिमा ना. २. कलङ्क; दाग; दोष।
14735 कालिमा ना. ३. लाञ्छना; अपवाद।
14736 काली १ ना. १. कालिका देवी; दुर्गा; चण्डी।
14737 काली १ ना. २. सोह्र विद्यादेवीमध्ये एक।
14738 काली १ ना. ३. पार्वतीको एक नाम वा उपाधि।
14739 काली १ ना. ४. कालिमा।
14740 काली १ ना. ५. अग्निका सात जिह्वामध्ये एक।
14741 काली १ ना. ६. रात।
14742 काली १ ना. ७. काला बादलको पङ्क्ति।
14743 काली १ ना. ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णागण्डकी; सप्तगण्डकीमध्ये एक (उदा.- कालीपार, कालीवार)।
14744 काली २ वि. १. कालो अनुहार वा वर्ण भएकी; कालो पोतेकी (स्त्री)। ना.
14745 काली २ वि. २. 'कालो' शब्दको स्त्रीलिङ्गी रूप; मायाले वा गालीले कुनै नारीलाई भनिने शब्द। ना.
14746 काली २ वि. ३. जुत्तामा लाउने कालो पालिस वा रोगन।
14747 काली आँप ना. मिठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने मह जस्तै स्वादिलो एक आँप; लङ्गडा आँप।
14748 काली ऐँसेलु ना. लहरामा फल्ने र राता टोप्रा हुने एक जातको ऐँसेलु।
14749 कालीकाठ ना. चिल्ला बाक्ला पात, सेता टीका टीका परेको कालो बोक्रा र तितो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रुखको पोथ्रो वा त्यसकै काठ।
14750 कालीकुच्ची ना. ज्यादै कालो वर्णकी स्त्रीलाई गाली गर्दा अथवा कुनै पनि आइमाईलाई खिज्याउँदा भनिने अपमानबोधक शब्द।